विराटनगर । झापा, मोरङ सुनसरी र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र १७ गते प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका–११ नँया बसपार्क स्थितबाट अस्थायी प्रहरी पोष्ट नँया बसपार्कको प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन गाउँपालिका–२ की १९ बर्षीया बर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलिले झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट कमल गाउँपालिका–४ का ३८ बर्षीय संयोग बस्नेत र दमक नगरपालिका–८ का ३४ बर्षिय अंकित कार्कीलाई ९ ग्राम ७ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यसैगरी बिशेष सुचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ठ विजयपुरबाट खटिएको प्रहरीको टोलीले धरान उप–महानगरपालिका–१४ की १८ बर्षीया आकृती परियारलाई निजकै घरको कोठाबाट लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल, प्रतिबन्धित औषधी स्पास्पेन ११७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको ईनरुवा नगरपालिका–९ का ३६ बर्षीय जितेन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय लौकही सुनसरीले नियन्त्रणमा लिएको हो । यसका साथै लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले मोरङ केराबारी गाउँपालिका–६ का ३५ बर्षीय युवराज कटुवाललाई बिराटनगर महानगरपालिका–१६ स्थितबाट ३ ग्राम २५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी कोठुबाट खटिएको संयुक्त प्रहरी टोलीले बेलका नगरपालिका–८ आराङ्गा स्थित भित्रि सडक खण्डमा जेब्रा झोलामा बेबारीसे अवस्थामा राखिएको १५ किलो लागुऔषध गाँजा फेला पारी बरामद गरेको थियो ।
