ताप्लेजुङ, । ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–१ स्थितबाट १ नाल भरुवा बन्दुक सहित स्थानीय ४० बर्षीय बिर्खराज राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेका छन भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी नायव उपरीक्षक रबि रावल सहितको प्रहरी टोली खटिगई घर खानतलासी गर्दा घरभित्र लुकाईछिपाई राखेको अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेकोमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भरुवा बन्दुक सहित पक्राउ परेका राईको आवश्यक कानूनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।
