बार्षिकोत्सवमा सुच्चा राईले अग्रजलाई सम्मान गरे

धरान । सुच्चा राई कल्याणकारी समाजले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजले सुच्चा राईको पहिचान तथा सँस्कृतिलाई जीवन्तता राख्न भूमिका खेलको भन्दै आफ्नो २५ औं बार्षिकोसवको अवसरमा आयोजत कार्यक्रममा दुई जना जेष्ठ नागरिक र भवन निर्माणमा सहयोग पु¥याउने एकजनालाई सम्मान गरेको हो । धरान २ भानुचौक स्थित लोकतान्त्रिक चौतारीमा २५ औं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम तथा सम्मान कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।


सम्मानति हुनेहरुमा भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका २ कटुञ्जे निवासी हाल धरान निवासी ८६ बषर््ािया गंगादेवी सुच्चा राई र भोजपुर जिल्ला वास्तिम ४ मानेडाडाका ९८ बर्षीय मेघजित सुच्चा राईलाई सम्मान गरिएको हो । समाजका केन्द्रीय अध्यक्ष विनोद राईका अनुसार जीवन कालमा सुच्चा राईको भाषा, पहिचान र संस्कृतिलाई जीवन्तता राख्न खेलेको भूमिको मूल्यांकन गर्दै उहाँहरुलाई सम्मान गरिएको बताउनुभयो । उहाँले बर्षेनी सुच्चा राईका अग्रजहरुलाई बार्षिकोत्सवको अवसरमा सम्मान गर्दै जाने जानकारी दिनुभयो । इसैगरि सुच्चा राई वहुद्देश्यीय भवन निर्माणका लागि सहयोग गर्नुहुने भोजपुर रामप्रसाद राई गाउँपालिकाका चण्डी प्रसाद सुच्चा राईलाई समेत सम्मान गरिएको छ । सोही अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ । रक्तदानमा उल्लेख्य रुपमा रगत संकलन भएको अध्यक्ष राईले जानकारी दिनुभयो । भाषा, सँस्कृति र पहिचानको मुद्धालाई युवापुस्ता सम्म पु¥याउदै सामाजिक कार्यमा समेत संलग्न गराउने उद्देश्यले गठन भएको समाजले अहिलेसम्म दर्जनभन्दा बढी सामाजिक कार्य गदै आएको छ भने प्रत्येक बर्ष बार्षिकोत्सवकै अवसरमा रक्तदान गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको नेपाल रेडक्रस सोसाइटी सुनसरीद्वारा सञ्चालित रक्त सञ्चार सेवालाई रगत अभाव हुन नदिनबाट केही सहयोग समेत पु¥याउदै आएको छ ।

तपाईको प्रतिक्रिया