धरान । मुलुकमा गणतन्त्र पश्चात एउटै अनुहारको राज्यसत्ता सञ्चालनमा हालीमुहाली, दुई वा त्यसभन्दा बढी दलको मिलीभगतमा निरन्तर सत्ता सञ्चालन, चरम आर्थिक अनियमितता, सत्ताको आडमा तस्करी, सार्वजनिक सम्पत्तिको दोहन, दैनिक हजारौ युवालाई बाध्यकारी विदेश पलायन, खरबौ वैदेशिक ऋणको बोझ भार, परिवारवाद, नातावाद जस्ता बेथितिबाट आक्रान्त लाखौ नेपाली जनता गणतन्त्रको विरुद्धमा सडका आन्दोलनमा उत्रिएका छन् । विगतमा अक्षम प्रमाणित भइसकेका, पटक पटक परीक्षण भएर निकम्बा सावित भएका दलीय नेतृत्वका कारण व्यवस्था परिवर्तन भएपनि तिनै सीमित व्यक्ति र उनीहरुका परिवारको मात्र अवस्था परिवर्तन हुँदा आम नेपाली जनता राजसंस्था, हिन्दु राज्य स्थापना, संघीयता खारेजी, भ्रष्ट नेताहरुको सम्पत्ति राष्ट्रियकरण र कारबाहीको माग गर्दै सडकमा ओर्लिएका हुन् । देशभित्र मात्र कथित गणतन्त्रवादीहरुका विरुद्धमा नेपाली जनता सडकमा उत्रिएका होइनन् । विदेशिन बाध्य पारिएका लाखौ नेपालीहरुले विदेशमा बसेर आन्दोलनलाई निष्कर्षमा पु¥याउन आवहान समेत गरेका छन् । वि.सं. २०७३ सालमा स्थापना भएको हिन्दु राष्ट्र तथा राजसंस्था पुनस्र्थापना अन्तर्राष्ट्रिय प्रवासी नेपाली संघर्ष समितिले चैत्र १० ते एक विज्ञप्ती प्रकाशित गरी त्यस्तो आवहान गरेका हुन् । उनीहरुद्वारा जारी विज्ञप्तीमा भनिएको छ श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा २०८१ फागुन ७ गते राष्ट्रको रक्षा, राष्ट्रिय एकता, सम्बृद्धि, उन्नति, प्रगति तथा नेपाली कला–सँस्कृति एवम् गौरवको प्रवद्र्धनका लागि व्यक्त गरिएको शुभकामना सन्देशलाई हामी प्रवासमा रहेका नेपालीहरुले हार्दिक स्वागत गर्दछौं र पूर्ण समर्थन जनाउँछौं ।
नेपालमा संवैधानिक राजसंस्था सहित हिन्दु, बौद्ध, किरात सभ्यताको समुचित संरक्षण सहितको राष्ट्र निर्माण गर्नका लागि सम्पूर्ण राष्ट्रवादी शक्ति, स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई–दिदीबहिनी एवम् अभिभावकहरुलाई यस ऐतिहासिक घडीमा राजसंस्थाको समर्थनमा एक जुट हुन अनुरोध गर्दछौं । साथै यो महत्वपूर्ण घडीमा देशभित्र रहेका सम्पूर्ण राष्ट्रवादी दल, अभियन्ता एवम् अग्रज महानुभावहरुलाई आपसी फुटलाई त्यागी एकताबद्ध भएर राष्ट्रहितमा अघि बढ्न विज्ञप्तीमा अपिल गर्दै देश परिवर्तनको घडीमा रहेको अवस्थामा राष्ट्रवादी शक्तिहरुलाई नैतिक, आर्थिक तथा रचनात्मक रुपमा सहयोग गर्न तत्पर रहेको् प्रतिबद्धता उनीहरुले व्यक्त गरेका छन् । त्यस्ता प्रवासी नेपालीहरुमा लिजवन पोतसगलका रमेश राज वास्तोला, बेल्जियमका सुरेन्द्रमान अमात्य, पाृतौ पोर्चुगलका दिपक खतिवडा, म्युनिख