धरान । सरकारी स्तरबाट खेलकुदको विकास गर्ने भनिए पनि सरकारी सहयोग न्यून छ । क्लबले आफ्नै सक्रियतामा आर्थिक सहयोग जुटाएर बल्लतल्ल प्रतियोगिता गर्दै आइरहेका छन् । यसको प्रत्यक्ष उदाहरण हो धरान फुटबल क्लब । तर नयाँ कार्य समिति चयन भएसँगै अर्थिक अवस्था मजबुत बनाउदै यस बर्षको प्रतियोगितालाई स्तरीय बनाउन क्लब जुटेको छ । कोरोना तथा स्थानीय निर्वाचनका कारण दुई बर्ष प्रतियोगिता गर्न नसकेको अन्तर्राष्ट्रिय अमन्त्रण बुढासुब्बा गोल्डकपले आर्थिक अभावकै कारण २२ औं संसकारको विजेता टिमको पुरस्कार ढिला गरी दिएको थियो । यसको प्रमुख कारण खेलकुद सञ्चालन गर्ने क्लबको स्थायी स्रोत नभएर नै हो । धरानको फूटबलको जग बसाउने मात्र हैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने क्लबलाई अहिले पनि आर्थिक सहयोग जुटाएर प्रतियोगिता आयोजना गर्ने गरेको छ । यस भन्दा अगाडि अर्थात क्लबका अध्यक्ष किशोर राई हुदा निस्क्रिय रहेको अक्षयकोषलाई मजबुत बनाउदै आर्थिक अवस्था सुदृढ बनाउने क्लबले योजना अगाडि सारेको छ ।

धरानमा बुढासुब्बा गोल्डकप सञ्चालन भएको २७ बर्ष पुगेपनि दुई बर्ष कोरोना संक्रमणका कारण प्रतियोगिता हुन सकेको थिएन । अहिले प्रतियोगिताको २५ औं संस्करणमा क्लबले सिल्भर जुब्लीको रुपमा प्रतियोगिता अगाडि सारेको छ । प्रतियोगिता भव्यताका सम्पन्न गर्ने र विगतमा निस्कृय रहेको अक्षय कोषलाई सञ्चालन गर्ने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । फुटबलको जग बसाल्ने धरान फुटबल क्लबले प्रतियोगिता आयोजना गर्दा अन्य ठाउँमा प्रतियोगिता हुँदैनथ्यो, धरानको बुढासुब्बा गोल्डकपको साख सबैतिर थियो, राष्ट्रिय सँगै अन्तर्राष्ट्रिय स्तरका खेलाडी प्रतियोगितामा आउँथे, यस पटक भने त्यो प्रयास गरिएको उहाँको भनाई छ । उहाँले माघ १९ देखि २६ गतेसम्म आयोजना हुन लागेको प्रतियोगितामा राष्ट्रिय, विभागीय टिमसँगै अन्तर्राष्टिूय टिम गरी १० टिमको सहभागिता रहने जानकारी दिनुभयो ।क्लबका महासचिव नविन राईले गोल्डकपको २५ आंंंैं सस्करणलाई भव्य बनाउन तयारी थालेको बताउदै आर्थिक अवस्था मजबुत बनाउन विगतमा स्थापना भएको कोषलाई विस्तार गर्दै जाने बताउनुभयो । विगतमा धरानको खेलका लागि धरानेहरुकै सक्रियतामा अक्षय कोषमा २ लाख रकम जम्मा गरेको बताउदै यो अक्षय कोषलाई १ करोडको बनाउने बताउनुभयो । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई १० लाख, दोस्रो हुनेलाई ५ लाख, उत्कृष्ट खेलाडीलाई १ लाख, प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १५ हजार, सर्वाधिक गोलकर्ता ३५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही २५÷२५ हजार नगद र ट्रफी प्रदान गरिने भएको छ । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाइजसहित एनआरटि क्लब काठमाण्डौं, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युकेएफसी (भारत), मच्छिन्द्र क्लब काठमण्डौं, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब सहभागी हुने सम्भावित टिमहरु रहेको पनि आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न क्लबले १ करोड २ लाख २५ हजार आय हुने र ८० लाख १० हजार खर्च हुने अनुमानित बजेट समेत सार्वजनिक गरेको छ ।
