लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर । झापा र मोरङबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २० गते झापाको झापा गाउँपालिका–४ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको साईकल यात्री कन्काई नगरपालिका–५ का ३५ बर्षीय चिरञ्जीवी भुजेल, ३८ बर्षीय सुरेश ऋषिदेवलाई १ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङको बिराटनगर–१७ स्थितबाट बा. ८५ प ४६१६ नम्बरको मोटरसाईकलमा सवार रहेका सुनसरी धरानका २८ बर्षीय रोहित लिम्बु र धनकुटा राजारानीका २६ बर्षीय दिपक लिम्बुलाई १ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया