नयाँदिल्ली (भारत) । भारतीय विदेश सचिव विक्रम मिस्रीले वैसाख २५ गते विहीबार एक विज्ञप्तीमार्फत आतंकवाद विरुद्ध अप्रेशन सिन्दुरको बारेमा थप ब्रिफिङ गर्नुभएको छ । सविच मिस्रीले व्रिफिङमा भन्नुभएको छ यो वैसाख २४ गते गरिएकै व्रिफिङको अंश हो । जसमा हालै कर्णेल कुरैशी र विंग कमाण्डर सिंहले उपलब्ध गराउनु भएको केही नयाँ जानकारीहरु समावेश गरेको छु । विज्ञप्तीमा उहाँले ‘मैले सोचे हामी अप्रिल २२ तारेख अर्थात वैसाख ९ गते जम्बु–कस्मिरको पहलगाममा भएको बर्बरतापूर्वक आतंकवादी आक्रमणसँगै शुरु भएका घट्नाहरुसँग सम्बन्धित केही पक्षहरुलाई थप सन्दर्भसँग जोड्दै कुरा गर्नेछु् ।’ किनभने त्यसपछि घटेका घट्नाहरुको सम्बन्धमा केही हदसम्म टिकाटिप्पणी भएका छन् । अझ टिप्पणी भन्दा बढी सीमापारिबाट हामीतिर लक्षित थुप्रै गलत सूचनाहरु दिइएको छ । तसर्थ यस्ता केही चिजहरु छन् जुन म चाहन्छु तपाईहरुलाई बुझ्न सहज होस् । पहिलो कुरा त जताततै एस्केलेसनको चर्चा छ । यहाँहरुले सबैभन्दा पहिला के बुझ्न आवश्यक छ भने अप्रिल २२ तारेख पहलगाममा भएको हमला नै खासमा मुख्य एस्केलेसन हो । आज हामी देखिरहेका छौं घट्नाहरुको यो श्रृंखला अप्रिल २२ तारेखमा घटेको पहलगाम आक्रमणबाट शुरु भएको थियो । एस्केलेसन त्यहाँ भएको हो । त्यसको जवाफ भारतीय फौजले बुधबारको हमलामार्फत दिएको छ । दोस्रो यी हमलामा संलग्न आफूलाई ‘द रेसिसटेन्स फ्रन्ट’ भनी चिनाउने समूहमाथि म यहाँहरु सबै ध्यान केन्द्रित गर्न चाहन्छु । यो समूह पाकिस्तानमा रहेको चिरपरिचित आतंकवादी समूह लस्कर–ए–तैयवाकै एक मोर्चा हो भन्ने प्रसंग मैले बुधबार पनि कोट्याएको थिएँ । यी समूहबारे पहिले नै खबर दिइसकेको छ । मैले यहाँहरुलाई भारतीय अधिकारीहरुले संयुक्त राष्ट्र संघ १२६७ प्रतिबन्ध अनुगमन समितिलाई यसबारे जानकारी दिइइसकेको बताइसकेको छु र हामी चाँडै नै अनुगमन टोलीसँग फेरि भेट्दै छौं । यसअघि हामीले उपलब्ध गराएको जानकारीमा नयाँ कुरा समेट्दै सार्वजनिक गछौंं । तर रोचक कुरा के छ भने जब संयुक्त राष्ट्र सुरक्षा समितिले पहलगाम हमलाबारे प्रेस विज्ञप्ती जारी गर्ने कुरा चलिरहेको थियो त्यस विज्ञप्तीमा टिआरएफ, द रेसिस्टेन्स फ्रन्ट उल्लेख गर्न खोज्दा कुनै देशले अर्थात पाकिस्तानले विरोध जनायो । यो एक पटक नभई दुई पटक भएको छ । पहिलो पटक २२ अप्रिलको घट्ना घटेको केही घण्टामै र त्यसपछि फेरि अप्रिल २२ तारेखमा विहान हमलाको जिम्मेबारी टिआरएफले लिएपछि । शायद सीमापार यसका योजनाहरु र यसका सहयोगीहरुले घट्नाको गम्भीरतालाई महसुस गरेपछि दाबीबाट पछि हँटेका हुन् । पक्कै पनि यसरी पछि हँट्न्े जस्ता कार्यले कसैलाई पनि विश्वस्त पार्दैन । तेस्रो कुरा जुन