पाँचथर । किराँत धर्मगुरु एवम् राष्ट्रिय विभूतिको स्मरणमा पाचथरको राँके बजारमा आयोजित फाल्नगुन्द साहित्य महोत्सव २०८१ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । झापा, साहित्य र सँस्कृतिका विविध आयामहरु माथि परिचर्चा गर्दै चैत्र २५ र २६ गते दुई दिन आयोजित महोत्सवको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् मुन्धुमविद् वैरागी काइला (तिलविक्रम नेम्बाङ्ग) ले भव्य समारोहबीच समुद्घाटन गर्नुभएको थियो । फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित फाल्गुनन्द गाउँपालिका, फाक्तेप पाँचथरद्वारा आयोजित महोत्वले राँके बजारलाई थप रौनकता प्रदान गरेका थियो । प्रतिष्ठानले फाल्गुनन्द साहित्य महोत्सव सम्बन्धी वृहत समय कार्यकतालका चैत्र १२ गते नै सार्वजनिक गरेको थियो । खास गरर फाल्गुनन्द गाउँपालिकाभित्र रहेका विभिन्न जातीय भाषा, साहित्य, कला, वाङ्मय, सँस्कृतिको संरक्षण एवम् प्रवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनका लागि समेत महोत्सवको आयोजना गरिएको आयाजकले बताएका छन् ।

फाल्गुनन्द गाउँपालिकामा २०८१ मंसिरमा फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानको स्थापना भएको थियो । छोटो अवधिमै महोत्सवको आयोजना गरेर प्रतिष्ठानले साहित्यनुरागीहरुको मन जितेको स्थिानीय मनकुमार लावतीले जानकारी दिनुभयो । संयोग समेत कस्तो पर्न गएको छ भने मुन्धुमविद् एवम् नेपाल प्रज्ञा प्रतष्ठानका पूर्व उपकुलपति वैरागी काइलाले नै महोत्वको उद्घाटन गर्नुभयो । काइला वि.स. १९९६ साल साउन २५ गते फाल्गुनन्द गाउँपालिकामै जन्मनु भएको थियो । यस कारण पनि प्रमुख अथितिका रुपमा जानु भएका काइलालाई राँके बजारमा विविध साँस्कृतिक झाँकीसहित नगर परिक्रममा गराउँदै नागरिक अभिनन्दन गरिएको थियो । आयोजकले सार्वजनिक गरेको तालिका अनुसार प्यानल डिस्कर्स कविता, पर्यटन, वयोवरण र साहित्य, समृद्ध फाल्गुनन्द गाउँपालिका, कृषि, पर्यटन, पूर्वाधार विकास र शिक्षा, मातृ भाषा पठनपाठनको सकस, याक्थुङ साहित्य पहिचानसँगै धर्मेन्द्र विक्रम नेम्बाङ्गको हरियो समाजवाद कार्यपत्र प्रस्तुत र एलवी नेम्बाङ्गको निवन्ध संग्रह पुस्तक विमोचन समेत गरिएको थियो । कार्यक्रमको अन्त्यमा गितकार एवम् संगीतकार डा. लोचन रिजालले सांगीतिक सुभाषण सहित संगीत प्रस्तुत गर्नुभएको थियो ।
