धरान । विगत केही दिन यता मुलुकमा देखिएको व्यवस्थाप्रतिको वितृष्णा र आम सर्वसाधारण नागरिक सडकमा उत्रिएको सन्दर्भलाई नेपाली सेनासँग जोडेर सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा आएका समाचारप्रति नेपाली सेनाले विज्ञप्तीमार्पmत आफ्नो धारणा सार्वजनिक गरेको छ । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डा काठमाण्डौले चैत्र ६ गते नेपाली सेनाको अनुरोध शिर्षकमा विज्ञप्ती मार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।
नेपाली सेनाद्वारा जारी अनुरोधमा भनिएको छ, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरु पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ । विगत केही दिन यता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाइ जोडेर विभिन्न प्रकारका टिका, टिप्प्णी, धारणा र विश्लेषणहरु सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ती, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रममार्फत सार्वजनिक गर्दै आएको छ ।विज्ञप्तीमा अगाडि भनिएको छ, नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरु सम्प्रेषण गरिदिन नेपाली सेना अनुरोध गर्दछ ।