म यहाँहरुलाई भन्न चाहिरहेको थिएँ र यही कुरा कर्णेल कुरैशी र विंग कमाण्डर सिंहले हिजो पनि अर्थात २५ गते प्रष्ट पारिसक्नु भएको छ, आज पनि सार्वजनिक गर्नुभएको छ । त्यो के हो भने जुन भारतीय रेस्पोन्स हो त्यो नन्–एहर्कलेटरी, प्रिसाइज, सिटक, मेजर्ड र कन्सिडर्ड हो । हाम्रो मनसाय यस मामलालाई थप चर्काउने रहेको छैन । हामीले शुरुवाति हमलाको जवाफ मात्र फर्काइरहेका छौं । हाम्रो जवाफ लक्षित, सटिक, संयमित र सन्तुलित रहेको छ । हाम्रो निशाना सैन्य अखडामा परेका छैन । केवल पाकिस्तानमा रहेका आतंकवादी– पूर्वाधारमाथि निशाना साँधिएको छ । मैले भनेझै थुप्रै कुराहरु टिका टिप्पणीमा उठाइएका छन्, सीमपारबाट धेरै निराधार गलत जानकारी र मिथ्या कुराहरु बाहिर ल्याएका छन् । म यी विषयहरुमा सीधा र स्पष्टताका साथ कुरा गर्न यो अवसर प्रयोग गर्न चाहन्छु ।
यीमध्ये पहिलो पाकिस्तानी सूचना मन्त्रीले पाकिस्तानमा आतंककारी नभएका भनेर भनेको र उनलाई उनी आफै उपस्थिति टेलिभिजन कार्यक्रमा यो कुराको पुष्टि गर्न चुनौति दिइएको थियो । तर यदि मैले हिजोकै कुरालाई आँंशिक रुपमा दोहो¥याए पनि मलाई लाग्छ पाकिस्तानको छवि एउटा विश्वव्यापी आतंकवादको केन्द्रविन्दु रहेको भन्ने कुराको कैयौ उदाहरण रहेका छन् । जसबारे ठोस प्रमाणहरु भारतमा मात्र नभई विश्वभरिका सरकार, अधिकारी र निकायहरुसँग उपलब्ध छन् । विश्वभरि थुप्रै आतंकवादी हमला भएका छन् जसमा पाकिस्तानीहरुको संलग्नता पुष्टि भएको छ । ओशामा विन लादेन कहाँ भेटिए उनलाई कसले शहीद भन्यो भनेर मैले यहाँहरुलाई बताइरहनु जरुरी छैन । पाकिस्तानले दशकौदेखि भारतमा सीमापार आतंकवादलाई उदण्डका साथ पछ्याउदँै आएको छ र मैले हिजो भनेझै अन्तर्राष्ट्रिय समुदायलाई जानाजानी भ्रमित गर्न, उनीहरुले आतकवादी साजिद मिरको मृत्यु भएको दाबी गरेका थिए । उनीहरु दबाबमा आए र साजिद मिरलाई पुन ः जीवित तुल्याइयो, पक्राउ गरियो र अहिले उनी पाकिस्तानी हिरासतमा रहेका छन् । पाकिस्तान लस्कर–ए–तैयवा, जैस–ए–मोहम्मद, तिनीहरुका नेताहरु मसुद अजहर र हाफिज महमद सईद सहित संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित आतंककारीहरुका साथै विश्वका अन्य धेरै सरकारद्वारा प्रतिबन्धित आतंककारीहरुको घर हो । विज्ञप्तीमा भनिएको छ, यहाँहरुले देख्नु भएकै होला पछिल्लो केही दिनमा पाकिस्तानका रक्षामन्त्री र पूर्व विदेशमन्त्री दुवैले पाकिस्तानसँग यी समूहहरुको सम्बन्धलाई स्वीकारेका छन् । मलाई लाग्छ अन्तर्राष्ट्रिय आतंकवादमा आफ्नो देशको संलग्नता र यस प्रकारको समूहहरुलाई आश्रय दिने कार्यमा उनीहरुको संलग्नता बारे बताएर पाकिस्तानका रक्षमन्त्री, पूर्व विदेशमन्त्री दुवैले यसमा मैर्ले सक्ने भन्दा बढी राम्रा काम गरेका छन् भनेर स्वीकार्नु हो । अर्को कुरा पहलगाममा भएको जघन्य र बर्बरतापूर्वक आक्रमणबारे पाकिस्तानले जुन एउटा अन्तर्राष्ट्रिय पारदर्शी अनुसन्धान हुनुपर्छ, एउटा संयुत्तल अनुसन्धान समिति हुनुपर्छ भनेर दाबी गरेको छ, यसमा मलाई के लाग्छ भने यहाँहरु सबैलाई इतिहास थाहा छँदैछ, ट्रयाक रेकर्डबारे पनि जानकारी हुनुहुन्छ र पाकिस्तानको सन्दर्भमा ट्रयाक रेकर्ड त्यस्तो गतिलो छैन, खासगरि कैयौ आतंकवादी हमलाहरुका पीडितको न्यायको सन्दर्भमा चाहे त्यो २००८ को मुम्बई हमला होस् वा २०१६ को पठानकोट हमला वा अन्य घटना तर विशेष गरि यी दुई आक्रमणहरमा भारतले सहकार्य गर्न खोजेको थियो । भारतले फोरेन्सिक प्रमाणहरु उपलब्ध गराएको थियो र पाकिस्तानलाई यी आक्रमणका दोषीहरुलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेको थियो । हामीले विशेष गरी सन् २००८ को मुम्बई हमलाको सन्दर्भमा, जहाँ एक पाकिस्तानी लस्कर–ए–तैयवा आतंककारीहरुलाई जीवितै पक्राउ गरिएको थियो, भारतले त्यस आक्रमणमा पाकिस्तानी आतंककारीहरुको संलग्नतासँग सम्बन्धित अथाह जानकारी र प्रमाणहरु पेश गरेको थियो । मुद्धा दर्ता गरियो तर यहाँहरु सबैलाई थाहा छ कि न्यायिक टोलीहरु आदि गठन गर्दा पनि यी मुद्धाहरु अगाडि बढेका छैनन । पाकिस्तानले अनुसन्धानलाई अगाडि बढाउने सबै प्रयासहरुलाई अवरोध पु¥याएको छ । पठानकोट हमलाको सन्दर्भमा पनि संयुक्त बढाउने सबै प्रयासहरुलाई अवरोध पु¥याएको छ । पठानकोट हमलाको सन्दर्भमा पनि संयुक्त अनुसन्धान टोली गठन गरिएको थियो । हामीले पाकिस्तानी टोलीलाई आक्रमण स्थलमा सहजै पहुँच दियौं । कल रकेर्ड डाटा र डिएनए आदिको विवरण पाकिस्तानसँग साझा गरिएको थियो । हामीले फेला पारेका….. आतंककारीको ठेगाना…..घट्नासँग सम्बन्धित विवरणहरु उनीहरुसँग साझा गरेका थियौं । त्यस हमलाको साजिस रच्ने जैस–ए मोहम्मदका सदस्यहरु, उनीहरुलाई सघाउ पु¥याउने, मार्ग निर्देशन गर्नेहरु विरुद्ध प्रमाण पेश गरेका थियौं । तर यस विषयमा कुनै प्रगति भएको छैन । त्यसैले यी सबैमा मलाई लाग्छ हामीले भोगेका अनुभवहरु सकारात्मक छैनन् र संयुक्त अनुसन्धानमा सहभागी हुन इच्छा देखाएको पाकिस्तानी दाबीप्रति झट्टै विश्वास गरिहाल्न हामी सक्दैनौं । यी केवल ढिलाई गर्न रणनीतिहरु हुन् । यी केवल अवरोध पु¥याउने रणनीतिहरु हुन् । वास्तवमा हामीले उपलब्ध गराउने प्रमाणहरु पाकिस्तानले आÏनो सलग्नता ढाकछोप गर्न र हामीले खोजिरहेको आतंककारीहरुको बचाउ गर्न, अनुसन्धानको बाटोमा अवरोध पु¥याउन मात्र प्रयोग गर्छ भन्ने विश्वास गर्ने कारण भएको छ । विज्ञप्तीमा सचिव मिस्रीले भन्नुभएको छ, मैले राख्न चाहेको