संविधानमा नेपाललाई हिन्दु राज्य कायम गराउन माग गर्दै भएको आन्दोलनमा प्रहरी हस्तक्षेप महिलामाथि अभद्र व्यवहार गरेकोप्रति डिएसपी शर्माले माफी माग्ने र झण्डा फिर्ता गर्ने सहमति

इटहरी/अब बन्ने संविधानमा नेपाललाई हिन्दु राज्य कायम गराउन माग गर्दै आन्दोलनरत हिन्दुवादीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै
राष्ट्रिय झण्डा खोसी इलाका प्रहरी कार्यालय इटहरीका डिएसपीले महिलामाथि दुव्यवहार गरेको विषयमा हिजो मंगलबार दुई बुादे सहमति भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जय शर्मा, हिन्दुवादी आन्दोलनका संयोजक राजेन्द्र पोख्रेलका बीचमा भएको वार्तामा दुई बुादे सहमति भएको हो । हिन्दुवादीहरुबाट खोसिएको राष्ट्रिय झण्डा संयोजक पोख्रेललाई फिर्ता गर्ने र दुव्र्यवहारमा परेकी इटहरी–४ की शोभा रेग्मीसमक्ष माफी माग्न डिएसपी विनोद शर्मा राजी भएपछि आन्दोलन शान्तिपूर्ण रुपमा अगाडि बढ्ने भएको छ ।
यद्यपि, आन्दोलनमा उत्रिएका हिन्दुवादीहरुले १३ गते बुधबार सोमबार प्रहरीद्वारा भएको दुव्र्यवहारका विरुद्धमा एक दिन पूर्वाञ्चल बन्दको घोषणा
गरेका छन् । सोमबार भएको शान्तिपूर्ण आन्दोलनमा हिन्दुवादीहरुले बोकेको
राष्ट्रिय झण्डा प्रहरीले खोस्दै महिलामाथि समेत दुव्र्यवहार गरेपछि आन्दोलनकारीहरुले दुई घण्टा चोकमा आवागमन बन्द
गराएका थिए । मंगलबार दुईबुदे सहमति नभएको भए आन्दोलनले अग्ररुप लिने थियो आन्दोलनमा सहभागी हरेन्द्र विष्टले भन्नुभयो । दुई बुादे सहमतिपश्चात हिजोको आन्दोलन शान्तिपूर्ण भए तापनि अन्य दिनको तुलनामा आन्दोलनमा सहभागी हुनेहरुको संख्या अत्याधिक रहेको
थियो । प्रहरी स्रोतले दिएको जानकारी अनुसार आन्दोलनले थप अप्ठेरो अवस्था सिर्जना गर्न नपओस् भनेर शान्ति
सुरक्षाका लागि सशस्त्र र जनपदका गरी झण्डै ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सोमबार हिन्दुवादीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलनकारीले प्रहरीका विरुद्ध चर्का नाराबाजी गरेका थिए । आन्दोलनमा सहभागी लक्ष्मी बस्नेत भन्नुहुन्छ, महिलामाथि दुव्र्यवहार गर्दा कृषि मन्त्री हरिप्रसाद पराजुलीलाई पदमुक्त गरिएको थियो । तर डिएसपी शर्माले महिलामाथि दुव्र्यवहार गर्दा माफी माग्ने निर्णयमात्र भएको भन्दै प्रहरीमाथि आक्रोस पोखेकी थिइन् । प्रहरीको दुव्यवहार पश्चात आन्दोलनकारीहरु समेत प्रहरीमाथि जाइ लागेका थिए । प्रदर्शनकारीहरुकै कारण सडक अवरुद्ध भएपछि उनीहरुलाई हटाउन सोमबार पनि ठूलो संख्यामा प्रहरी परिचालित गरिएको थियो । आन्दोलनकारीको सम्भावित आक्रमणलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय अगाडि पनि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।
सन्त श्रीनिवास आचार्यको नेतृत्वमा चारदिन यता इटहरीमा संविधानमा हिन्दु राष्ट्र कायम गरिनुपर्ने माग राखी
निरन्तर प्रदर्शन भइरहेको छ । केही दिन अगाडि इटहरीमा आयोजित श्रीमद् भागवत महायज्ञमा पूर्व प्रधानसेनापति रुकमांगत कटुवाल, हिन्दु राष्ट्र कायम गराउने अभियानका संयोजक कुमार बहादुर थापा, बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, पूर्वाञ्चलमा रहेका विभिन्न मठ तथा मन्दिरका मठाधीश एवम् पूजारीहरुले नेपाललाई हिन्दु राष्ट्र घोषणा नगरिए अनिष्ठ हुने, देशको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए । सो अवसरमा साधुसन्तहरुले संविधानमै हिन्दु राष्ट्र कायम गर्न एउटा हातमा सास्त्र र अर्को हातमा अस्त्र लिएर अगाडि बढ्नुपर्ने अवस्था आएको बताएका थिए ।

तपाईको प्रतिक्रिया