लागूऔषध सहित २ जना पक्राउ

विराटनगर । सुनसरी र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०१ गते सुनसरी धरान उप–महानगरपालिका–१४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान–४ का ४५ बर्षीय संजिव थापालाई लागू औषधी ट्रामाडोल–१२५ ट्याब्लेट र स्पास्पेन–१२५ चक्कि सहित पक्राउ गरेको छ । त्यसैगरी झापा दमक नगरपालिका–४ स्थितमा अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटीएको प्रहरी टोलिले झापा दमक –९ का ३५ बर्षीय शिव कुमार सोरेनलाई स्पाईसपेन –२० क्यापसुल लागू औषधी सहित पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया