भारत जम्बुकस्मिरको पहलगाममा पाकिस्तानी आतंककारीद्वारा २७ निर्दोष व्यक्तिको पासविक हत्या विश्वव्यापी निन्दा–भारत सरकारद्वारा पाकिस्तानका विरुद्ध कडा कदम

भारतीय समाचार एजेन्सीहरु । भारतको जम्बुकास्मिरको पहलगाममा गत मंगलबार वैसाख ९ गते अर्थात अप्रिल २२ मा भएको पाकिस्तानी आतंकवादीको आक्रममा परी २७ जना निर्दोष पर्यटकको पासविक हत्या गरिएपछि यतिबेला उक्त घट्नाको विश्वव्यापी निन्दा र भत्र्सना भएको छ । घट्ना लगत्तै भारतमा सम्पूर्ण नागरिक पाकिस्तानका विरुद्ध आक्रोसित बन्न पुगे भने भारत सरकारले आतंकवादका विरुद्ध आफ्नो कडा रणनीति सार्वजनिक गरेको छ । पाकिस्तान सरकारकै निर्देशनमा र सरकारद्वारा नै पालिएका आतंककारीहरुले नरसंहार गरेपछि आक्रमक भारतले तत्कालै सिन्धुजल सन्धी समाप्त गरेको घोषणा, भारतसँगको व्यापार बन्द, पाकिस्तानी नागरिकको भिषा बन्द लगायतका दर्जनौं निर्णयले पाकिस्तानको छट्टपट्टाहट शुरु भइसकेका छ । अब भारतले पाकिस्तानसँगको व्यापार बन्द गर्ने निर्णयले पाकिस्थानमा खाद्यान्न, दबाई, पानीको हाहाकार भएको छ । पाकिस्तानले भारतबाट खाद्यान्न, चिनी, दबाई, मोटर पार्टस, केमिकल्स जस्ता कैयौ सामान खरिद गर्दै आएको थियो । आर्थिक बर्ष २०२३–०२४ मा पाकिस्तानले भारतबाट १.३ अरब डलरको सामान खरिद गरेको थियो भने भारतले पाकिस्ताबाट केवल २८ लाख डलरको सामानमात्र आयात गरेको थियो ।

आर्थिक रुपले जर्जर बन्दै गएको पाकिस्तानले अत्यन्तै न्यून मूल्यमा अत्यावश्यक सामानहरु भारतबाट खरिद गर्दै आएको थियो । भारतसँगको व्यापार सम्बन्ध समाप्त भएपछि यतिबेला पाकिस्तानमा खाद्यान्न संकट चुलिएको छ । चिनीको मूल्य प्रति केजी १५० पुगेको छ भने औषधिको हाहाकार भएको छ । भारतद्वारा कारबाही अगाडि बढाएपछि पाकिस्तान त्रासमा
भारतद्वारा पाकिस्तानको खिलाफमा एक्सन लिएपछि पाकिस्तान त्रसित भएको छ । सिन्धु जल सम्झौता रोकिएपछि पाकिस्तानको जमिन अब बन्जड हुने भएको छ । यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले क्याविनेट बैठक बोलाएर आफ्ना मन्त्रीहरुसँग छलफल गरेका छन् । तर आफ्नै देशभित्र समेत नागरिकले साथ नदिइरहेको अवस्थामा बाहिरी देशले आतंकवादको समर्थनमा सहयोग गर्ने कुरै भएन । यतिबेला पाकिस्तानी नागरिकहरु आफ्नै सरकारका विरुद्धमा सडक संघर्षमा उत्रिएका छन् । एकातिर आन्तरिक विरोध र अर्कोतर्फ बाह्य समर्थन प्राप्त नहुँदा पाकिस्तान सरकार त्रासमा रहेको छ ।
पाकिस्तानी दुतावास अगाडि प्रदर्शन


आतंकवादको पृष्ठपोषण गर्दै आएको र पछिल्लो पटक पहलगाम घट्ना पश्चात विश्वव्यापी रुपमा नांगिएको पाकिस्तानको नेपालमा समेत विरोध भएको छ । शनिवार काठमाण्डौमा रहेको पाकिस्तानी दु्तावास अगाडि नेपाली युवाहरुले हातमा प्लेकार्ड बोकेर पाकिस्तानका विरुद्धमा नाराबाजी गरेका थिए । विरोध प्रदर्शनका क्रममा नेपाली युवाहरु आक्रोसमा देखिन्थे । प्रदर्शनका समय नेपाली युवाहरुले आतंककारी पाल्ने पाकिस्तान मुर्दाबादको नारा लगाउँदै पाकिस्तानी सेना प्रमुखको तस्विर अंकित प्लेकार्डमा आतंकको जड यिनै भएको बताएका थिए । उनीहरुले निर्दोष नेपाली युवाको पासविक हत्याप्रति खेद व्यक्त गरेका थिए । उनीहरुले नेपाल सरकारलाई पाकिस्तानी दुतावास नेपालमा बन्द गर्न समेत आग्रह गरेका थिए ।
