धरान । धरान १० को मेरिल्याण्ड इङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरुलै बराहक्षेत्र नगरपालिका वडा नं. ४ मा रहेको मुसहर बस्तीका बासिन्दाहरुलाई आवश्यक सामाग्रीसहित जाडोको न्यानो कपडा वितरण गरेका छन् । सामाजिक कार्यमा अभिप्रेरित गर्न ‘द विकन’ अर्थात आशाको किरण नामक संस्था गठन गरेका विद्यार्थीहरुहरुले मुसहर बस्तीका सर्वसाधारणलाई घर घरमै पुगेर आव्रश्यक सामाग्री र न्यानो कपडा वितरण गरेको हो । ‘बाँच र बचाउ’ भन्ने नारा लिएर गठन गरिएको विद्यार्थीहरुको संस्था ‘द विकन’ वि.सं. २०७२ असोजमा गठन गरिएको हो । खाजाबाट उग्रिएको रकम द विकनले सामाजिक कार्यमा खर्च गर्ने गर्छ । यसै क्रममा संस्थाले यो बर्ष बराहक्षेत्र नगरपालिका वडा नं. ४ मा रहेको पिछडिएको वस्ती मुसहर बस्तीमा पुगेर आवश्यक सामाग्रीसँगै न्यायो कपडा वितरण गरेको हो । यसभन्दा अगाडि यही वस्तीमा खाद्यान्न समाग्री वितरण गरेको यो संस्थाले पुन सोही वस्तीमा पुगेर बस्तीका २० घर परिवारलाई ७१ पिस ब्लांकेट, जाडोमा न्याना कपडाहरु, १ सय पिस चप्पल तथा बस्तीका महिलाहरुलाई लक्षित गरी ४० पिस सेनिटरी प्याड वितरण गरिएको स्कुलका भ्वाइस प्रिन्सिपल मनोज राईले जानकारी दिनुभयो ।


यहाँका सर्वसाधारणको दैनिकी नै अत्यन्तै कष्ठकर भएको स्थानीयहरुले बताएका छन् । स्थानीय अनिता चौधरीले मुसहर बस्ती सुकुम्बासी बस्ती भएकोले यहाँका सर्वसाधारणको खेतीपाती तथा रोजगारको व्यवस्था नभएकै कारण जनजीवन कष्ट भएको बताउनुभयो । उहाँले केही दिन अगाडि ४५ घर परिवारलाई खाद्यान्न वितरण गरेर पुन ः यही वस्तीमा आएर न्यानो कपडा तथा आवश्यकीय सामाग्री वितरण गरिदिएकोमा धन्यवाद दिनुभयो । विगतदेखि नै संस्थामार्फत असहाय तथा गरिब बस्तीहरुमा विभिन्न समाग्री वितरण गर्दै आएको संस्थाले बराहक्षेत्र नगरपालिकाको मुसहर वस्तीका सर्वसाधारणको अवस्थालाई हेरेर यस बर्ष यहाँका सर्वसाधारणलाई सहयोग गरिएको द विकनकी प्रतिनिधि आयुष्मा राईले बताउनुभयो । सानै उमेरदेखि पढाइका अलवा सहयोगी भावना जागृत गराउने अभिप्रायले विद्यार्थीहरुलाई नै सहभागिता गराउने उद्देश्यले यो संस्था गठन गरिएको जनाइएको छ । संस्था गठन गरिसकेपछि खाजा खर्चबाट बचेको रकमबाट संस्था गठन भएदेखि नै यस्ता विभिन्न ठाउँमा सहयोग पु¥याउदै आएको छ । यसले पढाइसँगै विद्यार्थीहरुलाई सहयोगी भावन जागृत गराउने अपेक्षा विद्यालय परिवारले लिएको छ ।
