भारत सरकारद्वारा सिकल सेल र थालेसिमियाको खोप नेपाल सरकारलाई हस्तान्तरण

काठमाण्डौ । स्वास्थ्य, शिक्षा लगायतका दर्जनौ भौतिक पूर्वाधारमा निरन्तर सहयोग गर्दै आएको भारत सरकारले वैसाख १२ गते सिकल सेल र थालेसिमिया जस्तो घातक रोगको खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाली जनताको स्वाथ्यमा लाभ पुगोस् भन्ने अभिप्रायले नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले सिकल सेल र थालेसिमिया रोगको विरुद्धको खोपको पहिलो खोपको औषधि नेपाल सरकारका स्वाथ्य तथा जनसंख्या मन्त्री प्रदीप पौड्याललाई हस्तान्तरण गर्नुभयो । नेपाल सरकारको अनुरोधमा भारत सरकारले थालेसिमिया र सिकल सेल रोगका विरामीहरुको व्यवस्थापनका लागि पहिलो खोपमा २० लाख डलर बराबरको औषधि प्रदान गरेको छ । पहिलो खेपको खोप तथा औषधिमा एन्Ïmुएन्जा खोप ३१०० युनिट, साल्मोनेला खोप १५५० युनिट, मेनिङ्गो कोक्कस खोप ३१०० युनिट, हाइमोफिलस इन्Ïयुएन्जा खोप ४६४० युनिट र स्ट्रेप्टोकोक्कस निमोनिया खोप ४६४० युनिट रहेको छ ।
भारत सरकारबाट प्राप्त ती औषधिहरुले वंशाणुगत रक्त विकारहरु जसले प्रभावित व्यक्ति तथा परिवारका लागि जसले यी रोगको चुनाँैति सामना गरिरहेका छन् हस्तान्तरण गरिएका औषधि उनीहरुका लागि बरदान सावित हुने भएको छ । भारतीय राजदुतावासद्वारा औषधि (खोप) हस्तान्तरण सम्बन्धी जारी विज्ञप्तीमा भनिएको छ सिकल सेल र थामेसिमिया रोगबाट पीडितहरुले राहत पाउने विश्वास गरिएको छ । विज्ञप्तीमा भनिएको छ हस्तान्तरण गरिएका खोपले दुई देशबीच अझ खास गरेर महत्वपूर्ण स्वास्थ्य सेवाको क्षेत्रमा थप दीगो र बलियो साझेदारीलाई प्रष्टयाएको छ ।


यसैगर नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौड्यालले हस्तान्तरण गरिएका खोपहरु ग्रहण गर्दै भन्नुभयो यी खोपहरुले जनसवास्थ्यमा पर्ने सकारात्मक प्रभावको जति व्याख्या गरे पनि कम हुन्छ । उहाँले भारत सरकारको उदार सहायताको लागि कृतज्ञता समेत व्यक्त गर्नुभएको थियो । उहाँले भारत सरकारसँगको लामो समयदेखिको सहकार्य र यसले नेपालको स्वास्थ्य सेवा प्रणालीमा गरेको योगदानको प्रंशसा गर्नुभएको थियो । खोप हस्तान्तर भारत र नेपालबीचको घनिष्ट सम्बन्ध र सहयोगी भावनाको प्रमाण भएको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा भनिएको छ भारत सरकार पारस्परिक प्रगति र विसकासलाई बढावा दिन स्वास्थ्य सहित विभिन्न क्षेत्रहरुमा नेपालसँग साझेदारी गर्न प्रतिबद्ध छ ।

तपाईको प्रतिक्रिया