एकल महिलालाई सिलाई मेसिन प्रदान

धरान । विभिन्न सहयोगी दाताहरुसँग सहकार्य गरेर गरिब, असाय, अपांग बालबालिका तथा आश्रित परिवारलाई शिक्षा, स्वास्थ्य, उपचार तथा खाद्यान्न सहयोग गर्दै आएको धरानको सामाजिक संस्था अपांग तथा असहाय केन्द्रले पछिल्लो समय सहयोग संगै स्वरोजगार पनि बनाएर जीविकोपार्जन गर्न मद्धत पुग्ने खालका कार्यलाई निरन्तता दिएको छ । सोही अनुरुप केन्द्रले भोजपुरकी एकल महिला कुमारी बिकलाई सिलाई मेसिन प्रदान गरेको छ । धरानका व्यापारी एवम् समाजसेवी प्रवीण अग्रवालबाट केन्द्रले ती महिलालाई एक थान सिलाई मेसिन प्रदान गरेको हो । घर चलाउन नै समस्या भएको बेला ती महिलालाई सिलाइ बुनाई तालिम दिएर दक्ष बनाएपछि सो सिलाई मेसिन प्रदान गरिएको हो । श्रीमानको मृत्यु भएको बच्चा समेत अपांगता भएका कारण ती महिलालाई केन्द्रले नै तालिम दिएको थियो । तालिम सम्पन्न पश्चात ती महिलालाई सिलाइ मेसिन प्रदान गरिएको् थियो । सिलाई मेसिन प्राप्त गरेपछि ती महिला बोल्नै सक्नु भएन । भावविहल अवस्थामा उहाँले बोल्न नै चाहनु भएन ।

यतिमात्र हैन केन्द्रले विभिन्न दाताहरुसँग समन्वय गरेर विपन्न परिवारलाई खाद्यान्न समाग्री, चार जना बालबालिकालाई शैक्षिक सामाग्री र तीन जना विरामी बालबालिकालाई औषधि वितरण गरिएको थियो । केन्द्रले यो सँगै हालसम्म ७३ औ पटक वितरण गरिसकेको छ । सो अवसरमा कोशी प्रदे्शका सांसद रमेश बस्नेत, ८ नंं वडाका वडाध्यक्ष धनबहादुर राई, दाता अशोक अग्रवाल लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै धरान उपमहानगरपालिका वडा नं ८ का वडाध्यक्ष धनबहादुर राईले संस्थाले उदाहरणीय काम गरेका बताउदै २०८०÷०८१ को बजेटमा एक लाख रुपैया संस्थालाई दिने घोषणा गर्नुभयो । सो अवसरमा बोल्दै कोशी प्रदेशका सांसद रमेश बस्नेतले केन्द्रले विपन्न, असहाय तथा अपागहरुलाई गरेको सहयोग अतुलनीय भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले संविधानमै शिक्षा, स्वास्थ्य तथा खाद्यान्न अधिकारको पहुच सबैमा पुग्ने कुरा उल्लेख गरेको भए पनि राज्यले त्यो काम गर्न नसकेको् बताउदै राज्यले गर्न नसकेको काम संस्थामार्फत गरेको भन्दै संस्थाको प्रशंसा गर्नुभयो । सो अवसरमा केन्द्रका निर्देशक सुनिल खड्काले केन्द्रले् मात्र यस्तो सहयोग गर्न नसक्ने बताउदै यहाँ प्रदान गरिएका सामाग्रीहरु विभिन्न दाताहरुबाट सहयोग प्राप्त भएर प्रदान गरिदै आएको बताउदै सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिनुभयो । सहयोगी भावना बोकेर सञ्चालन भएको यो के्न्द्रले् हालसम्म धैरै मुटुरोगी, क्यान्सर पीडितहरुको निःशुल्क उपचारसँगै औषधि समेत वितरण गर्दै आएको छ । त्यस्तै यो संस्थाले गरिब तथा असहाय विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था, निःशुल्क शैक्षिक सामाग्रीसँगै खाद्यान्न समेत निरन्तर वितरण गर्दै आइरहेको छ । राज्यबाट गर्नुपर्ने काम केन्द्रले सहयोग जुटाएर गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया