धरान । यही वैसाख २६ गते हुने नेकपा माओवादी केन्द्रमा आवद्ध किरात र लिम्बुवान मोर्चाको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्प कमल दाहालसहित अन्य केन्द्रीय नेताहरुको सहभागिता रहने जनाइएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै किरात र लिम्बुवान मोर्चामा आवद्ध नेताहरुले बताएका हुन् । सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रमुख अतिथिको रुपमा सहभागिता जनाउने हुनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड किरात र लिम्बुवान मोर्चाको वैशाख २६ गते हुने संयुक्त राष्ट्रिय सम्मेलनमा धरान आउने हुनु् भएको हो । सम्मेलनमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, आदिवासी÷जनजाति संयुक्त मोर्चाका इन्चार्ज ओनसरी घर्तिमगर, संघीय संयोजक सुरेश आले मगर, नेताहरू सुरेशकुमार राई हिमाल, दुर्गा राई उपस्थिति लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्साहाङ मेन्याङ्बाले जानकारी दिनुभयो । किराती राष्ट्रिय मोर्चाका अध्यक्ष उपाध्यक्ष अशोक राईले किरात र लिम्बुवान मोर्चाको संयुक्त सम्मेलनको उल्घाटन धरानको भानुचोकमा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन एकै साथ हुने भएको हो । उहााका अनुसार लिम्बुवान मोर्चाको सातौ र लिम्बुवान मोर्चाको सातौ सम्मेलन संयुक्त रुपमा आयोजना गर्न लागिएको हो । लिम्बुवान मोर्चाका अध्यक्ष मुक्सहाङ मेन्याङबोेले सम्मेलनको उद्घाटन संयुक्त रुपमा गरिने भएपनि बन्दसत्र भने बेग्लाबेग्लै हुने जानकारी दिनुभयो । सम्मेलनमा २० हजार भन्दा बढी किराँती र लिम्बुवान मोर्चाका प्रतिनिधि सहित पर्यवेक्षकहरुको सहभागिता हुने जनाइएको छ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको समर्थनमा हस्ताक्षर गरेको भएपनि भातृ संगठन किराती मोर्चा र लिम्बुवान मोर्चाले भने कोशी प्रदेशको नामांकनको फेरबदलका विषयलाई उठान गरेर लाने समेत सम्मेलनमा जानकारी गराइएको थियो ।
