नयाँदिल्ली (भारत) । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले विश्वभरिका आतंककारीहरुका लागि आश्रय स्थलको रुपमा पाकिस्तान चिनिएको बताउनु भएको छ ।
सचिव मिस्रीले बुधबार अर्थात मे ७ तारेख एक विज्ञप्ती प्रकाशित गरी सो कुरा बताउनु भएको हो । विज्ञप्तीमा उहाँले भन्नुभएको छ, वैसाख ९ गते अर्थात अपिल २२ तारेखका दिन लस्कर–ए–तैयवासँग जोडिएका पाकिस्तानीद्वारा प्रशिक्षित आतंककारीहरुले भारतको जम्बु र कास्मिरको पहलगाममा भारतीय पर्यटकहरुमाथि बर्बरतापूर्वक आक्रमण गरेको तीतो सत्य सबैलाई थाहा छ । उनीहरुले एक नेपाली नागरिक सहित २६ जनाको हत्या गरेका थिए । पहलगाममा भएको आतंककारी हमला सन् २००८ नोभेम्बर २६ मा भारतको मुम्बईमा भएको हमला भन्दा धेरै नागरिक हताहत भएका थिए । विज्ञप्तीमा सचिव मिस्रीले भन्नु भएको छ पहलगाम आक्रमण चरम बर्बताले भरिएको थियो । जसमा परिवारका अगाडि उनीहरुलाई पासविक हत्या गरिएको थियो । परिवारकै अगाडि टाउकोमा गोली हानिएको घट्ना बर्बराताको परकाष्ठ हो । हत्यामा अपनाइएको तरिकाले परिवारका सदस्यहरुलाई जानजान आघात पु¥याइएको थियो । आतंककारीहरुले परिवारका सदस्यहरुलाई आतंकको सन्देश लिएर जान बाध्य पारिएको थियो । यो आक्रमण स्पष्ट रुपमा जम्बु र कास्मिरमा फर्किएको सामान्य अवस्थालाई कमजोर पार्ने उद्देश्यले गरिएको थियो । विशेषगरि यो हमला गत बर्ष जम्बु कस्मिर उपत्यकामा २३ लाख पर्यटक भ्रमण गरेको र त्यहाँको अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई असर पु¥याउने उद्देश्यले योजना बनाएको थियो । खास गरेर त्यहाँ विकास र गतिलाई हानी पु¥याए त्यसले त्यस क्षेत्रलाई सदैव पछाडि पारि राख्ने र पाकिस्तानबाट हुने निरन्तर सीमापार आतंकवादका लागि उर्वरभूमि निर्माण गर्न मद्धत गर्ने उनीहरुको आंकलन छ । जुन तवरले आक्रमण गरिएको थियो त्यसको उद्देश्य नै जम्बु र कास्मिरसँगै भारतका बाँकी स्थानमा कलह भड्काउने उद्देश्यले गरिएको स्पष्ट हुन्छ । आतंककारीका त्यस्ता योजनाहरु विफल हुनुमा भारत सरकार र भारतीय जनतालाई श्रेय जान्छ ।
विज्ञप्तीमा सचिव मिस्रीले अगाडि भन्नुभएको छ, आफूलाई ‘द रेसिस्टेन्स फ्रन्ट (टिआरएफ) चिनाउने समूहले सो आक्रमणको जिम्मा लिएको छ । यो समूह संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित पाकिस्तानी आतंकवादी समूह लस्कर–ए–तैयवाको लागि काम गर्ने एउटा मोर्चा हो । उल्लेखनीय कुरा के छ भने भारतले सन् २०२४ मे र नोभे्म्बरमा संयुक्त राष्ट्र संघको १२६७ प्रतिबन्ध समितिको अनुगमन टोलीलाई अर्ध बार्षिक प्रतिवेदनमा पाकिस्तानमा रहेका आतंकवादी समूहका लागि काम गर्ने टिआरएफबारे जानकारी दिएको थियो । त्यसभन्दा अगाडि सन् २०२३ डिसेम्बरमा भारतले अनुगमन टोलीलाई टिआरएफ जस्ता साना आतंकवादी समूहहरु मार्फत लस्कर–ए– तैयवा र जैस–ए–मोहम्मदले काम गरिरहेको बारेमा जानकारी गराइएको् थियो । यसै सन्दर्भमा अप्रिल २५ मा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रेस विज्ञप्तीमा टिआइएफसँग सम्बन्धित प्रसंग हटाउन पाकिस्तानले दिएको दबाब उल्लेखनीय छ । पहलगाम आतंकवादी आक्रमणको अनुसन्धानले आतंककारीहरुको पाकिकस्तानसँग सम्पर्क रहेको देखाएको छ । द रेसिटेन्ट फ्रन्टले गरेको दाबी र लस्कर–ए–तैयवाको सामाजिक सञ्जाल ह्याण्डलहरुबाट गरिएको रिपोर्टले पनि यसलाई पुष्टि गरेको छ । प्रत्यक्षदर्शीहरुको बयान र कानुनी निकायहरुसँग उपलब्ध