नयाँदिल्ली (एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैसाख २९ गते मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्नुभएको छ । आÏनो सम्बोधनको क्रममा उहाँले भन्नुभएको छ–‘मेरा प्यारा देशबासीहरु नमस्कार † विगतका दिनहरुमा हामी सबैले हाम्रो देशको सामथ्र्य र संयम दुवै देखेका छौं । सबैभन्दा पहिला भारतीय जनताको तर्फबाट म भारतका बीर सेना, सशस्त्र प्रहरी बल, हाम्रा गुप्तचर निकायहरु र हाम्रा वैज्ञानिकहरुलाई सलाम गर्दछु । हाम्रा बीर सैनिकहरुले अप्रेशन सिन्धुरका उद्देश्यहरु प्राप्त गर्न असिम शाहस प्रदर्शन गरे । म उनीहरुको बहादुरी, शाहस र पराक्रमलाई नमन गर्दछु । यो वीरता देशका हरेक आमा, हरेक दिदी बहिनी र हरेक चेलीबेटीलाई समर्पित गर्दछु । सम्बोधनमा उहाँले २२ अप्रिलमा पहलगाममा आतंककारीहरुल देखाएको बर्बरताले सम्पूर्ण देश र विश्वलाई स्तब्ध बनाएको थियो । धर्मको आधारमा निर्दाेष नागरिकहरुको परिवार र उनीहरुका बच्चाहरुको सामु निर्दयी हत्या आतंक र क्रुरताको एक विभत्स अनुहार थियो । यो देशको सद्भाव र एकता तोड्ने् घृणित प्रयास पनि थियो । मेरा लागि व्यक्तिगत रुपमा यो निक्कै नै पीडादायी थियो । यो आतंकवादी हमलापछि सम्पूर्ण राष्ट्र, प्रत्येक नागरिक, प्रत्येक समुदाय, प्रत्येक वर्ग, प्रत्येक राजनीतिक दल एकजुट भएर आतंकवाद विरुद्ध कडा कारबाहीका लागि उभिए । आतंककारीहरुलाई सखाप पार्न हामीले भारतीय सेनालाई पूर्ण स्वतन्त्रता दियौं । आज हरेक आतंककारी, हरेक आतंकवादी संगठनलाई हाम्रा दिदी बहिनी र छोरीचेलीहरुको सिन्धुर मेटाउँदाको परिणाम के हुन्छ थाहा भएको छ ।
अपरशेन सिन्धुर केवल एउटा नाम मात्र होइन, यो देशका करोडौ जनताको भवनाको प्रतिविम्व हो । अपरेशन सिन्धुर न्यायप्रतिको हाम्रो अखण्ड प्रतिज्ञा हो । मे ६ को अबेर राति र मे ७ को विहान सम्पूर्ण विश्वले यो प्रतिज्ञालाई वास्तविकतामा परिणत भएको देख्यो । भारतीय सेनाले पाकिस्तानमा रहेका आतंकवादी लुक्ने ठाउँहरु र उनीहरुका तालिम केन्द्रहरुमा बडो सटिकताका साथ आक्रमण ग¥यो । भारतले यति ठूलो निर्णय लिन सक्छ भनेर आतंककारीहरुले कहिल्यै कल्पना गरेका थिएनन् । तर जब देश एकजुट हुन्छ, राष्ट्र प्रथमको भवनाले ओतप्रोत हुन्छ र राष्ट्रिय हित सर्वाेपरि हुन्छ तब बलिया निणयहरु लिइन्छ र परिणामहरु प्राप्त हुन्छ । जब भारतको मिसाइल र ड्रोनले पाकिस्तानमा रहेका आतंकवादी अड्डाहरुमा आक्रमण ग¥यो, आतंकवादी संगठनहरुको भवनमात्र नभएर उनीहरुको शाहस पनि नराम्रोसँग डगमगाएको थियो । बहालपुर र मुरिदके जस्ता आतंकवादी अड्डाहरु विश्वव्यापी आतंकवादीका विश्वविद्यालयहरु हुन् । विश्वका ठूला आतंकवादी हमलाहरु चाहे त्यो ९÷११ होस्, लण्डन ट्युव बम विस्फोट होस् वा पछिल्ला धेरै दशकहरुमा भारतमा भएका ठूला आतंकवादी हमलाहरु हुन्, तिनीहरुको सम्बन्ध कुनै न कुनै रुपमा यी आतंकवादी लुक्ने ठाउँहरुसँग जोडिएको छ । आतकवादीहरुले हाम्रा दिदी बहिनीहरुको सिन्दुर मेटाएका थिए र भारतले उनीहरुको आतंकवादी मुख्यालय ध्वस्त पारेर प्रतिक्रिया दियो । भारतद्वारा गरिएको यी आक्रमणहरुमा १ सय भन्दा बढी खतरनाक आतंकवादीहरु मारिएका छन् । धेरै आतंकवादी नेताहरु विगतमा साढे दुई तीन दशकदेखि पाकिस्तानमा स्वतन्त्र रुपमा घुमिरहेका थिए जसले भारत विरुद्ध षड्यन्त्र रच्थे । भारतले एकै प्रहारमा उनीहरुलाई मारिदियो ।
