ती रास्वपाका कार्यकर्ता
सामाजिक सञ्जालमा तथानाम अरुलाई गाली गर्ने, सुन्नै नसकिने शब्द प्रयोग गर्ने, आमा, दिदी, बहिनीहरुको समेत हुर्मत लिने, अत्यन्तै निष्कट, तल्लो स्तरमा उत्रिएर अरुको मानपर्दन कसैले गरेमा त्यसको प्रोफाइल खोलेर हर्दा प्रष्ट हुन्छ । कि त्यो घण्टे पार्टीको कार्यकर्ता हुन्छ । सागसब्जी बेचेर आनासुक्का जम्मा गरेका हजारौको परिश्रम वापतको पोखरा, चितवन, बुटवल, काठमाण्डौ, विरगञ्ज लगायतका स्थानको सहकारी झ्याम्मै झ्याम्मै ठग्नेको मलद्वारलाई हरिद्वार देखेर पूजा गर्ने घण्टेका छाउराहरु यतिबेला तिल्मिाउलाउन थाल्या छन् । घण्टेले ठगेको रकमबाट कहिले पोखरा, कहिले बुटवल, कहिले विरगञ्जसम्म मासु भात खाएर आतेजाते गर्नेहरु अब के गर्दा हुन् ? घण्टे त अब गयो । हिजो आज ओइ घण्टे ओइ सहकारी ठगेको रकम खोई भन्दै दुनियाँले सामाजिक सञ्जालमा लघार्न थाल्या छन् । अति गर्नु अतिचार नगर्नु भन्ने उखानै छ । घण्टेले घाँटी हेरेर मात्र निल्या भए यो अवस्थै आउने थिएन । लहै घण्टेका छाउरा हो, समयमै लाखा पाखा लागे बेश ।
माछो देख्दा दुलामा हात

नेपाली राजनीतिका अति अवसरवादी, राजेन्द्र लिगदेनको जोरलात्ती खाएर उछिट्टिएका पद बिना टिक्नै नसक्ने राप्रपा नेपालका अध्येक्षे कमलाउले भन्या अब समय आएजस्तो छ, एक हपतामात्र आन्दोलन गरे यो व्यवस्थाको जरै उखेलिन्छ, अब यसका लागि सबै मिलौ भनेछन् । सत्तामा नपुग्दा
राजसंस्था चाहिन्छ भनेर डुक्रने, सत्तामा पुगेसी गनतन्त्र ठीक भन्दै वकालत गर्ने दुर्घन्धित काजीको भनाइमा कस्ले विश्वास गर्ने ? विश्वास गर्न लायक पनि त हुनुप¥यो । राजसंस्थाको नाममा पहिलो चुनाउमा जनताले मत देकै हुन् । तर जनताको विश्वासमाथि पानी हालेसी’ तिन्लाई कस्ले पत्याउने ? माछो देख्दा दुलामा हात हाल्ने सर्प देख्दा धाइफल तोड्न् कमलाउ प्रवृत्तिबाट दुनियाँ भलिभाँति जानकार छन्, वात करता है ।
बाउदेउको खुलासा
एकताका बडो चल्तापूर्ता, पदीय आडमा क्विन्टलका क्विन्टल सुन आयात गर्न कहिले वल्लाघरेसँग टाँसिने, कहिले पल्ला घरेसँग टाँसिने, भारतीय सेनाका भगौडा हवल्दार बाउदेउ गौतमले अस्तिका दिनचाहिँ एउटा कुरा सत्य ओकेलेछन् । सबैतिरबाट हार व्यहोरेसी’ मान्छेले सत्य कुरा ओकल्छ भन्थे हो रै’छ । देशमा गाँडतन्त्र व्यवस्था आएसी राजनैतिक दलहरुले लखनौ लुट मच्चाएको प्याक्कै बोलेछन् । भोलिका दिनमा राजसंस्था आएमा गाँडतन्त्रका मुखियाहरु कि त जेलमा कि त विदेश पलायन हुनुपर्छ रे । त्यही भएर राजसंस्था स्थापित हुनै दिनुहुदैन रे । जेहोस् बाउदेउले सत्य बताएका हुन् । अब गाँडतन्त्रको पगरी च्यात्ने बेला भएछ । कि कसो हौ ?