आतंककारीद्वारा हुवाइफोनको प्रयोग
पहलगाम घट्नामा पाकिस्तानी आतंककारीहरुले चीनमा निर्मित हुवाई कम्पनीको सेटलाइट फोन प्रयोग गरेको अनुसन्धानबाट बाहिर आएको छ । भारतीय सुरक्षाकर्मीहरुको अनुसन्धानबाट आतंककारीहरुले हुवाई कम्पनीको सेटलाइट फोनको प्रयोग गरेको पाइएको हो । यसले थप जटिल प्रश्न उब्जाएको छ । पहलगाम घटनाको अमेरिका, रसिया, फ्रान्स, बेलायत, जर्मनी लगायत संसारका सबै देशले भत्र्र्सना र निन्दा गरे पनि हालसम्म चीनले उक्त घट्नाप्रति मुख नखोल्नु थप आश्चर्यमा परेको छ ।
पाकिस्तानद्वारा हवाई क्षेत्र बन्द
आतंकवादी घटनापश्चात एक्सनमा उत्रिएको भारतका विरुद्ध पाकिस्तानले हवाई क्षेत्र बन्द गरिदिएको छ । अन्य कुनै विकल्प नभएपछि उसले भारतका विरुद्ध हवाइ क्षेत्र बन्द गरेको हो ।
भारतले त्यही कुरालाई ध्यानमा राखेर भारतीय उड्यान नियामक नागरिक उड्यान महानिर्देशनालय (डिजिसिए) ले विमान कम्पनीहरुका लागि एडभाइजरी जारी गरेको छ । एडभाइजरी जारी गर्दै शनिवार उसले भनेको छ पाकिस्तानको हवाइक्षेत्र बन्द भएका कारण अन्तर्राष्ट्रिय उडानहरुको समय बढेको जनाएको छ । उडान समय बढेपछि भाडादरमा केही बढोत्तरी भएको छ ।
तीनै सुरक्षा निकाय सक्रिय
भारत सरकारले आतंकवाद विरुद्ध कडा नीति अख्तियार गर्ने निर्णयसँगै आफ्ना तीनै सुरक्षा निकायलाई सक्रिय बनाएको छ । जल, थल, बायु सेना यतिबेला सक्रिय भएका छन् । उनीहरुले घटना स्थल नजिकका पाकिस्तानी आतंककारी लुकेर बसेका स्थानहरु पहिचान गरी ध्वस्त बनाउने कार्यलाई आक्रमक ढंगले अगाडि बढाएका
छन् ।
समय सीमामा भारत नछोड्नेलाई चेतावनी
भारत सरकारले पहलगाम घट्ना पश्चात भारतमा रहेका पाकिस्तानीलाई भारत छोड्न दिएको समयभित्र पाकिस्तानी नागरिकहरुले अटेर गरे उनीहरुमाथि कडा कारबाही गर्ने भएको छ ।
प्राप्त समाचार अनुसार भारतको केन्द्र सरकारले गरेको निर्णय बमोजिम समय सीमाभित्र भारत नछोडे उनीहरुलाई गिराफ्तार गरेर मुद्धा चलाइने छ । यो अपराधका लागि उनीहरुलाई तीन बर्ष कैद र अधिकत्तम ३० लाख जरिवाना हुने भएको छ । मंगलबारको घट्नापश्चात भारत
्रसरकारले उनीहरुलार्इ ४८ घण्टा भित्र भारत छोड्न सूचना जारी गरेको थियो । सार्क भिषाधारीहरुका लागि भने शनिवार अर्थात अप्रिल २६ तारेख सम्मको समय दिइएको छ । यसैगरि मेडिकल भिषा भएकाहरुलाई अप्रिल २९ को समय सीमा दिइएको थियो । १२ प्रकारका भिषा भएकाहरुलाई अप्रिल २७ तारेख सम्मको समय रहेको थियो । त्यस्तो भिषा लिनेहरुमा कारोबारी, फिल्म, पत्रकार, ट्रान्टि, सम्मेलन, पर्वतारोहण, छात्र, यात्रा, समूह पर्यटन, तीर्थयात्रा र समूहमा तीर्थ आएकाहरु रहेका थिए । यतिबेला भारत सरकारले दिएको समय सीमा भित्रमा भारत नछोड्ने् पाकिस्तानीहरु, बंगलादेशीहरु र रोहिग्या मुसलमानहरु धरपकडमा भारतीय सुरक्षाकर्मीहरु सक्रिय भएका छन् । आइतबार गुजरातबाट ठूलो संख्यामा बंगलादेशी र रोहिग्या मुसलमानहरु गिराÏतार भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