भारतको कार्यबाट पाकिस्तान अत्यन्तै निराश र दुःखी भयो । त्यो अन्यौलमा प¥यो र त्यसै अन्यौलबीच उसले अर्को कायरता पूर्वक निर्णय ग¥यो । आतंकवाद विरुद्ध भारतको हमलालाई समर्थन गर्नुको सट्टा पाकिस्तानले भारतमाथि आक्रमण गर्न थाल्यो । पाकिस्तानले हाम्रा विद्यालय, कलेज, गुरुद्वार, मन्दिर र सर्वसाधारणको घरलाई निशाना बनायो । तर त्यस कार्यले पाकिस्तानको आफ्नै पर्दाफास भयो । विश्वले देख्यो कि कसरी पाकिस्तानका ड्रौन र मिसाइलहरु भारतको अगाडि परालजस्तै खसे । भारतको बलियो वायु रक्षा प्रणालीले तिनीहरुलाई आकाशमै नष्ट पारिदियो । पाकिस्तानले सीमामा आक्रमणको प्रयास गरेको थियो तर भारतले पाकिस्तानको मुटुमा प्रहार ग¥यो । भारतका ड्रौन र मिसाइलहरुले सटिकताका साथ आक्रमण गरे । तिनीहरुले पाकिस्तानी वायु सेनाका ती एयरवेशहरुलाई क्षति पु¥याए जसमा पाकिस्तानलाई धेरै गर्व थियो । भारतले पहिलो तीन दिनमै पाकिस्तानलाई ठूलो क्षति पु¥यायो जुन उसले कहिल्यै कल्पना गरेको थिएन । त्यसैले भारतको आक्रमक कारबाही पछि पास्तिानले भाग्ने उपाय खोज्न थाल्यो । तनाव कम गर्न पाकिस्तान विश्वलाई विन्ति गरिरहेको थियो । भारतीय क्षति व्यहोरेपछि पाकिस्तानी सेनाले मे १० दिउँसो हाम्रा डिजिएमओलाई सम्पर्क ग¥यो । यतिञ्जेल हामीले ठूलो मात्रामा आतंकवादको पूर्वाधार नष्ट गरिसकेका थियौं । हामीले पाकिस्तानको मुटुमा स्थापित आतंकवादी अड्डाहरु नष्ट गरिसकेका थियौं । त्यसै कारण जब पाकिस्तानले अपिल ग¥यो र भन्यो कि अब कुनै पनि प्रकारको आतंकवादी गतिविधि वा सैन्य दुस्शाहसमा संलग्न हुने छैन । भारतले त्यसमाथि विचार ग¥यो । म फेरि भन्दैछु हामीले पाकिस्तानको आतंक र सैन्य अखडाहरु विरुद्धको हाम्रो जवाफी कारबाही हाललाई स्थगित गरेका छौं । आगामी दिनमा हामी पाकिस्तानको प्रत्येक कदमलाई पाकिस्तानले कस्तो रवैया अनाउँछ भन्ने मापदण्डमा मापन गर्नेछौं ।
सम्बोधनमा अगाडि भएिको छ भारतका तीनवटै सेनाहरु वायु सेना, नौ सेना, हाम्रो सीमा सुरक्षाबल (विएसएफ) भारतका अर्धसैनिक बलहरु निरन्तर शतर्क अवस्थामा छन् । सर्जिकल स्ट्राइक र एयर स्ट्राइक पछि अब अप्रेशन सिन्धुर आतंकवाद विरुद्ध भारतको नीित बनेको छ । अप्रेशन सिन्धुरले हाम्रो् आतंकवाद विरुद्धको लडाईमा नयाँ मापदण्ड स्थापना गरेको छ । नयाँ मानक तय गर्नुको साथै न्यु नर्मल समेत स्थापना गरेको छ । पहिलो यदि भारतमाथि आतंकवादी आक्रमण भयो भने त्यसको उचित जवाफ दिइनेछ । हामी हाम्रो शर्तहरुमा मात्र उचित जवाफ दिनेछौं । हरेक