जनयुद्ध प्रतिबन्धित
अदालतले कहिलेकाहीँ राम्रै काम गर्दो रै’छ । सधै नराम्रो फैसला गर्नु पनि त भएन । अब हेरम न अस्तिका दिन सर्वोच्च अदालतले माओवादीहरुले कमाइ गरी खाने जनयुद्ध शब्दमाथि नै प्रतिबन्ध लगाइदिएछ । अदालतका फैसला पछि बिना पिँधको लोटा भनेर चिनिने, आयाराम गयाराम प्रवृत्तिका
बाउरामले प्याट्टै भन्दिएछन् त्यो जनयुद्ध नै थिएन रे । हात हतियार बोकेर जनतालाई धम्क्याउने, मार्ने, बैंक लुट्ने, सर्वसाधारणको हत्या गर्ने, चन्दा नदिए सिध्याइ दिने, शिक्षकलाई रुखमा बाँधेर काटी ठोकेर मार्ने, मन्दिर भत्काउने, चर्च जोगाउने, मन्दिरका पूजारीको टुप्पी काट्ने, अरुको घर जग्गा कब्जा गर्ने काम त संगठित अपराध हो । ढिलै भए नि अदालतले खास्साको निर्णय गर्देछ । अब जनयुद्धको नाम भँजाएर आफ्नो घर व्यवहार चलाउँदै आएकाहरु के गर्दा हुन् ? विचराहरुलाई फसादै प¥या छ । जनयुद्ध शब्द प्रतिबन्धित भएसी’ कामरेडहरुको नयाँ शब्द के आउला ? हेर्ने पर्ने भा’छ ।
भ्रष्टाचारकी देवीको बेइज्जत
भ्रष्टाचारको देवीको उपनामले सर्वत्र चर्चा कमाएकी र्याले काजीकी जोइलाई यसपालि दक्षिणतिरको छिमेकीले वाल दिएनछन् । डाकु न बोलाउ, लिँडे पुच्छर डोलाउ भनेझै विचरी अस्तिका दिन लुसुक्क पुगेकी थिइन । बोलाउँदै नबोलाई गएसी’ काजीकी जोइको अपमान नभएर के हुन्छ त ? राज्यको ढुकुटीमा रैदलो मच्चाएर कहिले कता हान्निएको छ । कहिले कता हान्निएको छ । फेरि डिलपारिको उत्तरीसँग राम्रै हिमचिम बढाएर आएसी’ वास्ता गर्ने कुरा पनि भएन । काम फुट्टीभाङ्ग केही गर्नु छैन अनि लुसुक्क लुसुक्क ताँती लिएर गएसी’ त्यस्तालाई मान गर्ने कुरा पनि भएन । मान न तान मै तेरी मेहमान भन्या यही हो ।
अनुहार नै फण्डा फण्डा प¥या छ
डा. निकोलस उर्फ सागर ढकालप्रति घण्टाघरको अलिकति मोह थियो । अस्तिका दिनदेखि त्यो पनि भंग भयो । नाटक गर्न र झुट बोल्न ढकाल बाजे पनि पोख्त रैै’छन् । पछिल्ला दिनमा तिनी सहकारी ठग घण्टेको पदमागमा चल्न थाल्या रै’छन् । पोखराको हिरासतमा अन्तर्राष्ट्रिय ठग घण्टे सुतेको भन्दै एउटा फोटो ढकाल बाजेले पोष्ट गरे । खटियामा सुतेको मान्छेको अनुहार घण्टेसँग मिल्दैन, घण्टे नै भएको भए टेबलमा राखिएका किताब कि नेपालीमा कि अंग्रेजीमा लेखिएका हुन्थे । तर ती किताबहरु उर्दु भाषा लेखिएका छन् । घण्टेले उर्दुका किताब त आजसम्म पढेको कसैलाई थाहा छैन । नेपालको हिरासतमा बस्नेले उर्दुमा लेखिएका किताब प्रहरीले पढाउने कुरा पनि भएन । जेहोस् निकोलसले राम्रै फण्डा गरेछन् । अखिरी सहकारी ठग घण्टेको समिपमा पुग्नेले फण्डा ग¥यो भन्दा अनौठो नमान्दा हुन्छ । त्यो फण्डै फण्डाको जमात न ठहरियो ।
फेरि गाली खाने भए
नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित, फेन्चाइन क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण अस्तिका दिन सिद्धिएको छ । जनकपुरले सुिदुरपश्चिमलाई धोवी धुलाई हानेछ । त्रिवीको खलमैदामा भएको खेल हेर्न लाखौ पुगे । कोही बुझेर पुगे, कोही नबुझी पुगे अनि कोही उलामा लाम लागेर पुगे । दर्शकहरुले बस्ने ठाउँको अभाव देखेर पर्धानमन्तरी खप्रओले आधुनिक सुविधा सम्पन्न क्रिकेट मैदान बनाइने घोषणा गरेछन् । पिण्ड खाने बेलामा बुढाले किन त्यसरी बनाइदिने घोषणा ग¥या होलान् ? दर्शककहरुल जसरी पनि हेरेकै थिए । कसैले रुखको हाँगामा बसेर हेरे, कसैले घरका छतमा गएर हेरे, कोही डिलमाथि उ्रक्लिएर हेरे । आखिरी जसरी भए नि हेर्नु त हो । अब त्यो रंगशाला बनाउन अरबौ रुपैये लाग्छ । विरोधी, जोरिपारिलाई एउटा अवसर फेरि प्राप्त हुने भयो । रंगशाला बनाउँदा खप्रओले यति लुड्यायो भनेर । जसरी चल्या थियो चल्न दिनु नि जान्ने भएर प्वाक्क किन बनाइदिन्छु भन्नु परेको जान्ने भएर ?
अन्तेमा
भ्रष्ट र तस्कहरुको निन्द्रा हराम गर्दै आएका दुर्गा प्रसाईलाई अदालतले रिहा गर्दिएछ । गाँडतन्त्रमा ठग्न, लुट्न, भ्रष्टाचार गर्न, तस्करी गर्न छुट छ तर तिनको विरोध गर्न पाइन्न । विरोध ग¥यो कि सिंहदरबारको हल्लिने कुर्सी र वाल्वाटारको सोफा डगमगाउन थाल्छ । प्रसाईले दुवैतिर बोलेरै डगमगाई दिएसी’ शाकहरुलाई पच्ने कुरै भएन । एनकेन प्रकरण दुर्गालाई जाक्नै पर्ने मन्त्रणा भयो । प्रहरीले पनि मिति केरमेट गरी गरी जाहेरी तयार पारे । अन्तमा उनलाई अँठ्याएर जाके तर अदातल छोडिदियो । अब प्रसाइ घाइते भएर आएका छन् । क–कस्को गुह्य कुरा खोल्दिने भए । यतिबेला थर्कमान छन् लाउकेहरु ।