तेस्रो कुरा मे ७ मा भएको हमलामा केवल सर्वसाधारण मारिएको दाबी सम्बन्धी हो । हामीले यो कुरा स्पष्ट रुपमा उल्लेख गरेका छौं कि मे ७ विहानै भएका सबै आक्रमणहरु सावधानीपूर्वक छानिएका आतंकवादी पूर्वाधार, आतंकवादी विरुद्ध लक्षित थिए । स्पष्ट त छैनौ तर ती हमलाहरुको पछिल्ला प्रभावहरुबारे केही कभरेजहरु हेर्दा जसमा आतंकवादीहरुको हिजो गरिएको अन्त्येष्टी पनि समावेश छ । मलाई लाग्छ यहाँहरुमध्ये धेरैले मिडियामा आएका रिपोर्ट र कभरेजहरु हेर्नु भएको छ । म सोच्दछु यदि ती क्रमणहरुमा सर्वसाधारणमात्र मारिएको हो भने तस्विरले वास्तवमा यहाँहरु सबैलाई के सन्देश दिन खोजेको छ, यो प्रश्न उठाउनुपर्ने विषय हो । अझ अचम्मको कुरा त के छ भने ती र्वसाधराणको अन्त्येष्टी पाकिस्तानी झण्डाले बेरेका कफिनमा गरिएको छ र तिनीहरुलाई राजकीय सम्मान दिइएको छ । हाम्रो दृष्टिकोणमा ती स्थानहरुमा मारिएका व्यक्ति आतंककारीहरु थिए । आतंककारीहरुलाई राजकीय सम्मानका साथ अन्त्येष्टी गर्नु पाकिस्तानमा अभ्यास हुनसक्छ तर हामीलाई त्यो कुनै अर्थपूर्ण कार्य जस्तो लाग्दैन । पाकिस्तानले भारतले जानी जानी धार्मिक स्थलहरुमा आक्रमण गरेको दाबी पनि गरेको छ । यी पूर्ण रुपमा झुट हो । मैले फेरि स्पष्ट पारेको छु कि हाम्रो निशानामा आतंककारी पूर्वधार, आतंककारीहरुका संरचना र भारतमा हुने सीमापार आतंकवादसँग स्पष्ट रुपमा जोडिएका स्थानहरु थिए । वास्तवमा पाकिस्तनले धार्मिक स्थलहरुको दुरुपयोग गर्दै यसलाई आतंकवादीहरुलाई उग्रवादी बनाउने, परिचालन गर्ने, धर्मप्रति अन्धभक्त बनाउने र प्रशिक्षण दिने काम गरिरहेको छ । वास्तवमा पाकिस्तानले गरेको दाबी विपरीत हिजो पाकिस्तानले जम्बु कस्मिर राज्यमा शिख समुदायका सदस्यहरुको घरमा आक्रमण गरिएको थियो । हामीलाई थाहा छ कि उक्त आक्रमणमा कम्तिमा तीन जनाको ज्यान गएको थियो । यसमा मैले जोड्न चाहेँ पाकिस्तानले पनि आफ्नो तर्फबाट प्रयास गरिरहेको छ, वास्तवमा पाकिस्तानले गरेको जवाफी कारबाहीले सर्वसाधारणलाई असर गरिरहेको छ । मैले यहाँहरुलाई गुरुद्वाराको तस्विर र यसमा मारिएका शिख समुदायका सदस्यहरुको तस्विर देखाएको थिएँ । ती आक्रमणहरुमा अन्य सर्वसाधारण पनि मारिएका र घाइते भएका छन् । वास्तवमा हिजो विहानदेखि अहिलेसम्म पाकिस्तानका आक्रमणहरुमा १६ जना सर्वसाधारण मारिएका छन् । अन्य ५९ जना घाइते भएका छन् । यतिमात्र हैन पाकिस्तानले आफ्ना भ्रामक प्रचारहरु अन्तर्गत सीपामार आतंकवाद सम्बन्धी हाम्रो कारबाहीलाई साम्प्रदायिक दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास पनि गरिरहेको छ । यदि यो नै मुद्धा हो भने म यहाँहरुलाई अप्रिल १६ तारेख पाकिस्तानका सेनाध्यक्षले दिएको