ती ठाउँमा गएर हामी कडा कारबाही गर्नेछौं जहाँबाट आतंकवाद मौउलाउँछ । दोस्रो भारतले कुनै पनि किसिमको न्यूक्लियर ब्ल्याकमेल सहनै सक्दैन । न्यूक्लियर ब्ल्याकमेलको आडमा विकास गरिएका आतंकवादी लुक्ने ठाउँहरुमा भारतले सटिक र निर्णायक रुपमा प्रहार गर्नेछ । तेस्रो हामी आतंकवादलाई सहयोग गर्न सरकार र आतंकवादीका योजनाकारबीच कुनै भिन्नता गर्ने छैनौं । अप्रेशन सिन्धुरको समय जब शीर्ष पाकिस्तानी सेनाका अधिकारीहरु मारिएका आतंकवादीहरुलाई विदाई गर्न आए तब संसारले एक पटक फेरि पाकिस्तानको घिनलाग्यो अनुहार देख्यो । यो राज्यद्वारा सहयोग गरिएको आतंकवादको बलियो प्रमाण हो । हामी भारत र आफ्नो नागरिकहरुलाई कुनै पनि खतराबाट जोगाउन निरन्तर निर्णायक कदमहरु चालिरहने छौं ।
हामीले प्रत्येक पटक युद्धभूमिमा पाकिस्तानलाई पराजित गरेका छौं । यसपटक अपे्रशन सिन्धुरले एक नयाँ आयाम थपेको छ । हामीले मरुभूमि र पहाडहरुमा आफ्नो क्षमता प्रदर्शन गरेका छौं र न्यू एज वारफेयरमा पनि आफ्नो श्रेष्ठता प्रमाणित गरेका छौं । यस अप्रेशनका क्रममा ‘मेड इन इन्डिया’ हतियारहरुको विश्वासनियता पनि पमाणित भएको छ । आज संसारले देखिरहेको छ कि २१ आंै शताब्दीको वारफेयरमा ‘मेड इन इन्डिया’ रक्षा उपकरणहरुको समय आइसकेको छ । सबै प्रकारका आतंकवाद विरुद्ध हाम्रो एकता हाम्रो सबभन्दा ठूलो शक्ति हो । यो निश्चित रुपमा युद्धको युग होइन तर आतंकवादको युग पनि होइन । आतंकवाद विरुद्ध शून्य सहनसीलता नै राम्रो संसारको ग्यारेन्टी हो ।
जब पास्तिानी सेना, पाकिस्तान सरकारले आतंकवादीलाई प्रोत्साहन गरिरहेको छ त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त पार्नेछ । यदि पाकिस्तान जिउन चाहन्छ भने उसले आफ्नो आतंकवादी पूर्वाधारलाई नष्ट गर्नु पर्नेछ । यस बाहेक शान्तिको अर्को कुनै बाटो छैन, भारतको अडान एकदम स्पष्ट छ आतंक र वार्तासँगसँगै जान सक्दैन । आतंक र ब्यापारसँगै जान सक्दैन । पानी र रगत सँगै बग्न सक्दैन । आज म विश्व समुदायलाई पनि भन्न चाहन्छु कि हाम्रो घोषणा नीति यस्तो रहेको छ । यदि पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल आतंकवादबारे हुनेछ र यदि पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल पकिस्तान अधिकृत कस्मिर (पिओर्क) का बारेमा हुनेछ । सम्बोधनमा उहाँले भन्नुभयो आज बुद्ध पूर्णिमा हो । भगवान बुद्धले हामीलाई शान्तिको मार्ग देखाउनु भएको छ । शान्तिको माग पनि शक्ति हुँदै जान्छ । मानवता शान्ति र सम्बिृद्धितर्फ अघि बढ्नुपर्छ । प्रत्येक भारतीयले शान्तिपूर्वक बाँच्न सकून । यसका लागि भारत शक्तिशाली हुनु आवश्यक छ । आवश्यक पर्दा त्यो शक्ति प्रयोग गर्न पनि जरुरी छ । पछिल्ला केही दिनहरुमा भारतले यही काम गरिररह्को छ । उहाँले भन्नुभयो म फेरि एकपटक भारतीय सेना र सशस्त्र वलहरुलाई सलाम गर्छु । प्रत्येक भारतीयको शाहस र भारतीबासीहरुको एकताको सपथ तथा संकल्पलाई नमन गर्दछु ।