धरान । प्रस्ताविक बौद्ध चारधाम पर्यटन केन्द्र मिनी लुम्बिनीको भवन (बौद्ध दाह संस्कार स्थल धार्मिक वन) मा बौद्ध समन्वय समितिको संयोजन तथा फिलिपिन्स निवासी मोम्मी मेक्कीको आर्थिक सहयोगमा सञ्चालित तीनदिने फुर्दो पूजा सम्पन्न भएको छ । आइतबारदेखि मंगलबारसम्म सञ्चालित उक्त फुर्दो पूजामा ग्रहदशा बिग्रिएका तथा शारीरिक रुपले अशक्त सैयौ व्यक्तिहरु सहभागि भएका थिए । काठमाण्डौ बौद्ध जोरपार्टीबाट आउनु भएका तान्त्रिक लामा गुरु पेमा ग्याल्बोद्वारा फुर्दो पूजा गरिएको थियो । यसै सम्बन्धमा बौद्ध समन्वय समितिका अध्यक्ष कर्ण गुरुङ्गसँग पूजा आयोजना के उद्देश्यका लागि गरिएको भन्ने सम्बन्धमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो फिलिपिन्स नागरिक मोम्मी मेक्कीको संसारका सातवटा देशमा व्यवसाय थियो । एकाएक व्यवसाय खस्कँदै गयो, घाटा भयो । त्यसरी अप्रत्यक्ष रुपमा घाटा भएपछि जसले पनि भगवान सम्झन्छ, इश्वर सम्झन्छ । अरुले बेला जेसुकै भएपनि एकले अर्कालाई तथानाम गाली गरेपनि अप्ठोरो पर्दा भगवानलाई नै सम्झन्छ । अब व्यापारलाई पुन ः कसरी सञ्चालन गर्ने भन्ने कुराको ती फिलिफिन्सीकी नागरिकलाई नेपालमा लामाहरु छन्, उहाँहरु तान्त्रिक विद्यामा भुक्तभोगी हुनुहुन्छ भनेर कसैले याङ्ग (पैसा) पूजा गर्दा फलिफाप हुन्छ भनेर सुनाइदिए । त्यसपछि त्यस्तो तान्त्रिक गुरु कहाँ हुनुहुन्छ भनेर सोधीखोजी गर्दा पेमा ग्याल्बो नेपालमा हुनुहुन्छ भन्ने पत्ता लाग्यो । उहाँले तान्त्रिक विधिद्वारा पूजा गरिदिएमा तपाईलाई फलिफाप हुन सक्छ भनिदिए । त्यसपछि उहाँ नेपालमै आएर याङ्ग (पैसा) को लागि पूजा गरिदिन आग्रह गर्नुभयो । पेमा ग्याल्बोले तान्त्रिक विधिद्वारा पूजा गरिदिनुभयो । त्यसपछि घाटाको व्यापार मुनाफा जान शुरु हुन थाल्यो । त्यसपछि गुरु र मोम्मी मेक्कीबीचमा घनिष्टता बढ्यो । मोम्मी मेक्कीका श्रीमान क्यान्सर पीडित समेत हुनुहुन्थ्या । विश्वास बढ्दै गएपछि मेरो श्रीमानलाई यस्तो समस्या छ के गर्नुपर्छ गुरु भनेर सनाउनु भएछ । गुरुले समेत एकपटक उहाँको आयुको पाठ गरिदिनुस् त्यसपछि केही हुन्छ कि ? म ठीक नै हुन्छ भनेर भन्न सक्दिनँ तर ग्रहदशा, भाग्य कतै मिल्यो भने राम्रो हुन्छ भनेर गुरुले भनिसकेपछि उहाँले आयुको साधना गरेर पूजा गरिदिनुभयो । पूजा गरिसकेपछि त्यो क्यान्सर लुप्त भयो, निको भयो । त्यसपछि उहाँले अर्थात फिलिपिन्स नागरिकले बर्षैपिच्छे धरानमा पूजा गराउन शुरु गराउनुभयो । विगतमा हिमालयन गुम्बामा पूजा गराउनुुहुन्थ्यो तर गत असारदे्खि दाह संस्कार स्थल धार्मिक वनमा गराउन शुरु गरेको हो ।
प्रेम आत्मकाको शान्तिका लागि समेत पूजा


धरान ८ को बौद्ध दाह संस्कार स्थल धार्मिक वनमा धेरै चिहानहरु छन् । अब यो स्थललाई बौद्धचार धाम बनाउदै छौं । बुद्ध जन्मिएको लुम्बिनीमा भएको, ज्ञान प्राप्त गरेको बोधगया, बुद्धले आफ्नो ज्ञान हासिल गरिसकपछि पञ्च भिक्षुहरुलाई धर्म देशना गरेका सारनाथमा र त्यसपछि ८० बर्षको उमेरमा बृद्ध भगवान परिनिर्वाण कुसीनगरमा हुनुभयो ।
अहिले धरानको बौद्ध दाह संस्कार स्थल धार्मिक वनमा कुसी नगरमा स्थापना गरिएको छ । बौद्ध दाह स्थलमा धेरै चिहान भएकोले फुर्दो पूजा त गर्नै कसरी आयोजना गर्ने भन्ने भयो । त्यसका लागि सहजै समाधान भयो । फिलपिन्सकै व्यापायारीले फुर्दो पूजाको लागि सहयोग गर्नुभयो । त्यसलाई चार धाम बनाउँदै छौ जुन मिनी कसिमको हुन्छ । मुख्य लुुम्बिनीको छ । त्यसको सानो (सानो लुम्बिनी) बनाउँदै छौ । तीन वटा भारतमा छ । बुद्धगया, सारनाथ, कुसीनगर भारतले बन्द गरिदियो भने नेपालका बौद्धमागीहरु कहाँ जाने ? त्यसैको विकल्पको रुपमा पूर्वाञ्चलमा बौद्ध चार धाम बनाउने निर्णय गरेका छौ र काम हुँदैछ । यो धार्मिक वन भएकोले् पनि कसैले रोक्ने कुरा नआउने अध्यक्ष गुरुङ्गले बताउनुभयो । उहाँले सुनाउनुभयो म सिक्किमको चार धाम गएँ तर त्यो बुद्धको चारधाम होइन रहेछ । सिक्किममा बौद्ध चार धाम छ भनेर गएँ तर त्यहाँ रहेनछ ।
समितिद्वारा सर्वसम्मत निर्णय
बौद्ध चार धाम बनाउन बौद्ध समन्वय समितिले सर्वसम्मत निर्णय गरिसकेकोले काम अगाडि बढेको छ । बौद्ध चार धाम बनाउँदा हरेक जातका पर्यटक आउँछन् । बुद्धलाई सबैले मान्छन् । बौद्ध चार धाम बनाएमा धरानको मात्र नभएर कोशी प्रदेशको पनि चार धाम हुन्छ । यसको एरिया ११.८ हेक्टर अर्थात २३ विगाह छ । २०५५ सालमा संस्था दर्ता गरेर काम अगाडि बढेको छ । तर आर्थिक अभावका कारण काम तिब्र गतिमा अगाडि बढ्न सकेको छैन । यहाँ भएका चिहानहरुलाई व्यवस्थित गर्न वनविभाग र समिति मिलेर मोहन कोइराला डेफो हुँदा सहयोग शुरु भएको हो । धरानमा गयो चिहानै चिहान छ । पूर्वको पथरी एरिया काटेपछि चिहानै चिहान छ । यसलाई निरुत्साहित गर्न बौद्धले एउटा वर्निङ्ग प्वाइन्ट बनाउने र अब उप्रान्त नयाँ चिहान नबनाउने निर्णय भयो । भएका १३७ वटा चिहानका मृत आत्मलाई कसरी संयोजन गर्ने भन्ने सवालमा गुरुङ्गसँग सल्लाह गर्दा सबैको एउटै ठूलो आत्मघर बनाउने सल्लाह दिनुभयो । एउटै सिंगो चिहान बनाउन अहिले वन विभागले सहयोग गरेको छैन । हामी चिहानलाई निरुत्साहित गरेर वन जोगाउँछौै भन्दा वन विभाग निहुँ खोजेको पनि उहाँले सुनाउनुभयो । बढ्दो चिहानलाई निरुत्साहित गर्नु आवश्यक रहेको उहाँको भनाई छ । समितिले हाल कार्ययोजना बनाइसकेका छ । नेपाल सरकारसँग आवद्धता र वन विभागसँग समितिको कार्ययोजना समेत रहेको छ । अब उप्रान्त कुनै चिहान नबनाउने र भएका चिहानलाई पनि एउटै चिहान (आत्मघर) बनाएर जग्गा जोगाउने काममा समिति लागेको छ ।
मृत आत्माहरुका लागि होमादी
हाल धार्मिकभित्र रहेको मृत आत्माको शान्तिका लागि होमादी समेत हुँदैछ । हाल सञ्चालन भएको कार्यक्रम फुर्दो फिलिपिन्सको नागरिकको सहयोगमा भएको हो । तर होमादी वौद्धिस्टहरुले आफै गर्दैछन् । मानिसमा नै ग्रह चलिरहेको हुन्छ संकट जीवमनमा आइरहछ । ठेस लाग्नु पनि संकट नै हो । लामाहरु मिनिमाइज गर्ने काम गर्नुहुन्छ । अब तान्त्रिक शक्तिद्वारा मृत आत्माको शान्तिको लागि होमादी हुन्छ । अध्यक्ष गुरुङ्गले भन्नुभयो हाल सञ्चालन भएको फुर्दो पूजामा जोसुकै सहभागी हुन सक्छ । बौद्धद्धमार्गी नै हुनुपर्ने छैन ।
ग्रहदशा जसको बिग्रेको हुन्छ उनीहरुले नौ ग्रहका लागि नौ थोकको अन्न ल्याएर एक दुई रुपैयाँ हालेर गुरुले समूहमा पढेको दिन समर्पण गर्न सक्छन् । यसमा कसैलाई रोकावट छैन । सवै जात जातिलाई शान्ति चाहिएको छ । शान्तिकै लागि गरिएको हो ।
तान्त्रिक लामागुरु पेमा ग्याल्बोद्वारा त्रान्त्रिक शत्तिध्mबाट शान्तिको पूजा

धरान । बौद्ध दाह सस्कार स्थल धार्मिक वनको बौद्ध समन्वय समितिको (प्रस्तावित बौद्ध चार धाम पर्यटन केन्द्र) को आयोजनामा काठमाण्डौ जोरपाटीबाट आउनु भएका तान्त्रिक लामा गुरु पेमा ग्याल्बोद्वारा तान्त्रिक शक्तिबाट आइतबादरदेखि शान्तिको पूजा आरम्भ भएको छ । तीनदिनसम्म चल्ने उक्त पूजा फिलिपन्स निवासी मोम्मी मेक्कीको आर्थिक सहयोगमा ग्रहदशा तथा शारीरिक रुपले अशक्त व्यक्तिहरुका लागि शान्तिको पाठ एवम् पूजा शुरु भएको हो । तीन दिनसम्म गोरखनाथ, महाकाल, कालभैरव, चण्डेश्वर लगायत सबै गह्रदशा मानिसको मृत्यु पश्चातको वायु (सिन्दे) लाई टार्ने काम एक साथ हुने भएको छ । यस सम्बन्धमा गुरु ग्याल्बोसँग सक्पर्क राख्दा उहाँले भन्नुभयो पूजामा मृत्यु भइसकेको मानिसको भड्किएको आत्मालाई मनुष्य दुनियाँमा नराख्ने गरी पूजा हुन्छ । उहाँले भन्नुभयो यो काम सिद्धि प्राप्त