अन्य जानकारीका आधारमा आक्रमणकारीहरुको पहिचान जस्ता कार्यहरु अघि बढिसकेका छन् । हाम्रा गुप्तचर निकायले त्यस टिमका लागि काम गर्ने योजनाकार र समर्थकहरुको वास्तविक तस्विर पनि फेला पारिसकेको छ । त्यस आक्रमणका विशेषताहरु पकिस्तानले भारतमा गर्ने सीमापार आतंकवादको लामो ट्रयाक रेकर्डसँग पनि सम्बन्धित रहेका छन् । जसलाइ राम्रोसँग अभिलिखित गरिएको छ र ती प्रश्न भन्दा बाहिर रहेका छन् । विश्वभरिका आतंककारीहरुका लागि पाकिस्तान आश्रय स्थल हो । अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्धित आतंककारीहरु दण्डको डर नमानी पाकिस्तानमा बसिरहेका छन् । यसका साथै यस विषयमा विश्वलाई तथा वित्तीय कार्यवाही कार्यदल जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुलाई जानाजानी भ्रमित गर्ने कुरामा पाकिस्तान परिचित रहे्को् छ । यसको सबैभन्दा ज्वलन्त उदाहरण साजिद मिरको मुद्धा हो । जसमा उक्त आतंककारीलाई मृत घोषित गरिएको थियो र पछि अन्तर्राष्ट्रिय स्तरबाट दबाब आएपश्चातको प्रतिक्रियामा पुन ः जीवित पारिएको त्यसपछि जीवित फे्ला पारि पक्राउ गरिएको थियो । विज्ञप्तीको अन्त्यमा भनिएको छ पछिल्लो समय पहलगाममा भएका आतंकवादी आक्रमणले जम्बु–कस्मिर र भारतका अन्य भागहरुमा समेत गहिरो आक्रोस उत्पन्न गरेको छ । उक्त आक्रमणपश्चात भारत सरकारले् पाकिस्तानसँगको आफ्नो भूमिकासँग सम्बन्धित रहेर प्रारम्भिक कदमहरुका साथ स्वभाविक रुपमा प्रतिक्रिया दिएको छ । विज्ञप्तीमा उहाँले् भन्नुभएको छ, यहाँहरु सबैलाई अप्रिल २३ तारेख घोषणा गरिएका निर्णयहरु बारेमा थाहै छ । यद्यपि, अप्रिल २२ तारे्खको आक्रमणका दो्षी र योजनाकारहरुलाई न्यायको कठघरामा ल्याउनु आवश्यक थियो । आक्रमण भएको् दुई सात वितिसक्दा पनि पाकिस्तानबाट आफ्नो भू–भाग वा आफ्नो नियन्त्रणमा रहेको भू–भागमा आतंकवादी पूर्वाधार विरुद्ध कारबाही गर्न कुनै ठोस चालिएको छैन । यसको सट्टा उसले स्वीकार र आरोप मात्र लगाएको छ । हाम्रो गुप्तचरले पाकिस्तानमा रहेका आतंकवादी मोड्युलहरुको अनुगमन पछि भारत विरुद्ध थप आक्रमणहरु हुने संकेत गरेको् थियो । तसर्थ यसलाई रोक्नु र यस विरुद्ध पूर्व तयारी गर्नु दुवै हाम्रा लागि बाध्यता थियो । यहाँहरु सबैलाई थाहा भएकै होला कि बुधबार विहानै भारतले त्यस्ता सीमापार आक्रमण विरुद्ध प्रतिक्रिया दिने, पूर्व तयारी गर्ने र यसलाई रोक्ने आफ्नो अधिकार प्रयोग गरेको छ । यी कार्यहरु आंकलित, नभड्किने खालका, आनुपातिक र जिम्मेवारपूर्ण थिए । यी कार्यहरु आतंकवादी पूर्वाधारलाई ध्वस्त पार्ने तथा भारत पठाइने सम्भावित आतंककारीहरुलाई निमिट्यान्न पार्ने कुरामा केन्द्रित थिए । यहाँहरुलाई सम्झना होला कि सुरक्षा परिषद्ले यही अप्रिल २५ गते पहलगाम आतंकवादी हमलाको बारेमा प्रेस विज्ञप्ती जारी गरेको थियो । त्यसलाई मैले यहाँ उद्यृत गरेको छु– यस निन्दनीय आतंकवाद कार्यका दोषी, योजनाकार, यसलाई आर्थिक र अन्य तवरले सघाउ पु¥याउनेहरुलाई जबाफदेही बनाउने र न्यायको कठघरामा उभ्याउने आवश्यकता रहेको छ । भारतले गरेको पछिल्लो कार्यलाई यसै सन्दर्भमा हेरिनु पर्दछ । बुधबार विहानै गरिएको हाम्रो कार्यहरुको बारेमा ब्रिफिङ गर्न मसँगै कर्णेल सोफिया कुरैशी र विंक कमाण्डर व्योमिका सिंह उपस्थित हुनुहुन्थ्यो । म उहाँहरुलाई अप्रेशन सिन्दुरको बारेमा केही विवरणहरु यहाँहरु सबैसँग साझा गर्न अनुरोध गर्दछु, विज्ञप्तीमा भनिएको छ ।