जर्मनीका गम्भीर घिमिरे, कोप हेगन डेनमार्कका गणेश खड्का, अस्ट्रेलियाका कस्तुप अधिकारी, कोपहेगन डेनमार्कका बरदान पोख्रेल, तिजवन पोर्चुगलका रुपक पाड्याल, पोर्तुगलतका छवि पौड्याल, बेल्जियमका उर्मिला चौलागाइ, ग्यासागे स्कटल्याण्ड बेलायतका सुशिल खनाल, साउदी अरबका सुरजबहादुर खड्का, ओमानका हरि गिरी, दुवईका रमेश गौतम, पोर्चुगलका जय कृण श्रेष्ठ, पोर्चिुगलका दुर्गेश थापा, दक्षिण् कोरियाका कृष्ण शाही, माल्टाका सेमिन विक्रम शाह, भारतका तेजेन्द्र कुँवर, लिजवन पार्चुगलका प्रदीप पराजुली, इन्दिरा कोइराला, साउद कोरियाका सुमन प्रधान, पोतौ पोर्चुगलका गोविन्द गौतम, लिस्वोन पोर्चुगलका पण्डित दिलिपराज धिताल, माल्टाका सुनिल थापा, लिजवन पोर्चुगलका शंकर आचार्य, क्रोसियाका हिरासिंह बोहरा, स्पेनका अर्जुनप्रसाद अधिकारी, कुवेतका तारा अर्याल लगायत रहेका छन् । विदेशमा बस्ने उनीहरुले त्यहाँ आफ्नै व्यवसाय सञ्चालन गरी सैयौलाई रोजगारी समेत दिएका छन् । अन्तर्राष्ट्रय प्रवासी नेपाली संघर्ष समितिका संस्थापन संरक्षण राजेश राज वास्तोला, संयोजक दिपक खतिवडा, सदस्य सचिव अंगत देवकोटाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीको बोधार्थ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेन, राष्ट्रिय शक्ति नेपालका संयोजक तथा अध्यक्ष किशोरबहादुर विस्ट, ऋषि प्राज्ञ डा. जगमान गुरुङ्ग, अभियन्ता रमा सिंह, राष्ट्र धर्म सँस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई, अभियन्ता एवम् बरिष्ठ अधिवक्ता स्वागत नेपाल, ऋषिकेश जंग शाह, अभिषेक जोशी र सम्पूर्ण राष्ट्रवादी संघ संस्थालाई दिइएको छ । फागुन २५ गते राजा ज्ञानेन्द्र शाह पोखराबाट राजधानी फर्कने क्रममा त्रिभुवन विमान स्थलमा स्वागतका लागि जम्मा भएका लाखौ नागरिकको जुलुस पश्चात गणतन्त्रको नाममा दलीय आडमा लुट धन्दा मच्चाएकाहरुको बर्बराहट शुरु भएको छ । अब राजसंस्था स्थापना नगरी विश्राम नलिने निर्णयमा पुगेकाहरुले चैत्र १५ गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने निर्णय गरेपछि यतिबेला सत्तासीनहरु आत्तिएका छन् । त्यसमाथि काठमाण्डौ, भक्तपुर र ललितपुरका नेवार समुदायहरुले आन्दोलनप्रति आफ्नो ऐक्यबद्धता जनाएपछि आन्दोलन निर्णायक हुने राजनैतिक विश्लेषकहरुले पूर्वानुमान गरिसकेका छन् । यसभन्दा अगाडि राजधानी बाहिर इटहरी, झापा, विर्तामोड, राजविराज, चितवन, हेटौडा, बुटवल, नेपालगञ्ज, धनगढी, दैलख, काठमाण्डौ, बैतडी, सिन्धुली लगायतका दर्जनौ स्थानमा राजसंस्था पुनस्र्थापना र हिन्दु राष्ट्रको समर्थनमा हजारौ सहभागी मोटरसाइकल ¥यालीहरु भइसकेका छन् ।