इटहरी । स्वास्थ्यकर अर्थात हाइजेनिक सोर्मा, बिर्यानीका पारखीहरुले अब यसैका लागि अन्यत्र भौतारिनु नपर्ने भएको छ । गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको चाहना र सन्तुष्टिलाई ध्यानमा राखी गोरखा गल्लीमा सोर्मा, बिर्यानी एण्ड चाट हाउस सञ्चालनमा ल्याएको छ । पूर्वाञ्चलमै पहिलो पटक नयाँ र स्वादिष्ट प्याकेज आफना ग्राहकहरुका लागि ल्याएको गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यले बताउनुभयो । आफ्ना ग्राहकहरुको रुची र चाहनालाई ध्यानमा राखेरै यस प्रकारको प्याकेज ल्याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो दुई महिना अगाडि हामीले यो प्याकेज सञ्चालनमा ल्याएका हौं, अत्यन्तै हाइजेनिक आफ्नै आँखा अगाडि तुरुन्तै तयार पारेर दिइने भएकैले पनि यसका पारखीहरु दैनिक तीन या चार सयको संख्यामा आउने गरेको प्रबन्ध निर्देशक आचार्यको कथन छ ।
सोर्मा अक्सर गरेर खाडी मुलुकको अत्याधिक लोकप्रिय खाना हो । कुखुराको मासुलाई स्लाइस आकारमा काटेर मेसिनमा राखिन्छ । मेसिन घुम्दै जान्छ अर्कोतर्फ मासु पाक्दै जान्छ । जसलाई जति मात्रामा चाहिएको हो उसलाई सोही मात्रामा काटेर दिइन्छ । बोनलेस अर्थात हड्डी रहित मासुलाई छुरीले काटेर रोटी, पाउरोटीमा सलाद सहित दिइन्छ । बेलुका ९ बजेसम्म सञ्चालन हुने सोर्मा, बिर्यानी एण्ड चाट हाउसमा स्थानीय मात्र नभएर वाह्य ग्राहकहरुको समेत उल्लेख्य मात्रामा सवारी साधन लिएर आउने गरेको आचार्यले बताउनुभयो । आजसम्म पूर्वाञ्चलमा कहीँकतै सोर्माको व्यवसाय छैन । आफूहरुले यसलाई पहिलो पटक सञ्चालनमा ल्याएको पनि उहाँले सुनाउनुभयो । बाहिरी मुलुकमा मात्र पाइने सोर्मा गोरखा डिपार्टमेन्ट स्टोरले गोरखा गल्लीमा सञ्चालनमा ल्याएपछि यसका पारखीहरुले अचम्म मानेका छन् । यसैगरि बिर्यानी र चाटमा पनि ग्राहकहरुको भीड साँझ परेपछि अत्याधिक देखिन्छ । रु १५० मा बिर्यानी पाउँदा अत्यन्तै खुशी देखिएको डिपार्टमेन्ट स्टोरका म्यानजेर श्रीप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार यी आइटमहरु अक्सर गरेर साँझबाट ज्यादा चल्ने गरेका छन् । अरुबेला नचल्ने भन्ने होइन तर साँझपछि ग्राहकहरुको अत्याधिक भीड हुने गरेको छ । धेरै ग्राहकहरुले परिवारकालागि बिर्यानीको प्याकेज लैजाने गरेको म्यानेजर गौतमको कथन छ । उहाँले भन्नुभयो स्थानीय र वरपरका ग्राहकहरुको भीड त त्यसै पनि छँदैछ बाह्य ग्राहकहरु पनि अत्याधिक मात्रामा आउनु हुन्छ । धरान, विराटनगर, इनरुवा, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानबाट बिर्यानी र चाटको स्वादका लागि पारखीहरु आउने गरेको उहाँले सुनाउनुभयो । गोरखा गल्लीमा स्वास्थ्यकर नयाँ स्वादका सस्तो र सुलभ मूल्यका सोर्मा, बिर्यानी एण्ड चाट हाउस सञ्चालनमा आएपछि इटहरीमा समेत चहलपहल बढेको म्यानेजर गौतमले बताउनुभयो ।
गोरखा होटलको सुविधाबाट नेपाली पाहुनामात्र नभएर भारतीय पाहुना समेत औधी सन्तुष्ट
इटहरी । पूर्वाञ्चलका ग्राहकहरुका लागि पहिलो रोजाइमा रहेको इटहरी स्थित गोरखा डिपार्टमेन्ट स्टोरले तीन बर्ष अगाडि ४२ करोडको लगानीमा सञ्चालनमा ल्याएको गोरखा होटल यतिबेला नेपाली पाहुनाका लागि मात्र नभएर भारतीय पाहुनाका लागि समेत पहिलो रोजाईमा परेको छ । तारे होटलले प्रदान गर्ने सेवा सुविधाका कारण पाहुनाहरु गोरखा होटलप्रति आकर्षित भएको गोरखा होटलका म्यानेजर राजेन्द्र आचार्यको कथन छ । होटल म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गर्नुभएका आचार्यले काठमाण्डौका तारे होटल, भरतपुर, बारा लगायतका स्थानमा रहेका ख्याति प्राप्त होटलहरुमा काम गरिसक्नु भएको छ । गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालनमा ल्याएको गोरखा होटल देशका अन्यत्र रहेका तारे होटल भन्दा कम नभएको आचार्यको कथन छ । खासगरि नेपालका दुरदराज, पहाडी जिल्लाहरु, भारतको विहार, पश्चिम बंगाल, सिक्किम, आसाम, मणिपुर, उत्तरप्रदेशका पाहुनाहरुको पहिलो रोजाइ नै गोरखा होटल बन्ने गरेको छ । अधिकांश पाहुनाहरुले फोन,इमलेबाटै कोठाहरु बुक गर्ने गरेको भ्यानेजर आचार्य बताउनुहुन्छ । उहाँका अनुसार यतिबेला असाध्यै राम्रो चलेको छ होटल । एभरेजमा ७० प्रतिशत होटलका रुमहरु बुक हुने गरेका छन् । ४२ वटा कोठमा स्टान्डर्ड, डिलक्स सुपर डिलक्स र एजुकेटिव क्लब रहेका छन् । अक्सर गरेर नेपाल र भारतकै पाहुनाहरु आउने गरेका छन् । दिल्लीका पाहुनाहरु जो यहाँ भएका औद्योगिक क्षेत्रमा काम विशेषले आउनेहरु पनि धेरै छन् । घुम्न आउने टुरिष्ट प्रकारका पाहुनाहरु ३० प्रतिशत होलान् । अधिकांश कामको सिलसिलामा आउनेहरु छन् । इलाम, पाथिभरा, भेडेटार जानेहरु अधिकांश नेपाली हुन्छन् । भारतीय र नेपाली पाहुनाहरुले नेपाली थाली खाना नै खाने गरेका छन् । यसका अलावा इन्डियन खाना, चिकेनकरी, चिकेन मटन मसला, नान रोटी, विर्यानीहरु लिने गरेका छन् । खासगरि नेपाली थाली र इण्डियन खाना बढी रहेको छ । नर्मल्ली खाजाको रुपमा खानेले मम, चाउमिन लगायत लिन्छन् । उहाँ भन्नुहुन्छ होटल उत्साह जनक ढंगले चलेको छ । विगतमा कोभिडका कारण निराशजनक थियो । सात आठ वटा कोठा बुक हुन पनि गाह«ो थियो । कोभिडको प्रकोप कम भएपछि यतिबेला व्यवसाय राम्रोसँग चलेको छ । म्यानेजर आचार्यका अनुसार अलिकति यो क्षेत्रमा जनशक्तिको अभाव हुने गरेको छ । काठमाण्डौ वा व्यवस्थित सहरको जस्तो मेनपावर पाउन गाह«ो छ । काठमाण्डौमा छानी छानी मान्छे पाइन्छ । यहाँचाहिँ अलि गाह«ो छ । होटल म्यानेजमेन्ट पढेका विद्यार्थीहरु दुई चार महिना काम गर्छन् त्यसपछि विदेश जान्छन् । यद्यपि, हामीसँग जनशक्तिको अभाव छैन । पाँचतारे होटलमा काम गरेका कुक, वेटरहरु गोरखा होटलमा काम गरिरहेका छन् । हामीले खाजा, खाना, रुममा क्वालटी एकदम हाइजेनिक र सर्भिस स्ट्याण्डर दिएका छौं । पहिलो पटक बाहिरबाट आउनेहरुले सामान्य होटलका रुपमा बुझ्नुहुन्छ तर जब उहाँहरु आएर बस्नुहुन्छ त्यसपछि गोरखा होटल कस्तो रहेछ भन्ने कुरा थाहा पाउनुहुन्छ । एकपटक गोरखा होटलमा आएर बस्नु हुने अर्को पटक आउँदा अन्यत्र जानुहुन्न । राम्रो सर्भिस, क्वालिटी, सेवासुविधा पाएपछि उहाँहरु अत्यन्तै खुशी हुनुहुन्छ । उहाँहरु अर्थात पाहुनाहरु आएर बसेपछि भन्नुहुन्छ यतिको स्तरीय होटल पाइएला भन्ने सोचेको पनि थिइन ।
