धरान । धरान ८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा सातवटै फ्याकल्टीका विद्यार्थीकहरुके संस्था डेल्टा फाइभले कलेजकै प्रांगरणमा तीनदिने राष्टिूय प्राविधिक महोत्सव सम्पन्न भएको छ । प्रविधिलाई विकाससँग जोड्न आयोजना गरिएको सो महोत्सवको उद्घाटन पूर्व राष्टूपति विद्या भण्डारीले गर्नुभएको थियो । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुद्वारा विकासलाई प्रविधिसँग जोड्ने प्रयासलाई सार्थकता प्रदान गर्न विगतदेखि नै आयोजना गरिदै आएको राष्टिूय प्राविधिक महोत्सब यस बर्ष पनि सम्पन्न गरिएको हो । ‘कृषि क्षेत्रमा प्रविधिको विकास’ भन्ने मूल नाराका २० गतेसम्म २२ गतेसम्म चलेको महोत्सवमा आगन्तुक सबैलाई स्वागत गर्ने क्रममा क्याम्पसका प्रमुख इन्जिनियर काजीराम कार्कीले इन्जिनियरिङ शिक्षा मुलुको सम्बृद्धि र प्रविधिगत प्रगतिको आधारसिला भए पनि यस क्षेत्रमा धेरै चुनौतिहरु रहेको बताउनुभयो । उहाँले यस कलेजले पनि धेरै समस्या भोग्नु परेको बताउदै २०४० सालदेखि पठनपाटन भएको यो क्याम्पसका विद्यार्थीको संख्ष्या अधिक भए पनि भवनहरु जीर्ण बन्दै गएकोमात्र हैन समय समयमा हुने यस्ता कार्यक्रम आर्थिक समस्याका कारण मुस्किलले गर्न सकिएको पूर्व राष्टूपति विद्यादेवी भण्डारी समक्ष दुःखेसो पोख्नुभयो ।

कलेजको समस्याको विषयमा अगवत भएपछि पूर्व राष्टूपति भण्डारीले कृषिलाई प्राथमिकतामा राखेर विद्यार्थीहरुले बनाएका कृषि उपकरण प्रदर्शन गर्ने कार्यक्रमले सार्थकता पाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा अहिले पनि कृषि र वनसँग उत्पादित सामाग्री साढे तीन खर्बभन्दा बढी बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको बताउदै इन्जिनियरहरुले बनाएको सामाग्री लक्षित वर्गसम्म पु¥याएर फाइदा लिन सकेको खण्डमा नेपाल आफै आत्मनिर्भर बन्न सक्ने र भवन निर्माणका लागि कसैसँग मुख ताक्नुनपर्ने सुझाव दिनुभयो । उहाँले आविस्करको रुपमा रहेका इन्जिनियरिङ क्षेत्रका इन्जिनियरिङका विद्यार्थी देश निर्माणको आधार स्तम्भ भएको बताउनुभयो । १३ औं शताब्दीमा चीन गएर पेगोडा शैलीको विस्तार गर्ने अरनिको, मल्ल कालमा काठमाण्डौमा ढुंगे धारा, भूमिगत सिँचाई, मूतिकला, वास्तुकला सीप र कौशल उतार्ने पूर्वजहरुलाई सम्झता नेपालीहरुको छाती गर्वले फुल्ने बताउदै इन्जिनियरिङ क्षेत्र देशको सिर्जनात्मक क्षेत्रको रुपमा अगाडि बढाउन विद्यार्थीहरुलाई सुझाव दिनुभयो । डेल्टा फाइमका संयोजक विवेक न्यौपानेले पूर्वाञ्चल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले लगाएको राष्टिूय प्राविधिक मेलामा सबैले पु¥याएको साथ सहयोगको लागि सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्नुभयो । सो अवसरमा विद्यार्थीहरुको अथक प्रयासमा विद्यार्थीहरुले तयार पारिएका विभिनन सामाग्रीहरुको प्रदर्शन समेत गरिएको थियो । विद्यार्थीहरुले डूोन, रोवर्टदेखि सवारी साधनको समेत निर्माण गरेर सञ्चालन समेत गरे थिए । उनीहरुले महिनौदिन अहोरात्र खटेर यस्ता सामाग्री तयार पारेका थिए । मेला अवधि भर मेलामा क्याम्पसका सबै फ्याकल्टीमा प्रविधि विकाससँगै उनीहरुले बनाएको विज्ञानसम्बन्धी सामाग्रीको प्रतियोगितात्मक कार्यक्रमको रहने जनाएको छ । यो मेलाले कृषिसँगै अन्य क्षेत्रमा समेत विज्ञान प्रविधिसँग जोड्न राज्यलाई घच्घच्याउने र बढी भन्दा बढी सामाग्री प्रयोगमा ल्याएर व्यवहारिक रुपमा अगाडि बढ्ने उद्देश्य क्याम्पसका विद्यार्थी, शिक्षकहरुले लिएका छन् । यो प्राविधिक मेलामात्र एउटा मेलाको रुपमा मात्र हैन व्यवहारिक रुपमा उतार्ने योजना पनि सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
