राजा शाहद्वारा दुःख व्यक्त

धरान । नेपालका राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवद्वारा छिमेकी मित्र राष्ट्र भारतको जम्बुकस्मिरको पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दुवादी यात्रीहरुको दुःखद् निधन भएकोमा अत्यन्तै दुःख लागेको बताउनु भएको छ ।वैसाख १३ गते राजा शाहका संवाद सचिव डा. फणिराज पाठकद्वारा जारी समवेदना सन्देशमा भनिएको छ उक्त घट्नामा ज्यान गुमाएका एक नेपाली सहित सबै दिवंगत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जली छ । साथै मृतकजनका सबै शोकसन्तप्त परिवारका हाम्रो् आत्मीय समवेदना छ । यसैगरि यो दुःखद् घडीमा मित्र राष्ट्र भारत सरकारप्रति पनि हामी गहिरो सहानुभूति व्यक्त गर्दछौं ।

समवेदना सन्देशमा भनिएको छ, ‘वसुधैव कुटुम्बकम’ को आदर्श अवलम्बन गर्ने सनातनी बैद्धिक हिन्दु धर्मावलम्बीको दिव्य मानवीय मान्यता हो । त्यो मान्यता विपरीत त्यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौं । सम्पूर्ण विश्वक्षेत्र र समग्र हिन्दु समुदालाई नै मर्माहत पार्न भएको यस्ता घट्नाको जति निन्दा गरे पनि
थोरै हुन्छ । त्यस्तो घट्नाको विश्वव्यापी भत्र्सना हुनुपर्दछ र सबैबाट निन्दा गरिनुपर्छ भन्ने हाम्रो धारणा छ, समवेदना सन्देशमा भनिएको छ ।

तपाईको प्रतिक्रिया