गाली खाएपछि हवाँ हवाँ
नेपालकी भ्रष्टाचारकी कुलदेवी र्याले काजीकी जोइ आरजु राणा खुब विलौना गर्न थाल्या मात्र हैनन् ह्वाँ कि ह्वाँ गर्दै गोहीको आँशु बगाउने रिर्सलमा लाग्याछिन् । झण्डै २५ बर्षसम्म र्यालेकाजीको नामबाट दायाँबायाँ गरेर लखनौ लुट मच्चाएकी राणा तिनै काजीको नामबाट यतिबेला पर–राष्ट्र मन्त्री भा’छिन् । तिनका औकातले मन्त्री हुन त सात जुनीसम्म गंगा नुहाउनु पथ्र्यो । धन्न लठौरा भए नि र्याले काजीको नेपालको राजनीतिमा हालीमुहाली चल्ने भएर तिन्ले मन्तरी हुने चान्स पाएको जगतलाई थाहा छ । पदमा बसेसी’ जन्ताले गाली गर्छन्, ढुंगा हान्छन् । नेपाली बोल्दा हदैसम्मको लज्जाबोध गर्ने राणालाई हिजोआज सामाजिक सञ्जालमा दह«ै गाली गर्न थाल्या रै’छन् । सामाजिक सञ्जालमा गालीको बर्ष हुन थालेसी’ अस्तिका दिन भक्कानिदै ह्वाँ कि ह्वाँ गरेर गाहीका आँशु बगाइछन् । पदमा बसेपछि गाली सहनुपर्छ । नत्र र्याले काजीको जुठा भाँडा माझेर बसे भइगो । कसैले वाल मतलब पनि गर्दैनन्, गाली पनि गर्दैनन् ।
सेरा देखाएर कब्जा

यो मुलुकमा ठगको कुन कमी नहुने भयो । माउवादी अध्येक्षे प्रचण्डाउका स्वकीय सचिव विकास श्रष्ठले पृथ्वीनारायण शाहको ग्रिमकालीन नुवाकोटको शेरा दरबार नै भ्याइदिएछन् । त्यत्रो ऐतिहासिक दरबार एउटा स्वकीय सचिवले भ्याइदिएछन् भने तिनका मालिकहरुले कति भ्याइदिएका होलान् ? कोही सहकारी ठग, कोही दरबारै हान्दिने ठग, कोही वाइडवडीका ठग, कोही चेज एयरका ठग, कोही लाउडाको ठग, कोही केका ठग त कोही केका ठग । मुलुकै ठगै ठगको कन्टेनर भइसक्या रै’छ । अब त दरबारै कब्जा गरी त्यहाँको जमिन प्लटिङ गरेर बेचबिखनको तयारीमा लाग्या छन् रे । एउटा सहकारी ठगले नाइँ मलाई थाहा छैन भनेझै तिनले पनि भोलि पृथ्वीनारायण शाहले नै मेरो नाममा शेरा दरबार नामसारी गर्दैका हुन् भन्न के वेर । ठगहरुले कतिञ्जले खुट्टो घुमाउने हुन् कुन्नि ?
एउटै बाघ भए पुग्छ
देशका पर्धानमन्तरी खप्रओले अस्तिका दिन मान्छे खाने माघ किन चाहियो ? १३० वटा बाघ भए पुग्छ भनेछन् । चलाख खप्रओ यहाानिरचाहिँ चुकेकै हुन् । देशमा १३० लुटेरा नरभक्षी बाघ पाल्नु भन्दा एउटै बाघ राजा भए पुग्छ । एउटै बाघ भए लुटेरा १३० बाघ सबै लापत्ता हुने थिए । कोही विदेशमा गलादेशकी आमाले शरण लिएर बसेझै बस्ने थिए, कोही फलामे घरतिर पाहुना लाग्ने थिए, कोही हार्टएट्याक भएर पशुपतितिरको यात्रामा जाने थिए ।
देशव्यापी भण्डाफोर गर्ने रे
झालेमालेका अध्येक्षे खप्रओले जोरलात्ती हानेर बाटामुन्तिर गुल्टाइएका नाममात्रका भिम रावलले अब खप्रओको देशव्यापी भण्डाफोर गर्ने रे । ती लिखुरेले के भण्डाफोर गर्छन् ? उल्टै खप्रओका अरिंगाल सेनाले चिलेर थला पर्छन् । आफू भन्दा बलियासँग कहिल्र्यै जोरी नखोज्नु भन्ने सामान्य ज्ञान समेत विचरा रावललाई जानकारी रै’नछ । पहाडसँग सिंगौरी खेल्दा सिङ पुस्किन्छ । अब जहाँ मन लागे त्यही, जतिखेर पायो त्यतिखेर, जहिले पायो त्यहीले खप्रओसँग जोरी खाजेसी यतिबेला विचराको दुवै सिङ भाँचिएका छन् । अहिले त सिङमात्र भाचिएको छ । भटामास खाएर अपानवायु छाडेझै थुतुनो अझ प्यार प्यार चलाउदै गएमा के के नाश हुनेछ । समयमै बुद्धि पु¥याएका वेश । फेरि यतिका नयाँ नयाँ पार्टीहरु खुलेका छन् । कसै न कसैले इप्लोइड गरिहाल्छन् । घण्टाघरले त सल्लाह देको माने ठीकै छ नत्र थुतुनो बाँगिएको देख्न नपरोस् ।
कृष्णेको पनि हावा खुस्केछ
मथिगंल बिग्रन–बिग्रन लागेसी’ झापाली कृष्णेलाई छलछाम बलकपट गरेर राष्ट्रिय सभाको खोरमा हुल्दिए पनि यतिबेला बकबक गर्न थाल्या छन् । लाउरेसका सकुनी भनेर चिनिएका कृुष्णे नबहुलान् पनि किन ? जहिल्यै राप्रपाका अध्येक्षे राजेन्द्र लिङ्गदेनसँग चुनाव हा¥या छ, केन्द्रमा सभापतिमा चुनाव लड्यो हा¥या छ । गुट उपगुट बनाउदै हिड्या छ । आजित भएर लाउरेसको नेतृत्वले अपर हाउसको कोठरीमा लगेर बन्द ग¥या थियो । अपिस्तका दिन तिनले भन्या देशमा जे जति विकास भा’छ सबै लाउरेसले गरेको भन्दै डिङ्ग हानेछन् । हो नि लाउरेसले कम्ता विकास ग¥यो ? भएका उद्योग धन्दा बेच्दै हसुर्र्दै, पिलने देख्नै नहुने बोरा बोकेर थाप्न पुगिहाल्ने । लाउरेसले गरेको विकासका कामको त हजार जिब्रा भएका शेष नागले पनि वर्णन गरेर सक्दैनन् ।
धोती र टोपी दिवस
पौष १७ गते माने जनवरी १ का दिन परेछ धोती र टोपी दिवस । धोति र टोपी दिवस एकै दिन संयोगले जुरेछ । तराईका नेपालीहरुले उक्त दिन धोती लगाएर धोति दिवस मनाउँछन् भने पहाडी मुलकाहरुले टोपी लगाएर टोपी दिवस मनाउँछन् । अब हेर्न बाँकी छ प्रतिष्पर्धा कत्तिको हुन्छ ? अरु देशमा बौद्धिक प्रतिष्पर्धा हुन्छ, प्रविधिको प्रतिष्पर्धा हुन्छ तर हाम्रो देशाँ अझ पनि धोती र टोपीकै प्रतिष्पर्धा चल्या छ । बुद्धि भए त्यसदिन सबैले धोती र सबैले टोपी लगाउँदा कस्का बोको के नासिन्छ ? पहाडियाहरुले मर्दा पर्दा, श्राद्ध गर्दा मात्र धोती लगाउने र तराईकाले सत्तामा जाँदामात्र टोपी भिर्ने गर्नुभन्दा एकदिन सबैले एक अर्काको भिर्दा लण्ठै साफ । अब जनवरी १ मा कति धोतीले कति टोपीका हुर्मत लिन्छन् अनि टोपीले कति धोतिको बाजा बजाउँछन् । आखिरी एक अर्काको सँस्कृतिको जो सम्मान गर्ने परम्परा छ । कि कसो हौ ?
कुण्ठाग्रस्त समूह नेपालको राजनीतिमा एउट यस्तो समूह छ जसको दिमाग चावीसै घण्टा कुण्ठाग्रस्त रहन्छ । कुण्ठाग्रस्त समूहमा सत्ताको चास्नी चाटिसकेकाहरुकै वाहुल्यता देखिन्छ । उनीहरु अर्काको कहिल्यै प्रशंसा गर्दैनन्, आलोचना गरेर आत्मरतिमा रमाउँछन् । ठीकलाई पनि बेठीक देख्छन्, बेठीकलाई ठीक देख्छन् । यो समूहमा माउवादीका अध्येक्षे प्रचण्डाउ, अराष्ट्रिय पार्टीका अध्येक्षे माकुने, सुनबुढा बामदेव गौतम, झालेमालेबाट जोर लात्ती खाएर धपाइएका भीम रावल, लाउरेसका झापाकी कृष्ण, सहकारी ठग पार्टीका स्वर्णीम वाग्ले कुण्ठाग्रस्त समूहका पदाधिकारी हुन् ।
चोर जस्तै देखिन्छ
हिजोआज सामाजिक सञ्जालमा राम्रो फोटो कसैले हाले पनि घण्टाघर त्यस्ता अनुहारलाई चोरै देख्न थाल्या छ । सापटी पैसा लगेर नतिर्ने, लगेसी’ भेटै नगर्ने, सम्पर्कमै नआउने, सधै हिडेको बाटो हिड्नै छाड्ने, घरमा पुग्दा होइसिन्न भन्न सिकाउने मान्छेले यदाकदा सामाजिक सञ्जालमा बडो राम्रो फोटो पोष्ट ग¥या हुन्छ । यस्ता फोटो देख्दा अनुहारै चोर जस्तो देखिन्छ । यस्तो धन्दामा निपूर्णहरुले कृपया राम्रो फोटो सामाजिक सञ्जालमा नपोष्ट्याए नि हुन्थ्यो । राम्रो फोटो हाल्नेका व्यहोरा नि राम्रो होस न । अनुहार राम्रो भएर के गर्नु ? यो धन्दामा यतिबेला सहकारी ठग घण्टेका छाउरा छाउरीहरु ज्यान दिएर लाग्या
छन् । दुनियाँको रकम डकारेको छ हैन हैन भनेर सडकमा उफ्रेका छन् । त्यसरी उफ्रनेमा एउटा स्याँउकुटी डाक्टर्नी, अर्की विदेशी नागरिक, अर्की खै के जाति नाम हो कुन्नि । यि त राष्ट्रिय स्तरका भए । स्थानीय स्तरकाको त नाम लिएर साध्य छैन ।
