धरान । अपांग तथा असहायहरुका लागि ुसहयोगी भूमिका निर्वाह गर्दै आएको अपांग तथा असहाय केन्द्र धरानले विभिन्न सहयोगसँगै अब भने सीपमुलक तालिम दिएर पुनस्र्थापना गर्ने अभियानलाई अगाडि सारेको छ । समाजमा केही गर्न सक्ने क्षमता हुदाहुदै आर्थिक अभावका कारण सीप सिक्न नसक्ने अपांग तथा असहाय महिलाहरुलाई सीपमूलक तालिम प्रदान गर्दै समाजमा स्थापित गर्ने अभियानलाई केन्द्रले अघि सारेको हो । धरान १९ स्थित रहेको अपांग तथा असहाय केन्द्र धरान अपांग तथा सहायहरुका लागि सारथीको रुपमा स्थापित भएको छ । अपांग तथा असहायहरुलाई विभिन्न सहयोगी दाताहरुसँग समन्वय गरेर खाद्यान्न, लत्तापकडा, अपांग तथा असहाय बालबालिकालाई शैक्षिक छात्रवृत्ति, शैक्षिक सामाग्री, स्वास्थ्यपचारसँगे स्वास्थ्य वीमा लगायतका सहयोग पु¥याउँदै आएको केन्द्रले न्यून आय स्रोत भएका तथा एकल महिलाहरुलाई सीपमुलक सिलाई बुनाइ तालिम दिएर आत्मनिर्भर बनाउने कामलाई निरन्तता दिँदै आएको छ ।
केन्द्रले गरेको कामको सह्रानीय गर्दै सहयोगी हात समेत बढ्दै गएका छन् । सहयोगी हातहरु बढेकै कारण अपांग तथा असहायहरुलाई सहयोग गर्न सहज भएको केन्द्रले जनाएको छ ।
पछिल्लो समय संस्थाले सहयोगले मात्र यस्ता वर्ग आत्मनिर्भर बन्न नसक्ने बुझेपछि सीपमुलक तालिम दिने कामलाई समेत निरन्तरता दिएको छ । दुई दशक भन्दा लामो समयदेखि डिप्लोमा हेन्डिक्राफ्स सञ्चालन गर्दै आउनु भएकी र हाल यस केन्द्रको अध्यक्ष रहनु भएकी डम्बरकुमारी मास्केले अहिले अपांग तथा असहाय एकल महिलालाई १८ महिने सिलाई बुनाइको तालिम प्रदान गर्दै आउनु भएको छ । स्वाथ्यको पहुच नपुगेकाहरुलाई निःशुल्क स्वास्थ्यसेवा, आर्थिक अभावक कारण शिक्षाबाट बञ्चित भएका बालबालिकालाई छात्रवृत्ति प्रदानसँगै एक महिलाहरुलाई निःशुल्क सिलाई बुनाई तालिम प्रदान गर्दै आएको उहाँले बताउनुभयो । विगत २० बर्ष भन्दा लामो समयदेखि प्रशिक्षणको काम समेत सम्हाल्दै आउनु भएकी मास्केले सहयोगी भावनासँगै सीपमुलक तालिममार्फत आत्मनिर्भर बनाउने अभियानलाई समेत अगाडि सारिएको बताउनुभयो । अपाग तथा असहायहरुलाई सहयोग गर्नकै लागि स्थापना भएको यो केन्द्रले राज्यले गर्नुपर्ने काम गर्दै आइरहेको छ । सहयोगी मन भएकाहरुबाट स्थापना भएको यो संस्थाको कामबाट धैरैलै राहत महसुस गरेका छन् । सहयोगी भावना बोकेर अगाडि बढ्न सकेको खण्डमा जस्तोसुकै परिस्थितिम पनि सहयोग गर्न सकिने उदाहरण यो केन्द्रले प्रस्तुत गरेर देखाएको छ ।