स्वर्ण जयन्ति छात्रवृत्ति दिवसमा छात्रवृत्तिमा अध्ययन गरेका दुई सय विद्यार्थी सहभागी

काठमाण्डौ । भारतीय राजदुतावास काठमाण्डौद्वारा आयोजित २३ औं स्वर्ण जयन्ति समारोहमा भारत सरकारको छात्रवृत्तिमा विभिन्न विषयमा अध्ययन गरि फर्केका दुई सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । दुतावासले चैत्र ९ गते २३ औं स्वर्ण जयन्ति छात्रवृत्ति दिवस मनाएको थियो । उक्त समारोहमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा.
देवराज अधिकारी, काठमाण्डौ विश्व विद्यालयका उपकुलपति डा. अच्युत वाग्ले, राजर्षी जनक विश्व विद्यालयका उपकुलपति डा. अमर प्रसाद यादव, पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति डा. धु्रवकुमार गौतम, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र कृषि तथा वन विज्ञान विश्व विद्यालयका उपकुलपति डा. शारदा थपलियाको सहभागिता रहेको थियो । यसैगरि स्वर्ण जयन्ति समारोहमा विभिन्न शैक्षिक संस्थाका डिनहरु र प्राध्यापकहरुको समेत उपस्थिति रहेको थियो ।


सो अवरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले स्वर्ण जयन्ति छात्रवृत्ति प्राप्त गरेका दोस्रो व्याचका मेधावी विद्वानहरुलाई राजदुतको स्वर्ण जयन्ति छात्रवृत्ति रोल अफ अनर प्रदान गर्नुभएको थियो । उहाँले भन्नुभयो स्वर्ण जययन्ति छात्रवृत्ति योजनाको २३ औं व्याचका पुरकृतहरुका साथै राजदुतको रोल अफ अनरको दोस्रो संस्करणका मेधावी विद्यार्थीहरुलाई बधाई दिन्छु । उहाँले विद्यार्थीहरुलाई आ–आफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न प्रोत्साहन समेत गर्दै उहाँले भारतकोे स्टार्टअप इकोसिस्टम, इन्क्युवेशन सेन्टरहरु र अन्य सहकार्यका क्षत्रमा हुने संलग्नता मार्फत उपलब्ध हुने व्यापक अवसरमाथि प्रकाश समेत पार्नुभएको थियो । नेपाल भारत आर्थिक सहयोगको ५० बर्षको स्मरणमा सन् २००२ मा स्वर्ण जयन्ति छात्रवृत्ति स्थापना गरिएको थियो । हाल प्रत्येक बर्ष भारतमा छात्रवृत्ति प्राप्त गनेको संख्या दुई सय रहेको छ । छात्रवृत्ति योजनाबाट नेपालका ७७ वटै जिल्लाबाट नेपाली विद्यार्थीहरु लाभान्वित भएका छन् । हालका व्याचमा छात्रवृत्ति प्राप्त गर्नेहरु नेपालका ७५ जिल्लाबाट रहेका छन् जसमा एक तिहाइ छात्राको संख्या रहेको छ । साथै यस बर्ष तीन जना भिन्न क्षमता भएका विद्यार्थीहरु समेत छनौट भएका छन् । भारत सरकारले प्रत्येक बर्ष इन्जिनियरिङ्ग, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ्ग, आर्युवेद, नृत्यु, रञ्गमञ्च र प्रदर्शनकला लगायतका विभिन्न क्षेत्रहरुमा नेपाली विद्यार्थीहरुलाई १५०० छात्रवृत्ति प्रदान गर्ने गरेको छ । यस्ता छात्रवृत्तिले नेपाली विार्थीको भारतका शैक्षिक संस्थाहरुमा पहुँच पु¥याएको छ र उनीहरुलाई नेपालमा स्नातक कोर्षहरुका साथै स्नातक, स्नाकोत्तर र विद्यावारिधी कार्यक्रममा शिक्षा हासिल गर्न सहयोग पुगेको छ । सन् २००१ यता भारत सरकारको तर्फबाट नेपाली विद्यार्थीका लागि भएका विभिन्न छात्रवृत्तिबाट ४० हजार विद्यार्थी लाभान्वित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया