विराटनगर । सुनसरीको दुहबी नगरपालिका–४ स्थितबाट १ सय १६ किलोग्राम गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ । बैसाख ६ गते बेलुका विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिको प्रहरी टोलीले दुहबी– ४ मालहट्टी स्थितमा चेकजाँचको क्रममा बा. ७ च ९२६३ नम्बरको मारुती कारको डिकी भित्र ४ वटा जेब्रा झोलामा १ सय १६ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न रहेका कार चालकको खोजतलास तथा अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको
छ ।
