धरान । शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधार विकासमा नेपाललाई निरन्तर सहयोग गर्दै आएको भारतले अनुदान सहयोगमा निर्माण गरिदिएको मकवानपुरस्थित जन कल्याण माध्यामिक विद्यालय भवनको एक विशेष समारोहबीच उद्घाटन गरिएको छ । नेपाल भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु ३ करोडको लागतमा निर्माण भएको उक्त विद्यालय भवनको गत बुधबार मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर धलान र नेपालस्थित भारतीय राजदुतावासका प्रथम सचिव बशिष्ट नन्दनले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । भारत सरकारको अनुदान सहयोगमा नेपाल–भारत विकास सहयोग अन्तर्गत निर्माण भएको अत्याधुनिक उक्त भवनमा विद्यार्थीका लागि चाहिने सम्पूर्ण आवश्यकीय सुविधाहरुरु रहेको भारतीय राजदुतवासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । पुस्तकालय, छात्र–छात्राको लागि छुट्टाछुट्टै ट्वाइलेट, कक्षा कोठामा आवश्यकीय फर्निचर, बैठक कक्ष, प्रशासनिक कक्ष लगायत रहेका छन् । उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) को रुपमा लिएको र सो को मकवानपुर जिल्ला समन्वय समितिमार्फत कार्यान्वयन गरिएको थियो । उक्त विद्यालय सन् १९६८ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको थियो । सन १९८५ मा उच्च माध्यामिक विद्यालयको रुपमा स्तरोन्नति गरिएको थियो । विद्यालयमा मध्यम वर्गीय र निम्न वर्गीय विद्यार्थीहरुको वाहुल्यता रहेको छ । हाल विद्यायमा ८५० जना विद्यार्थी रहेका छन् । जसमध्ये छात्राको सख्या ५४ प्रतिशत रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ । उद्घाटन समारोहमा महवानपुर जिल्लास्थित विभिन्न राजनैतिक दलका प्रतिनिधि, नेपाल सरकारका अधिकारीहरु, जिल्लास्थित प्रहरी प्रमुख, विभिन्न सामाजिक संघ संस्थामा आवद्ध सामाजिक अभियन्ताहरु, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु, विद्यालयका शिक्षक–शिक्षिकाहरु, विद्यार्थीका अभिभावक तथा स्थानीय बासिन्दाको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधनका क्रममा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले भन्नुभयो भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको विद्यालय भवनले अध्ययनरत विद्यार्थीहरुलाई अत्यन्तै ठूलो सहयोग पुगेको छ । यसका निम्ति आफ्नो तर्फबाट भरत ्रसरकारलाई धन्यवाद दिन्छु, घलानले भन्नुभयो । उहाँले भारत सरकारले नेपाली जनताका लागि पु¥याएको सहयोगको पटक पटक प्रशंसा समेत गर्नुभएको थियो । उद्घाटन समारोहमा अन्यले समेत आफ्नो मन्तव्यको क्रममा भवन निर्माणले अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने उपयुक्त वातावरण निर्माण भएको र यसले शिक्षा क्षेत्रको विकासमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ नेपाल र भारत अत्यन्तै निकटको छिमेकी भएको नाताले दुवै देशबीच व्यापक र वहुक्षेत्रीय सहकार्य निरन्तर रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको श्रीबृद्धिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको छ विज्ञप्तीमा भनिएको छ ।