६० औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस सम्पन्न

काठमाण्डौ । नेपालस्थित भारतीय राजदुतावासद्वारा चैत्र ८ गते भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइएको छ । आइटेक दिवस समरोहको प्रमुख अतिथिको रुपमा परराष्ट्रमन्त्री आरजु राणा रहनु भएको थियो भने संघीय एवम् प्रदेश सांसद, नेपाल सरकारका बरिष्ठ अधिकारीहरु, आइटेका पूर्व विद्यार्थीहरु र भारतीय शैक्षिक संस्थाका प्रख्यात नेपाली पूर्व विद्यार्थीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । आइटेकको रुपमा परिचित भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम भारत सरकारको विदेश मन्त्रालयको अग्रणी क्षमता निर्माण प्लेटफर्म हो । दुतावासद्वारा शुक्रबार जारी विज्ञप्तीका अनुसार अन्तर्राष्ट्रिय क्षमता निर्माणका लागि सबैभन्दा पुरानो संस्थागत व्यवस्थाहरु मध्ये एक रहेको आइटेक सन १९६४ मा स्थापना भएको हो । जसले १६० भन्दा बढी देशका २००००० भन्दा बढी अधिकारीहरुलाई तालिम दिएको छ । उच्च शैक्षिक संस्था र प्रशिक्षण सुविधाहरुमा उपलब्ध भारतको सुशासन र विकास सम्बन्धित विशेषज्ञताको विशाल र समृद्ध सञ्जाल निर्माण गर्दै आइटेकले प्रत्येक बर्ष भारतका एकसय भन्दा बढी प्रख्यात संस्थाहरुमा लगभग ४ सय कोर्षहरुमार्फत करिब १०००० फुल्ली–फन्डेड इन–पर्सन प्रशिक्षण अवसरहरु प्रदान गर्ने गर्दछ । कायक्रममा न्यायाधिवक्ता रमेश वडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक तथा आइटेकका पूर्व विद्यार्थी सहायक रथी पवन खत्री, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दयराम शर्माले आइटेकका सम्बन्धमा आफ्नो अनुभव र दृष्टिकोण सुनाउनु भएको थियो । यसैगरि भारतीय साँस्कृतिक सम्बन्ध परिषद्द्वारा प्रख्यात कलाकार कुलेश्वर कुमार ठाकुरको नेतृत्वमा रहेको भारतको साँस्कृतिक समूह ‘यज्ञ’ द्वारा मनमोहक मयुरमञ्च छाउ नृत्य प्रस्तुत गर्नुका साथै नेपालका प्रख्यात कानत दव दव व्याण्डद्वारा मन्त्रमुग्ध बाद्य–लोक Ïयुजन र व्याज पनि समावेश गरिएको थियो ।


सो अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउेउवाले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभव स्मरण गर्दै विकास र शिक्षाको क्षेत्रमा भारत सरकारको सहयोगको प्रशंसा गर्नुभएको थियो । यसैगरि नेपालका लागि भारतीय राजदु्त नविन श्रीवास्तवले भन्नुभयो आइटकलाई थप विस्तार गर्दै अनुकुलित कार्यक्रमहरु प्रस्तुत गर्न भारत सरकार तत्पर रहेको छ । सन् २०२४–२०२५ मा नेपालका ५१० जना पेशेवरहरुलाई भारतका विभिन्न प्रमुख सस्थानहरुमा विभिन्न कोर्षका लागि तालिम दिइएको थियो । नेपाल सरकारका २१ जना इन्जिनियरहरु आइआइटी रुड्कीमा जलस्रोत व्यवस्थापन, जन विज्ञान, सिँचाई जल व्यवस्थापन जस्ता विषयहरुमा दुई बर्षे एमटेक कोर्षमा भर्ना भएको समेत दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । सन् २०२४–२०२५ मा भारतका १० प्रमुख सस्थानहरुमा डाक्टरहरु ५० जना, सरकारी वकिलहरु ३० जना, राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपालका सदस्यहरु १५ जना, नेपाल प्रहरी १४३ जना, सशस्त्र प्रहरी बल ८० जना, गृह मन्त्रालयका २४ जना, खानेपानी मन्त्रालयका ४० जनाका लागि १८ वटा उपयोगी कोर्षहरुको समेत भारतमा व्यवस्था गरएको छ । भारत सरकारले विगत १५ बर्षमा ३००० भन्दा बढी अधिकारी हरुलाई आइटेक अन्तर्गतका तालिम दिइसकेको छ । आइटेक क्षमता निर्माणका कार्यक्रमले नेपाल र साझेदार देशहरुको मानव संसादन विकासमा सहयोगमात्र पुग्ने नभइ उनीहरुका अनुभवबाट सिकेर उक्त क्षेत्रको समग्र सामाजिक–आर्थिक लाभमा समेत सहयोग पुग्ने विश्वास जारी विज्ञप्तीमा गरिएको छ ।

तपाईको प्रतिक्रिया