पाकिस्तानी युटुव च्यालमाथि प्रतिबन्ध
पहलगामा हमलापश्चात भारत सरकारले पाकिस्तानका विरुद्धमा कडा एक्सन लिएको छ । मोदी सरकारले लिएको पछिल्लो एक्सन हो पाकिस्तनका ठूला ठूला युटुव च्यानल माथिको प्रतिबन्ध । गृहमन्त्रालको सिफारिसमा भारत सरकारले त्यस्तो प्रतिबन्ध लगाएका हो । ती पाकिस्तानी युटुव च्यानलले भारतीय सेना, सुरक्षा निकायका खिलाफमा भड्काउ, भा्रमक र गलत सूचनाहरु सम्प्रेषण गर्दै आएका थिए । त्यस्ता युटुव च्यानलहरुमा डाँन–न्युज, सभा टिवी, जिओ–न्युज लगायतका १६ वटा युटुव चयालहरुरहेका थिए । । भारतीय न्युज एजेन्सीहरुका अनुसार ती युटुव च्यानलहरुले पहलगामा हमला अगाडिदेखि नै सुनियोजित रुपमा भारतीय सेना, सुरक्षा निकायका विरुद्धद्धमा भड्काउ र साम्प्रदायिक रुपले समेत संवेदनशील सामाग्रीहरु प्रशारण गर्दै आएका थिए । आतंकवादजस्तो अति त्रासदीपूर्ण घट्नालाई बिविसी समाचार एजेन्सीले उग्रवादी भनेर प्रचार गरेकोप्रतिसमेत भारत सरकारले चेतावनी दिएको छ ।
पाकिस्तान विरुद्ध एकपछि अर्का सशक्त निर्णय
जम्बुकास्मिरको पहलगामा आक्रमण पश्चात भारतले पाकिस्तानका विरुद्धमा एकपछि अर्को कडा निर्णय लिएको छ । प्रधानमन्त्री नरेन्द्र मादीको अध्यक्षतामा बसेको मन्त्री परिषद्को बैठकले कमेटी अन सिक्योरेटी (सिसिएम) ले भारतले सिन्धु जल सम्झौता रोक्ने फैसला गरेको थियो । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीका अनुसार भारतले सिन्धु जल सम्झौता तत्कालका लागि रोक्ने निर्णय भएको जानकारी दिनुभएको थियो । सन् १९६५ मा भएको सिन्धु जल सम्झौता अनुसार पाकिस्तानले सिन्धु नदीको पानी हाइड्रो, खानेपानी र सिँचाइका लागि प्रयोग गर्दै आएको थियो । अब सिन्धु जल सम्झौता भारतले रोक्ने निर्णय गरेपछि पाकिस्तानमा हाहाकार मच्चिएको छ । भारतले यो कदम भारत–पाकिस्तान सम्बन्धममा बढ्दो तनावलाई लिएर उठाएको हो ।
४८ घण्टाभित्र भारत छोड्न चेतावनी
पहलगामा आतंककारी घट्ना पश्चात भारत सरकारले भारतमा बसेका सम्पूर्ण पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छोड्न चेतावनीमात्र दिएको छैन सार्क देशका नागररिकहरुलाई जारी गरिएका भिषा रद्ध गर्ने निर्णय समेत गरेको छ । यतिमात्र नभएर भारतमा रहेको पाकिस्तानी राजदुतावास औपचारिक बन्द गर्न निर्देशन समेत दिएको छ । भारत सरकारले पाकिस्तानीहरुलाई ४८ घण्टाभित्र भारत छोड निदेशन दिएपछि ठूलो संख्यामा पाकिस्तानी नागरिक पाकिस्तान फर्किएका छन् । केही संदिग्न मुस्लिमहरुले नेपाललाई सेल्टरको रुपमा प्रयोग गर्न थालेको समेत सुत्रहरुले जनाएको छ । खास गरेर तराईका भारतसँग सीमा जोडिएका जिल्लाहरुमा उल्लेख्य मात्रामा मुस्लिम आवादी रहेका स्थानमा उनीहरु आश्रय लिएर बस्न थालेका छन् ।

तपाईको प्रतिक्रिया