काठमाण्डौ । काँग्रेस सहितको द्विसंकु सरकारका प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियु्क्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई बर्खास्त गदै ओलीका साला शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।घिसिङ्गको बर्खास्ती र शाक्यको नियुक्तिमा काँग्रेस र एमालेका मन्त्रीहरुले समर्थन गरेका थिए । घिसिङ्गको बर्खास्त पश्चात नेपाली काँग्रेसका केही नेताहरुले आपत्ति जनाएका छन् ।
नेपाली काँग्रेसका नेता एवम् सांसद डा. शेखर कोइरालाले ट्विट गर्दै भनेका छन्–‘विनाश काले विपरीत बुद्धि’ । घिसिङ्गलाई हटाउनुको उपयुक्त कारण सरकारले दिन नसक्नु दुर्भाग्यपूर्ण हो । यसैगरि नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले घिसिङ्गलाई हँटाएर शाक्यलाई नियुक्ति गर्नु निन्दनीय कार्य भएको जनाएका छन् । शाक्यको नियुक्तिलाइ लिएर सामाजिक सञ्जालमा सरकारप्रति आम सर्वसाधारणले विषबमन समेत गरेका छन् । राजनैतिक संवेदनशीलताको वर्तमान अवस्थामा घिसिङ्गलाई हँटाएर शाक्यलाई नियुक्ति गर्नु नातावाद एवम् परिवारवादको चमोकोत्र्षको रुपमा रहेका प्रष्ट भएको भन्दै सञ्जालहरुमा आक्रोस व्यक्त गरिएको छ ।