संखुवासभा संखुवासभाको मकालु गाउँपालिका–३ स्थितमा चट्याङले लागेर १२ वटा भैंसी, ४ वटा गाई र १ वटा गोरुको मरेका छन् । बैसाख १४ गते दिउँसो वर्षा संगै परेको चट्याङले लागेर चरनमा चरिरहेको अवस्थामा स्थानिय पुष्पलाल भण्डारीको ८ वटा भैसी, एउटा गाई, प्रेम प्रसाद भण्डारीको ४ वटा भैंसी, २ वटा गाई र कृष्ण राईको एउटा गाई र एउटा गोरुमरेका हुन् । उक्त स्थानमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गएको छ । घटना स्थल हेदाङनाबाट ३५ किलोमिटर उत्तर पश्चिम तथा सदरमुकामबाट १ सय किलोमिटर टाढारहेको छ ।

झापा– १५ गते दिउँसो १२ बजे हल्दिबारी गाउँपालिका–२ का जयराम मुर्मुको गोठमा चट्याङ पर्दा गाई २ वटा, बाछी १ वटा, बाख्रा १ र पाठो १ को मरेको । भोजपुर– १५ गते राती ०२०० बजे आमचोक गाउँपालिका–३ का हरी सुवेदीको गोठमा चट्याङ पर्दा भैंसी १ वटा पाँडो १ मरेको । तेह्रथुम– १५ गते राती ०३०० बजे लालीगुँरास नगरपालिका–५ कि गिता कार्कीको ढुङगा माटोको ३ तल्ले घरमा चट्याङ पर्दा गारो चर्किएको र घरको भित्र रहेको अन्नपात, भाडा वर्तन, लत्ताकपडा पुर्ण रुपमा जलि नष्ट भएको, खोरमा रहेको २ वटा बाख्रा मरेकोे । उदयपुर– १५ गते राती ०१ः३० बजे रौतामाई गाँउपालिका– ५ का चक्र बहादुर राईको घरमा हावा हुरी संगै परेको चट्याङले लागेर ढुङगा माटो टिनको छानो भएको २ तले घर र घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन र एउटा सुंगुर समेत जली करिव ५ लाख ५० हजार बरावरको क्षेति भएको ।
