धरान । बास्केट बल खेलको पवद्र्धनसँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत ९ बर्ष अगाडि स्थापना भएको होराइज क्लब धरान १७ ले केही बर्ष अगाडिदेखि प्रतियोगितामा राष्ट्रिय टिमलाई समावेश गर्दै आएको छ । विगतमा सानो आकारको क्लब भए पनि अहिले यो क्लबले राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्दै आफ्नो क्लबलाई फराकिलो बनाउदै लगेको छ । नवौं हराईजन बास्केटवल रनिङ कप २०८१ श्निवारबाट शुरु भएको छ । बास्केट खेलको पवद्र्धनसँगै राष्ट्रिय खेलाडी उत्पादनमा आएको क्लबले विगतको बर्षजस्तै राष्ट्रिय तथा विभागीय टिमहरुलाई समावेश गरेर प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका पूर्व मेयर तिलक राईले गर्नुभएको थियो । सो अवसरमा बोल्दै पूर्व मेयर राईले ्रधरानले बास्केटबलबाटै खेलकुदको सहरको परिचय बनाएको बताउदै होराइजन क्लबले बास्केटल प्रतियोगिताको निरन्तर आयोजनासँगै राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएकोप्रति क्लबले बास्केटबल खेलको प्रवद्र्धनमा गरेको कार्यको प्रशंसा गर्नुभयो ।
पछिल्लो समय खेलकुदका पूर्वाधारहरु मासिदै गएको अवस्थामा स्थानीय सरकार धरान उपमहानगरपालिकाले श्री माध्यमिक विद्यालयको प्रांगरणभित्र बास्केट बल निर्माणमा सहयोग पु¥याएर यो खेललाई निरन्तरता दिन सकेको प्रति उहाँले धरान उपमहानगरपालिकालाई समेत धन्यवाद दिनुभयो । यस्तै धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सिर्जना नेपालले धरानमा पछिल्लो समय विभिन्न खेलका खेलकुदका गतिविधिहरु निरन्तर भइरहेको बताउदै यसले धरानलाई खेलकुदको सहर बनाउन मद्धत पुग्ने बताउनुभयो । उहाँले धरानमा बास्केटल, कराते, उस्सु, फुटबल, टेबुलनेनिस लगायतका खेलकुदका कार्यक्रम निरन्तर भइरहेको बताउनुभयो । उहाँले अन्य प्रतियोगितामा झै बास्केट बलमा पनि महिला सहभागितालाई बढाउनुपर्नेमा जोड दिनुभयो । श्रीभक्त राईका अध्यक्षतामा भएको प्रतियोगितामा त्रिभुवन आर्मी, विशाल मिलन केन्द्र काठमाण्डौं, धरान कालौे, मोरङ बास्केटवल संघ, झापा बास्केटवल संघ र धरान टिम (निलो) सहभागी जनाएका छन् । प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद १ लाख ५१ हजार १११ रुपैया पुरस्कार पाउनेछ भने उपविजेताले ७५ हजार रुपैया पाउनेछ । विजेता र उपविजेताको नगद पुरस्कार वृद्धि भएको पनि आयोजकले जनाएको छ । अघिल्लो सँस्करणमा प्रथम पुरस्कार १ लाख ११ हजार र उपविजेतालाई ५५ हजार पुरस्कार रहेको थियो । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार, उदयीमान खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने पनि आयोजकले जनाएको छ ।