गरेमा लामा गुरुहरुले मात्र गर्न सक्छन् । यो काम १२–१३ बर्ष गुफा बास बसेर ध्यान गरेका रिम्पुछे लामाहरुले मात्र गर्न सक्छन् । तान्त्रिक लामा गुरु पेमा ग्याल्बाले सिन्धुपाल्चोकको हेलम्बुमा बर्षौसम्म गुफा बसेर सिद्धि प्राप्त गर्नु भएको थियो । गुरु गुन्जुम रुम्वोचे लगायतका तान्त्रिक गुरु (औतारी लामा) हरुद्वारा दिक्षित र वाङ (अधिकार) पाउनु भएका ग्याल्बोले भारतको हिमाञ्चलबाट आउनु भएका तप्चे ताम्लुङ्ग रुम्बोचेबाट समेत तान्त्रिक क्तिद्वारापूजापाठको अधिकार पाउनु भएको थियो । हाल आरम्भ भएको पूजाको मुख्य उद्देश्य के हो त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो यो जनकल्याणको लागि हो । सबैका लागि हो । फिलिपिन्सकी नागरिकीले दिनुभएको पैसाबाट यो पूजा तीदिनसम्म चल्छ । फिलिपिन्सको नागरिक फिलिपिन्समै हुनुहुन्छ । यहाँले यहाँबाट पूजा गर्दा त्यसको फल उहाँलाई कसरी प्राप्त हुन्छ त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो किन प्राप्त हुँदैन ? सबैभन्दा ठूलो कुरा विश्वास हो । सोह«ैआना उहाँलाई फल प्राप्त हुन्छ । उनीहरुका लागि यहाँ पूजा गरिेको भिडियो हरिरहेका छन्, भिडियो हेरेर दुई तीन सय परिवारका सदस्य लगायत अन्यले प्रार्थना गरिरहेका छन् । म अहिले यहाँ गोरखनाथका पूजा गर्दैछु जसले हामी पुर्वा भन्छौं । तपाईले यसमा विश्वास गर्नुभयो भने तपाईलाई पनि फल प्राप्त ुहन्छ । फल भनेको स्याउ, सुन्तला जस्तो फल होइन । तपाईले प्राप्त गर्ने फल तपाईको शरीरमा आउँछ । ग्रहदशाका कारण तपाइहरुको काम रोकिएको हुनसक्छ । तपाईहरु शनिग्रह भन्नुहुन्छ । हामी लामामा फुङ सुङ्ग हिसा भन्छन् । यसको विधि मार्कण्ड कालभैरवबाट गर्नुपर्छ । आर्शीवाद ग्रहण गर्नुपर्छ फल पाइन्छ ।
उहाँले सुनाउनुभयो फिलिपिन्स नागरिक मोम्मी मेन्कीको परिवारमा क्यान्सर रोग हुनुहुन्थ्यो । क्यान्सरको अवस्था फोर स्टेजमा पुगिसकेको थियो । मैले दुई महिना तान्त्रिक विधिद्वारा पूजा गरिदिएँपछि क्यानसर नै गायव भयो । उहाँलाई विश्वास भएरै फेरि मलाई फिलिपिन्समा बोलाएर एक महिना पूजा गर्न लगाउनुभयो । कसैको परिवारमा कुलपितृहरु बिग्रिएको छ, आत्माले सताएको छ भने मैले यहीँबाट अक्षता फुकेर फालिदिए भने आत्मा काप्दै आउँछ । मेरो अगाडि आएपछि त्यसलाई बाटो लगाइदिन्छु (सिन्दे) सबै ठीक हुन्छ । वायु सबै धर्ममा चल्छ, त्यस्ता वायुलाई बाटो लगाउने पूजा नै हो फुर्दो । हाल यहाँ त्यही पूजा भइरहेको छ ।