भाषणतर्फ इंगित गर्न चाहन्छु । मलाई लाग्त यो साम्प्रदायिक भाषणबाजीमा अन्तिम शब्द हो । पहलगाम आक्रमणको सन्दर्भमा पनि यहाँहरुलाई त्यहाँ कस्तो प्रकारको प्रोफाइलिङ गरिएको थियो भन्ने कुरा थाहा रहेछ र सम्भवत ः यी दुई घटनाहरुबीच कुनै सम्बन्ध पनि हुन नदिइने छैन । साथै यो पनि उल्लेखनीय छ कि भारतमा मात्र होइन विश्वभरबाट सबै धर्म, सम्प्रदाय र क्षेत्रका मानिसहरुले यी आक्रमणहरुको एक स्वरमा भत्र्सना गरेका छन् । पाकिस्तानले अहिले मे ७ मा भारतले गरेको आक्रमणको जवाफ दिएका दाबी गरिरहेको छ । मैले शुश्रमै भनेझै प्रतिक्रिया भारतले दिएको हो । वास्तवमा एस्केलेसनको शुरुवात पाकिस्तानले २२ अप्रिलमा गरेको थियो । हिजो विहान गरिएको कारबाहीद्वारा हामीले उक्त एस्केलेनको जवाफ दिएका छौं । फेरि पनि म यो कुरामा जोड दिन चाहन्छु कि यो कारबाही संयमित थियो या कुनै सवसाधारण वा सैनिकप्रति लक्षित नभई आतंककारी क्याम्पमा मात्र लक्षित गरिएको थियो । र फेरि पनि हामीले हिजोदेखि भन्दै आएका छौ कि पाकिस्तानले गरेको कुनै पनि थप कारबाही, जसमध्ये केही हामीले आज देखाइरहेका छौं, त्यो केवल पाकिस्तानले गरेको एस्केलेसन बाहेक अरु केही होइन र र फेरि पनि त्यसको उपयुक्त रुपमा जवाफ दिइनेछ र दिइदैछ । विज्ञप्तीको अन्त्यमा भनिएको छ म एउटा बुँदालाई पनि सम्बोधन गर्न चाहन्थे जुन पाकिस्तान प्रशासित कस्मिरमा रहेको निलम झे्लम परियोजना अर्थात एउटा बाँधलाई लक्षित गरिएको आरोप सम्बन्धी हो । म भन्न चाहन्ुछ यो पूर्ण रुपमा बनावटी, कपोलकल्पित र स्प्ष्ट झुट हो । भारतले केवल आतंकवादी पूर्वाधारलाई लक्षित गरेको छ । ती आतंकवादी पूर्वाधारहरुको विवरण र तिनका स्थानमा समेत हिजो यहाँहरुसँग कर्णेल कुरैशी र विंग कमाण्डर सिंहले साझा गरिसक्नु भएको छ । म यो पनि उल्लेख गर्न चाहन्छु कि यदि यस प्रकारको दाबी समान प्रकृतिको भारतीय पूर्वाधारलाई लक्षित गर्ने बहाना बनाइन्छ भने त्यसपछि हुने परिणामहरुको लागि पाकिस्तान निः सन्देह पूर्ण रुपमा जिम्मेवार हुनेछ । अन्त्यमा म सिन्धु जल सन्धीसँग सम्बन्धित केही विषयहरु र यस सन्दर्भमा फैलाइएको भ्रामक जानकारीको विषयमा पनि सम्बोधन गर्न चाहन्छु । यथार्थ यो हो कि जुन परिस्थितिमा सिन्धु जल सन्धी सम्पन्न भएको थियो त्यसमा आधारभूत परिवर्तनहरु भएका छन् । उनीहरुले सन्धी अन्तर्गतका दायित्वहरको पुर्नमूल्यांकनका लागि आग्रह गरे । पछिल्लो डेढदेखि दुई बर्षको अवधिमा भारत सरकारले पाकिसतान सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ । हामीले सन्धी परिमार्जनका विषयमा छलफल गर्न वार्ताको लागि अनुरोध गर्दा उनीहरुलाई धेरैपटक सूचना पायौ । पाकिस्तानले हामीहरुमाथि