धरान । विदेश भ्रमणको परम्परालाई तोडेर मंसिर १७ देखि २० गतेसम्म भएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा राँगा भैसीको मासु निर्यात गर्ने सहमति अनुसार सोमबार चिनियाँ पक्ष र नेपाली पक्षबीच प्रोटोकलमा हस्ताक्षर भएको छ । राँगा भैसीको मासु चीन निर्यात गर्ने प्रोटोकलमा हस्ताक्षर गरेसँगै सुनसरीको भोक्राहामा रहेको चिनियाँ लगानीको सि–म्याम्स उद्योग सञ्चालनको बाटो खुलेको छ । राँगा भैसीको मासु प्रशोधन गरेर चीन निर्यात हुँदै आएको सि–म्याक्स उद्योगका सञ्चालक चिनियाँहरुको शंकास्पद गतिविधिका कारण प्रशासनले बन्द गराएको थियो ।
राँगा भैसीको मासु निर्यातका नाममा अवैध जडिबुटी कारोबार गर्ने, प्रशासनलाई प्रभावमा पारेर भन्सार तथा राजस्व छली गर्ने धन्दा सार्वजनिक भएपछि अन्तत ः उद्योग नै बन्द गरेर चिनियाँहरु हिडेका थिए ।
प्रधानमन्त्री ओलीको भ्रमणमा ५० समझदारीपत्रमा हस्ताक्षर
नेपालका प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा चीनसँग ५० भन्दा बढी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षर भएका बुँदाहरुमा चीन नेपाल स्वतन्त्र व्यापार सम्झौताको संयुक्त सम्भाव्यता अध्ययन गरेर रचनात्मक रुपमा अगाडि बढ्ने, सन् २०१७ मा भएको ट्रान्जिट ट्रान्सपोट सम्झौता अनुसार ट्रान्जिट यातायातमा सहकार्य गर्ने, वेल्ट एण्ड रोड परियोजनामा गरिएको समझदारी पत्रको कार्यान्वयन गर्न, बन्दरगाह, रोड, रेल्वे, उड्यान, सूचनालाई ट्रान्स हिमालय वहुआयामिक कनेक्टिभिटी नेटवर्क अन्तर्गत व्यापक बनाउने, पूर्वाधर निर्माण, उत्पादन मुलक क्षेत्रमा चिनियाँ लगानी बढाउने, नेपालका कानुन र नीतिहरुलाई सहज बनाउने, जग्गा, कर र भिषालाई चिनियाँहरुका लागि सहज बनाउने रहेको थियो । यसैगरि अन्य सम्झौताहरुमा चीनले लार्चास्थित तातोपानी फुन्टियर इन्पेक्सन स्टेशन प्रोजे्रक्ट, टिमुरे रसुवागढी स्थित फ्रन्टियर इन्सेक्सन स्टेशनको पोष्ट डिजास्टर रिकभरिमा सहयोग गर्ने, रेल्वे विभागमा चिनियाँ पक्षले प्राविधिक सहयोग गर्ने, इन्धन भण्डारणको सुविधा बढाउन सहयोग गर्ने, तेल र ग्याँसका सम्भाव्यता अध्ययनमा सघाउने, व्यापार, लगानी र पर्यटनलाई सहज बनाउने, नेपालमा चिनियाँ बैंक खोल्ने, उत्तर दक्षिण काशी करिडोरलाई विकास गर्ने, कृषि उत्पादनको भण्डारणमा सहयोग गर्ने, प्रयोगशाला र क्वारेन्टाइनको निर्माणमा सहयोग गर्ने, अन्तर्राष्ट्रिय अपराध न्यूनिकरण तथा नियन्त्रण गर्न सुपुर्दगी सन्धीमा छलफल गर्ने, सीमा सुरक्षामा सहकार्य गर्ने, सूचना र प्रविधिमा सहकार्य गर्ने, उत्तरका नाकाहरु क्रमश ः खुल्ला गर्ने, देदुङमा नेपाली महावाणिज्य दुतावास खोल्ने, मदन भण्डारी इस्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी स्थापना गर्ने, दमकस्थित नेपाल चीन फ्रेन्डसीप औद्योगिक पार्कको काम अगाडि बढाउने लगायतका रहे्का छन् ।
हिमालयन फुड र सोधाई जियान फुड बीच सम्झौता


नेपालबाट स्वास्थ्य राँगा भैसीको मासु चीनतर्फ निर्यात गर्न सोमबार हस्ताक्षर भएसँगै चिनियाँ प्रतिनिधिहिरु उपयुक्त ठाउँको खोजीमा लागिसकेका छन् ।
नेपालको हिमालयन फुड इन्टर नेशनल प्रा.लि. र सोधाई जियान फुड प्रा.लि. बीच भएको सम्झौताको समयमा कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, पशुसेवा विभागका महानिदेशक डा. उमेश दाहालसँगै नेपालस्थित चिनियाँ राजदुत छङ सोङको समेत उपस्थिति रहेको थियो । नेपाल र चीनका दुई नीजि क्षेत्रका कम्पनीबीचमा भएको सम्झौतामा मन्त्री र स्वयम् चिनियाँ राजदुतको सहभागिता रहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सि–म्याक्स उद्योगबाट प्रदूषण फैलाएको भन्दै विरोध
सुनसरीको जिल्लाको भोक्राहा गाउँपालिका वडा नं. ५ सुनसरी खोला किनारमा चिनियाँहरुले स्थापना गरेको उद्योगले प्रदूषण फैल्याएको भन्दै स्थानीयहरुले विगतमा सडक आन्दोलन नै गरेका थिए । मासुको लागि मारिएका राँगा, भैसीको हाड, मलमुत्र उद्योगले सुनसरी खोलामा जथाभावि Ïयाँक्ने गरेपछि स्थानीयहरुले कि उचित व्यवस्थापन गर्नुप¥यो हैन भने उद्योग बन्द गर्नुप¥यो भन्दै आन्दोलन गरेको स्थानीय वीरेन्द्र साहले बताउनुभयो । उहाँका अनुसार प्रोटेकलमा सम्झौता भएको भन्ने सुनेका छौं, अब बन्द सि–म्याक्स उद्योग सञ्चालन होला तर उही पुरानै प्रवृत्ति उद्योगीले अपनाए आन्दोलनको विकल्प हुँदैन उहाँले भन्नुभयो । उद्योगले फैल्याएको प्रदूषण भोक्राहाबासीले मात्र नभएर इनरुवा नगरबासीले समेत भोग्नुपरेको थियो, साहको कथन छ ।
