सिहवाहिनी मन्दिरको् बार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान

धरान । ५७ बर्ष अगाडि धरान १० मा स्थापना भएको सिंहवाहिनी भगवति मन्दिरले आफ्नो स्थापना दिवस तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । धरान १० मन्दिर परिषरम आयोजित बार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रका महानुमावहरुलाई सम्मान समेत गरेको छ । सिंहबाहिनी मन्दिरको ५७ औ बार्षिकोत्सव तथा चौथा अधिवेशनको अवसरमा नन्दी स्मृति प्रतिष्ठानद्वारा समाजमा अग्रणी भूमिका निर्वाह गर्ने जनप्रतिनिधि, शिक्षाविद्, धार्मिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।


मन्दिर व्यवस्थापन समितिका अधयक्ष जयप्रसाद सिटौलाको अध्यक्षता तथा किरात देवान समाजका केन्द्रीय अध्यक्ष गणेशकुमार देवानको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष विवेक राई,, पिण्डेश्वर विद्यापीठका प्राचार्य पदमप्रसाद अधिकारी, चन्द्र सँस्कृति मावि धरान १६ का शिक्षक संगम पोख्रले र पिण्डेश्वर सँस्कृति मावि धरान १४ का शिक्षक सविन भण्डारीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रमामा स्वागत मन्तव्य समितिका उपाध्यक्ष लालबहादुर कार्कीले गर्नुभएको थियो भने आयव्यय प्रस्तुत कोषाध्यक्ष रुसी श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव शैलेन्द्रकुमार श्रेष्ठले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया