धरान । धरानबाट विभिन्न कालखण्डमा बसाई सरी, रोजगारी तथा व्यवसायका लागि काठमाण्डौमा बसोबास गर्ने धरानेहरुको संगठनहरु पछिल्लो समय एक अर्काको सहयोगी बन्न थालेका छन् । धरान एकता समाजको व्यानरमा साहित्यिक गतिविधि, सामुहिक वनभोज, विश्व नारी दिवस एकसाथ मनाउनुले समेत धरानेहरुको एकतालाई थप पुष्टि गरेको छ । यसभन्दा अगाडि धरान एकता समाजको पदीय दायित्व हत्याउन एक अर्कामा आक्षेप लगाउने, छुट्टाछुट्टै संगठन खोल्ने लगायतको प्रवृत्ति रहँदै आएको कुरालाई समाजका सचिव एवम् रंगमञ्चकर्मी राजेन्द्र रिमाल स्वीकार्नु हुुन्छ ।
धरान एकता समाजको आयोजना तथा धरान सरोकार समाज, धरान शाक्य समाज, धरान मिलन केन्द्रको संयोजनमा ललितपुरको गोदावरी कुण्डमा सम्पूर्ण धरानेहरुको उपस्थितिमा वनभोजको आयोजना सम्पन्न गरेको छ । सो अवसरमा समाजका सचिव रिमालले भन्नुभयो धरानेहरुलाई अप्ठेरो परेको समयमा तत्कालै कम्तिमा एकसय जना भेला हुने परिस्थितिको निर्माण गर्न सबैमा आग्रह छ । जहिल्यै पनि, जहाँ पनि, जस्तोसुकै परिस्थिति भएपनि समाजले आवहान गरेपछि भेला हौं । बाँकी रहेका संघ संस्थाहरु आफ्ना ठाउँमा छन् । सबै संघ संस्था मिल्न सक्छौ भने एउटै व्यानरमा आवद्ध हौं । मिल्न सक्ने अवस्था नभएपनि कमसेकम हामी सबैले गरेका काममा सबैले सहयोग गरौ, सहकार्य गरौ । उहाँको जोड थियो यदि काठमाण्डौमा कसैले धरानको नाम लिएर कुनै कार्यक्रम गर्छ भने त्यो कार्यक्रम हाम्रै हो भनेर सबै सहभागी बनौं । धरानेले त्यो एकता देखाउनुपर्छ, छिन्नभिन्न भएको कहीँबाट देखिनु हुँदैन । यदि हामीले त्यो एकता बनाइरहयौ भने त्यसपछिमात्र हामी बलियो हुन्छांंै ।