विगतको बर्षहरुमा काँग्रेस क्रियाशील सदस्यता नविकरणका लागि कार्यकर्तामा जुन प्रकारको सक्रियता देखिन्थ्यो हाल आएर त्यस्तो सक्रियता र उत्साह देखिन छाडेको छ । यस पटक अधिकांश क्रियाशील कार्यकर्ताहरुले क्रियाशील सदस्यता नविकरण नै नगर्ने मनस्थिति देखाएका छन् । स्थानीय नेतृत्वले क्रियाशील सदस्यता नविकरणका लागि विगत तीन महिनादेखि ताकेता गरे पनि उनीहरुले किन नविकरण गर्ने, के को लागि नविकरण गर्ने, नेताको झोला बोक्न क्रियाशील सदस्यता नविकर गर्नु ? निर्वाचनको बेला नेतालाई पैसा दिन सक्नेलाई केन्द्रबाट टिकट दिन्छ, बर्षौदेखि अहोरात्र खटिएका कार्यकर्ताको मूल्यांकन छैन, वास्ता छैन, नेताहरु सत्ता स्वार्थमा लिप्त भए, काँग्रेस कार्यकर्तालाई कम्युनिस्टमा भोट हाल्न निर्देशन दिन्छन्, अन्यथा कारबाहीको चेतावनी दिन्छन् अनि कसरी काँग्रेसको क्रियाशील सदस्यता नविकरण किन गर्नु ? अधिकांशको प्रश्न छ । क्रियाशील सदस्यता नविकरणका लागि नेपाली काँग्रेसले चैत्र मसान्तसम्मको समय सीमा तोकेको थियो । तर नविकरणमा नआएपछि वैसाख १५ गते सम्मको समय थपेको छ तर पनि क्रियाशील सदस्यहरुले नकिवरण गर्ने चासो देखाएका छैनन् । स्थानीय तहका अध्यक्षको भनाई अनुसार अब त्यो पार्टीमा बसेर के हुन्छ भन्दै केहीले पुरानो सक्रिय सदस्यताको काड र्नै च्यातिदिएका छन् । वडा अध्यक्षहरुले काँग्रेसको १५ औ महाधिवशेनका लागि नविकरण गर्न आग्रह गरे पनि अधिकांशले वेवास्ता गरेका छन् । कतिपय स्थानमा काँग्रेसका वडाध्यक्षहरुल सचिवलाई क्रियाशील सदस्ता नविकरणका लागि जिम्मेवारी दिएका छन तर फकाउँदा पनि नगन्य मात्रले सदस्यता नविकरण गरेका छन् । सक्रिय सदस्यता नविकरणका लागि केन्द्रले २ सय शुल्क तोकेका छ । तर स्थानीय अध्यक्ष वा सरोकारवालाहरुले आफूखुशी शुल्क लिन गरेको पाइएको छ । उनीहरुको कथन छ २ सय मध्ये १ सय ५० रुपैयाँ केन्द्रमा पठाउनुपर्छ । बाँकी रहेको ५० रुपैयाले के हुन्छ ? आफूहरुले पनि त खर्चको जोहो गर्नुप¥यो । उनीहरुले यही तर्क अगाडि सार्दै ५ सय सम्म नविकरण शुल्क आफूखुशी बनाएका छन् । दुई सय हुँदा समेत नविकरणमा चासो नदेखाएका कार्यकर्ताकरु ५ सय तिरेर नकिवरण नगर्ने पक्षमा पुगेका छन् । उनीहरु अब उप्रान्त काँग्रेसको कुनैपनि प्रकारको सदस्यता नै नलिने मनस्थितिमा देखिन्छन् । महासमिति, महाधिवेशन प्रतिनिधि, वडा अध्यक्ष, जिल्ला सभापति, प्रदेश पदाधिकारीहरुका आकांक्षीहरुले भने आफ्नो खल्तिबाट रकम हालेर केही क्रियाशील सदस्यको नविकरण गराएका छन् । केही नयाँ थप समेत गराएका छन् । त्यस्ता नयाँ थपिएकाहरुमा भिन्न राजनैतिक दलका रहेका छन् । केही रकम दिएर केवल अधिवेशन प्रयोजनका लागि मात्र त्यसरी नविकरण गरिएको
हो । विगतमा पनि यस प्रकारको धन्दा भएको थियो । मुलुकभरि नेपाली काँग्रेसका ८ लाख भन्दा बढी क्रियाशील कार्यकर्ता रहेकोमा यो संख्या यस पटक ४ लाख नाघ्न मुस्किल देखिएको लामो समयदेखि काँग्रेसमा सक्रिय रहेकाहरुको कथन छ । उनीहरुले यतिका बर्षदेखि काँग्रेस कुनै न कुनै रुपमा सत्तामा रहेको छ । पहिला–पहिला कार्यकर्तालाई दुःख पर्दा नेतृत्वले हेथ्र्यो । अब त्यो स्थिति रहेन । निर्वाचन प्रयोजनका लागि मात्र अब नेतृत्वको स्वार्थपूर्ति गर्न सकिदैन एक क्रियाशील कार्यकर्ताको कथन थियो ।