तेह्रथुम (आठराई) । तेह«थुम जिल्लाको आठराई गाउँपालिकाको खाम्लालुङमा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको मंसिर २१ गते शुक्रबार एक विशेष समारोहबीच शिलान्यास गरिएको छ । तेह«थुम जिल्ला निर्वाचन क्षेत्र नं. १ की प्रतिनिधि सभाकी सांसद एवम पूर्व मन्त्री सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम र भारतीय राजदुतावास काठमाण्डौका प्रथम सचिव अविनाश कुमार सिंहले स्वास्थ्य चौकी भवन निर्माणको संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । भारत सरकारको आर्थिक सहयोगमा नेपाल भारत विकास सहकार्य अन्तर्गत रु ३ करोड ५४ लाखको लागतमा उक्त स्वास्थ्य चौकी निर्माण हुने भएको हो । शिलान्यास समारोहमा विभिन्न राजनैतिक दलका प्रतिनिधि, जिल्ला अस्पताल तेह«थुमका मेडिकल सुपरिटेन्डेन्ट, विभिन्न सामाजिक संघ संस्थामा आवद्ध समाजसेवीहरु, प्रवुद्ध व्यक्तिहरु, स्थानीयहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा निर्माणाधीन स्वास्थ्य भवनमा आकस्मिक वार्ड, प्रसुती वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्पूर्ण सुविधाहरु सहित भवन २ तलाको हुनेछ । उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । तेह«थुम जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा निर्माण गरिने खाम्लालुङ स्वास्थ्य चौकी भवन पहिलो हो । उक्त परियोजनाको सुपरभिजन तथा कार्यान्व्यन आठराई गाउँपालिकाले गर्ने भएको छ ।


सो अवसरमा माननीय एवम् पूर्व मन्त्री सीता गुरुङले नेपाली जनताको आवश्यकताको पहिचान गरी भारत सरकारद्वारा निर्माण गरिन लागेको स्वास्थ्य चौकीबाट आठराराईसँगै नजिकका अन्य गाउँपालिकाका स्थानीयहरुले स्वास्थ्य लाभ लिने बताउनुभयो । दुई देशबीचको आपसी र पारस्परिक घनिष्ट सम्बन्धसँग
भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजनाबाट पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्नुभएको थियो । आगामी दिनमा थप यस्ता सामुदायिक हितका परियोजनाहरु निर्माण हुनेमा समेत विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम, भारतीय राजदुतावासका प्रथम सचिव अनिनाश कुमार सिंह, राजनीतिक दलका स्थानीय नेताहरुले समेत स्वास्थ्य चौकी निर्माण हेतु भएको शिलान्यासप्रति खुशी व्यक्त गर्नुभएको थियो । यहाँ स्मरणीय कुरा के छ भने सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अगाडि बढाएकोमा ४९० वटा त्यस्ता परियोजना निर्माण सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स, ३ सय वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये खाम्लालुङ स्वास्थ्य चौकीलाई एउटा एम्बुलेन्स प्रदान गरिएको छ । कोशी प्रदेशमा भारतीय राजदुतावासद्वारा १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कुलबस प्रदान गरिएको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