किचेनको बसाइको मज्जा नै बेग्लै : टाढाटाढाबाट स्वादिष्ट खाना, खाजा खान आउने गरेका छन्
पूर्वाञ्चलबासीका लागि मात्र हैन नेपालसँग सीमाना जोडिएको भारतीय नागरिकदेखि टाढा–टाढाका भारतीयहरुका लागि समेत गोरखा डिपार्टमेन्ट स्टोर अत्यन्तै विश्वासिलो ब्राण्ड बनिसकेको छ । २०८० जेष्ठ ६ गतेदेखि गोरखाले आफ्नो चौथो शाखा दमकबाट सञ्चालनमा ल्याएपछि गोरखाका ग्राहकहरुले सहजता महसुस गरेका छन् । दार्जिलिङ्गबाट स–परिवार नेपाल घुम्न आएका दिपेन तामाङ्ग सोमबार झापाको दमकस्थित चौथो तलामा रहेको गोरखा किचनमा भेटिए । वातानुकुलित एसी जडान भएको किचेनमा उनी आÏना स–परिवारका साथ अनेकौ प्रकारका भेराइटीहरुको स्वाद लिइरहेका थिए । उनीमात्र हैन सिक्किमबाट आफन्त भेट्न परिवारसहित आएका रमेश शर्मा समेत एसी र बाहिरी दृश्यको आनन्द लिँदै परिकारहरु खाँदै थिए । गोरखा डिपाटमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ, दमकस्थित डिपार्टमेन्ट स्टोरले छोटो अवधिम पूर्र्वीली ग्राहकहरुको मन जित्न सफल भएको छ । किचेनमा मात्र ग्राहकहरुको भीड हुने हैन अन्यत्र अर्थात ग्रोसरी, इलेक्ट्रोनिक्स,लत्ता कपडा, बेकरीमा समेत ग्राहकहरुको विहानैदेखि भीडभाड शुरु हुन्छ । स्टोरको चौथो शाखाको रुपमा दुई महिना अगाडि यसको शुभारम्भ हुँदा हामीले त्यति धेरै अपेक्षा गरेका थिएनौं । दुई चार महिनापछि यसले आफ्नो गति समात्ला भन्ने लागेको थियो । तर त्यस भन्दा अगावै ग्राहकहरुले असिम माया दर्शाउनु भएको छ । उहाँ भन्नुहुन्छ, यदाकदा हामीले ग्राहकलाई अब ढिलो भयो कृषि बाहिरीदिनु हुन्छ कि भनेर आग्रह समेत गर्नुपरेको छ । विहान ८ः३० बजेबाट शुरु हुने डिपार्टमेन्ट स्टेरको दैनिकी बुलुका ८ बजेसम्म चल्छ । म्यानेजर गौतम भन्नुहुन्छ, ग्राहकहरु राति ८ बजेपछि पनि त्यतिकै किनमेल र किचेनमा बस्ने गरेपछि हामीले आग्रह नै गर्नुपर्न अवस्था आउँछ । दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हाल ४ लाख ५० हजार प्रकारका सामान उपलब्ध छन् । दैनिक उपभोग्य सामानदेखि लक्जरियस समानहरु समेत स्टोरमा उपलब्ध छन् । स्वदेशी तथा विदेशी ब्राण्डका समानहरु सबै एकै थलोमा पाइने भएपछि ग्राहकले आफूलाई चाहिएको सामान खोज्न चारचौरास भैतारिनु नपर्ने, हरेक बस्तुको फिक्स मूल्य भएकोले बार्गेनिङ्गको झन्झट नहुने कम्प्युटरराइज बिलिङ्ग सिस्टम, अत्यन्तै सफा आदिका कारण ग्राहकहरु गोरखा डिपार्टमेन्ट स्टोरको चौथो शाखामा आकर्षित भएको म्यानेजर गौतमको बुझाइ छ ।