धेरै युद्धहरु गरे तापनि र सम्बन्धहरु सत्रुतापूर्ण भए पनि भारतले ६ दशक भन्दा बढी समय देखि यो सन्धीको सम्मान गर्दै आएको छ । सन्धीको उल्लंघन गर्ने पाकिस्तान नै हो, जसले भारतलाई पश्चिमी नदीहरुमा आफ्नो वैध अधिकार र प्रयोग गर्नबाट रोक्न जानजान कानुनी अवरोधहरु सिर्जना गर्दै आएको छ । सन्धीद्वारा अनुभूति दिइएका पूर्वी नदीहरुमा र पश्चिमी नदीहरुमा पनि भारतले निर्माण गर्न खोजेको कुनै पनि परियोजनाहरुलाई पाकिस्ताले सधै चुनौति दिँदै आएको छ, जसका कारण सन्धी अन्तर्गत हाम्रा वैध जल प्रयोग गर्ने अधिकारका अवरोध पु¥याएको छ । वास्तवमा सन्धीको प्रारम्भिक प्रस्तावनामा नै यो कुरा उल्लेख गरिएको छ कि सन्धी सद्भाव र मित्रताको भावनामा आधारित रही सम्पन्न गरिएको छ । सद्भाव र मित्रताको भावनामा सम्पन्न गरिएको त्यो शब्दमा ध्यान दिनुपर्छ । यो भारतको धैर्य र सहनशिलता हो कि हामी यति धेरै उत्तेजनाको बाबजुद पनि पैसठ्ठी बर्षदेखि यो सन्धीको पालना गदै आएका छौं । यद्यपि पहिले पनि स्पष्ट रुपमा भनिए जस्तै सन्धी अनुसार रहेका दायित्वहरुको पुर्नमूल्यांकनका लागि वार्तामा प्रवेश गर्न भारतले गरेको् अनुरोधमा पाकिस्तानले कुनै प्रतिक्रिया दिएको छैन । धेरै शर्तहरु परिवर्तन भएका छन् । यो सन्धी ५० र ६० को दशकको इन्जिनियरिङ्ग प्रविधिमा आधारित थियो । हामी अहिले २१ औं शताब्दीको पहिलो चौमासमा जीवनयापन गरिरहेका छौ । प्राविधिक परिवर्तन र प्राविधिक प्रगतिलाई ध्यान दिनुपर्ने हुन्छ । जनशांखीय परिवर्तनहरु भएका छन्, जलबायु परिवर्तनहरु भएका छन्, स्वच्छ ऊर्जाका आवश्यकताहरु रहेको छ । साथै पाकिस्तानले जम्बु र कस्मिर राज्यमा फैल्याएको आतंकवादले भारतले सन्धी अनुसार आफ्ना अधिकारहरु प्रयोग गर्न सक्ने क्षमतामा समेत गम्भीर अवरोध पु¥याएको छ । भारतले सन्धीको संसोधनका विषयमा सरकार–सरकारबीच वार्ता राख्न गरेको अनुरोधलाई पाकिस्तानले निरन्तर अस्वीकार गर्दै आएको छ । जुन आफैमा सन्धीको उल्लंघनको रुपमा लिन सकिन्छ । त्यसैले भारतले यो निर्णय गरेको छ कि जबसम्म भारतले सीमपार आतंकवादको समर्थनलाई अपरिवर्तनीय रुपमा परित्याग गर्दैन तबसम्म सन्धीलाई स्थगित गरेको ठानिनेछ । सचिव मिस्रीले भन्नुभयो शायद म यतिमै राकिन्छु । मैले हिजो पनि उल्लेख गरेको थिएँ कि यो एक विकसित भइरहेको अवस्था हो । त्यसैले म यहाँहरु सबैलाई सम्बेदनशीलता र संयमता अपनाउन अनुरोध गर्दछु । हामी वा सशस्त्र बलका हाम्रा सहकर्मीहरुले यस समयमा उक्त अपरेशन सम्बन्धी विवरणहरु साझा गर्न सम्भव हुने छैन । त्यसबाहेक यदि यहाँहरुसँग कुनै प्रश्नहरु छन् भने म केही प्रश्नहरुको मात्र समय दिनसक्छु र ती प्रश्नहरुको उत्तर दिने प्रयास गर्नेछु ।