धरान । कम्प्युटर विज्ञानमा प्रोगामिक समस्याहरुलाई कुशलतापूर्वक समाधान गर्ने अभिप्रायले पूर्वाञ्चल इन्जिनिरिङ कलेजका विद्यार्थीहरुले ‘सिएस फाइभ जिरो एआई’ कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली विद्यार्थीहरुलाई कम्प्युटर विज्ञानको आधारभूत अवधारणासँग परिचित गराउन ‘सिएस फाइभ जिरो एक्स’ प्रोगाम यस भन्दा अगाडि सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरुले यस बर्ष भनै ‘एभभान्स प्रोगाम’ अन्तर्गत सिएस फाइभ जिरो आई प्रोगाम आयोजना गर्न लागेको हो । डाटा संरचना, एनक्याप्सुलेसन, स्रोत व्यवस्थापन, सुरक्षा सफ्टवेयर इन्जिनियरिङ, र वेब विकास जस्ता अवधारणाहरुको विकास गर्न कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका पिआर र आउटरीच लिड सुवर्ण प्याकुरेलले जानकारी दिनुभयो । यस भन्दा अगाडि वेसिक कोर्ष सम्बन्धी कार्यक्रम गरेको भएपनि यस बर्ष त्यसलाई विस्तार गर्दै एडभान्स कोर्ष सम्बन्धी कार्यक्रम गर्न लागिएको बताउनुभयो ।


उहाँका अनुसार सबै स्तरका अनुभवका समान विचारधारा भएका विद्यार्थीहरूको जीवन्त समुदायसँग कसरी संलग्न हुने भन्ने विषयमा कार्यक्रम केन्द्रित रहने उहाँका भनाई छ । गत बर्षको बेसिक कार्यक्रममा ३० जना विद्यार्थी सहभागी रहे पनि यसबर्षको एड्भान्स कार्यक्रममा कोशी प्रदेशभरिका ६० जना विद्यार्थी सहभागी रहने उहाँको भनाई छ । यस्ता कार्यक्रम काठमाण्डौमा मात्र सीमित हुनै भएकोले पहिलो पटक काठमाण्डौबाहिर एड्भान्स कार्यक्रमको आयोजना गर्न लागिएको उहाँको भनाई छ । आफ्ना साथीहरूलाई अन्तिम प्रोग्रामिङ परियोजना कसरी विकास र प्रस्तुत गर्ने भन्ने विषयमा कार्यक्रम प्रस्तुत हुने भएकोले यो कार्यक्रम अत्यन्तै लाभदायक हुने उहाँको भनाई छ । पूर्वाञ्चल इन्जिनियरिङ कलेजको स्ववियुको हलमा आयोजना हुन लागेको सो कार्यक्रमको एक हप्ताको रहने बताइएको छ । सीप विकासलाई गतिशिल बनाउँदै प्रयोगात्मक, वैज्ञानिक तथा प्राविधिक अनुभव गराउँदै सक्षम बनाउने र उद्यौगकौ लागि तयार गर्ने, विद्यार्थीहरुलाई एआइमा आधारित समाधानमार्फत वास्तविक चुनौतिहरु सम्बोधन गर्न मञ्च प्रदान गर्नको लागि कार्यक्रमको आयोजना गरिएको उनीहरुको भनाई छ । कर्यक्रम इन्स्च्यिुट अफ इन्जिनियरिङ, पूर्वाञ्चल क्याम्पस र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीको सहकार्यक्रमा हुन लागेको हो । यस्ता कार्यक्रमहरु सात वटा फेकल्टीका विद्यार्थीहरुले समय समयमा विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् । यसभन्दा अगाडि विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन सातवटै फेकल्टीको अगुवाईमा ‘डेल्टा प्रोग्राम’, एक्जिविसन लगायतका कार्यक्रम हुने गरेका छन् ।
