धरान । धरानमा शुरु भएको २५ आंै अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता. अन्तर्गत शनिवार भएको पहिलो खेलमा चर्च व्वाइज युनाइटेट फुटबल क्लब विजयी बन्दै सेमी फाइनलको यात्रा तय गरेको छ भने नेपाल पुसिल हार व्यहोर्दै पहिलो खेलबाट बाहिरिएको छ । धरान १६ रंगशालामा आयोजित प्रतियागितामा चर्च ब्वाइजले विभागीय टिम नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा स्थान पक्का गरेको हो । चर्च व्याजका तर्फबाट निर्णायक गोल ४२ औं मिनेटमा सन्तोष खत्रीले गरेका थिए । उनले अफ्रिकन खेलाडी एन्ड्रो एभिओ एमाहाको पासमा गोल गरेका थिए । गोल सँगै खत्री नै खेलको म्यान अफ द म्याच घोष्ति बनेका थिए । उनले नगद १५ हजार र प्रमाणपत्र हात पारे ।
प्रतिये्गितामा प्रथम हुने टिमलाई १० लाख, दोस्रो हुनेलाई ५ लाख, उत्कृष्ट खेलाडीलाई १ लाख, प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १५ हजार, सर्वाधिक गोलकर्ता ३५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही २५÷२५ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।


२६ गतेसम्म आयोजना हुन लागेको प्रतियोगितामा राष्ट्रिय, विभागीय टिमसँगै अन्तर्राष्ट्रिय टिम गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले गर्नुभएको थियो । धरान फुटबल क्लबको २५ औै संस्करणको अवसरमा रजत जयन्ति परेकोले सो अवसरमा केक समेत काटिएको थियो भने सशस्त्र प्रहरी, स्काउट, विद्यालयका विब्द्याथीहरुद्वारा मार्च पासको आयोजना गरिएको थियो । यस्तै विद्यालयका ८० जना विद्यार्थीहरुले सामुहिक रुपमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

