नारीलाई राज्यको नीति निर्माण तहसम्म पु-याउनुपर्नेमा जोड

धरान । नारीहरुमा भएको शक्तिलाई राज्यबाट सही उपयोग गर्न नसकेको ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सहभागीहरुले बताएका छन् । धरान १४ विजयपुरमा आयोजित अन्तर महिला भजन तथा नृत्य प्रतियोगिताका सहभागीहरुले यस्तो बताएका हुन् । उनीहरुले नारीलाई नीति निर्माण तहसम्म पु¥याउन आवश्यक रहेका बताएका थिए । सो अवसरमा बोल्दै धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले नारी शक्तिलाई सही रुपमा सदुपयोग गर्न राज्य चुकेको बताउनुभयो । उहाँले महिला दिवसका अवसरमा महिलाहरुभित्र आपसी सम्बन्ध विस्तार गर्दै घरेलु हिंसा, सामाजिक अपराधलाई निरुत्साहित पार्दै नारीको अधिकार सुनिश्चित गर्नका लागि नारीलाई अगाडि बढाउदै, नारीको सम्मान गर्दै जानका लागि यो दिवस मनाइएकोले यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमकी संयोजक एवम् वडा सदस्य झरना मुखियाले महिला एकजुट भएमात्र महिला अधिकार, महिला हिंसा, घरेलु हिंसा जस्ता अपराधका घट्नाहरु घट्ने बताउदै महिलाले गरेको गरेको हरेक किसिमका सफलतामा सबै महिला मिलेर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सो अवरमा बोल्दै वडा सदस्य राम तामाङले एउटा पुरुष सफल हुन महिलाको हात हुने गरेकोले महिलाको सफलतामा पुरुषले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । १४ नं. वडा समितिले आयोजना गरेको सो कार्यक्रममा वडामा रहेका महिलाहरुले भजन गीत प्रतियोगिता, नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया