राजनीतिक दलप्रतिको भ्रम चिर्न तरुण दल सक्रिय बन्नुपर्नेमा जोड

धरान । राजनीतिक दलप्रति सर्वसाधारणको सोचाई फरक हुदै गएको अवस्थामा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले भने जनतामा भएको भ्रमलाई अब युवा दस्ता दरुण दलले चिरेर जानुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेको युवा दस्ता तरुण दल नगर नगर समितिको ५ औं अधिवेशनबाट निर्वाचितहरुको पदस्थापना तथा सम्मान कार्यक्रममा तरुणका युवाहरुले यस्तो बताएका हुन् सो अवसरमा बोल्दै नेपाली काँग्रेसका जिल्ला स्तरीय नेता तथा धरान उपमहानगरपालिका १६ नं. वडा समितिका वडाध्यक्ष मुरारी भट्टराईले नेपाली काँग्रेसलाई उचाईमा पु¥याउने काम गर्ने बताउनुभयो । उहाँले आगामी ०८४ सालमा हुने संघीय, प्रदेश र स्थानीय निर्वाचनमा तरुण दलले राम्रो भूमिका निर्वाह गर्न सकेको खण्डमा नेपाली काँग्रेस ठूलो पार्टी बन्न सक्ने बताउनुभयो । उहाँले सबै जनमानसमा तरुण दल बस्न सफल भएको खण्डमा नेपाली काँग्रेस सफल हुने तर्क राख्नुभयो ।

यस्तै नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले तरुण दल समाजको जिम्मेवारी युवा दस्ता भएकोले वडा वडाबाट आफ्नो जिम्मेवारी वहन गर्न सकेको खण्डमा स्वास्थ्य र स्वच्छ समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । यस्तै तरुण दल धरान उपमहानगरसमितिका सभापति राम तामाङले पार्टीको निर्देशन अनुरुप सामाजिक कार्यमा अहोरात्र खटिने भएकोले तरुणले गरेको कामको फाइदा पार्टीले लिने बताउदै तरुणले गरेको हरेक कार्यमा सहयोग गर्न पार्टीका अग्रजहरुलाई आग्रह गर्नुभयो । सो अवसरमा नेपाली काँग्रेसका संघ, प्रदेश, जिल्ला, नगर स्तरीय नेताहरुको उल्लेख्य उपस्थिति रहेका थिए । उपस्थिति नेताहरुले तरुण दललाई समाज रुपान्तरणको काममा अहोरात्र खट्न सुझाव समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया