धरान । विश्व ध्यान दिवसका अवसरमा काठमाण्डौस्थित भारतीय राजदुतावासले विशेष कार्यक्रमको आयोजना गरेको छ । दुतावासले काठमाण्डौस्थित चिन्मय केन्द्रसँगको सहकार्यमा दुतावास परिषरमै पौष ६ गते ध्यान कार्यक्रमको आयोजना गरेको थियो । वैस्चिक सद्भाव प्रवद्र्धन गर्दै मानसिक स्वास्थ्यलाई बढवा दिँदै चिन्मय केन्द्रका सदस्यहरुका साथै दुतावासका पदाधिकारीहरुले ध्यान अभ्यास गर्न उक्त कार्यक्रममा सहभागीता जनाएका थिए ।


संयुक्त राष्ट्र संघले डिसेम्बर २१ अर्थात पौष ६ गतेलाई विश्व ध्यान दिवसको रुपमा मनाउने घोषणा केही दिन अगाडि गरेपछि यो पहिलो ध्यान दिवस हो । संयुक्त राष्ट्र संघले् ध्यान दिवसलाई विश्वव्यापी बनाएसँगै विश्वका १९२ वटा देशले ध्यान दिवस मनाउने बाटो खुलेको हो । पश्चिमा राष्ट्रहरुले ध्यान दिवसलाई वेवास्ता गर्दै आए पनि पूर्वीय सँस्कृतिमा रहेका भारत, नेपाल, भुटान लगायतका देशमा हजारौ बर्षदेखि योगाभ्यास हुँदै आएको छ । संयुक्त राष्ट्र संघलाई विश्व योग दिवसको मान्यता दिलाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अथक र एकल प्रयासले सम्भव भएको हो । योगको प्रारम्भ स्वामी विवेकानन्द, स्वामी दयानन्द, परमहंस योगानन्द, महर्षि महेश योगीले पछिल्लो पटक यसको प्रचार गरेका थिए । २६ सय बर्ष अगाडि नै महर्षी पतञ्जली योग, ध्यान र चेतनाका कुराहरु योगाभ्यासबाट मात्र प्राप्त हुने प्रष्ट पार्दै यसकोे सम्भव भएसम्म विश्वव्यापी प्रचार गर्नुभएको थियो । नेपालमा दिंग्लाका बेदाचार्य ज्योतिष षडानन्द अधिकारी, खप्तडबाबा, शिवपुरी बाबा, योगी नरहरी नाथले योगका बारेमा प्रचार गर्नुभएको पाइन्छ ।

