फोहोरी झालेमाले
नेकपा झालेमाले साह«ै फोहोरी पार्टी रै’छ । अस्तिका दिन त्यसका नन्दीभृंगी, भूतप्रेत, पिसाचले काठमाण्डौको दरबारमार्गमा सात आठ घण्टाको अवधिमा गरेको फोहोर देखेर बालेनमात्र होइन दुनियाँ चित खाएका छन् । नखाऊन् पनि कसरी ? सात–आठ घण्टामा ५–७ ट्रक नै फोहोर पारेछन् । रात दिन बढारकुँडार गरेर चिटिक्क पारेको दरबारमार्ग दिनदहाडै त्यसरी फोहोर पार्दा बालेनको मन कुटुक्क नखाने कुरै भएन । दरबारमार्ग झालेमालेको बपौति त हैन क्यारे ? दुनियाँ सवारी साधन जाम गराएर सडकमा त्यसरी तमासा देखाउन पाइन्छ ? सात आठ घण्टामा दरबारमार्गमा त्यत्रो फोहार गर्न सक्नेले ठोकतन्त्र र गलगाँडतन्त्र आएको पैत्तीस बर्षमा देशका कति फोहोर पा¥या होलान् ? बालुवाटारमा पसारिएर सिंहदरबारमा हल्लिने खप्रओको त यो चाल छ । जो अगुवा उही बाटो विस्ट्याउने परेसी’ फुइøयाँको मुलुक बन्छ ?
झालेमाले विरुद्ध लाग्या छन् रे
झालेमालेका मासचिव शंकर पोख्रेलले भन्या बालेन साह झालेमालेका विरुद्धमा लाग्या छन् रे । घण्टाघरलाई तिनका मन्द बुद्धि देखेर दया लाग्न थाल्या छ । देश नै हाँक्ने ठाउँमा बस्या झालेमालका मासचिवले बालेनलाई हाउगुजी नै देख्या रै’छन् । जथाभावि सडकमा विस्टाउँदै हिड्ने अनि बालेनले एक लाख रुपैया विस्टाएवापत जरिवाना गर्दा तिनलाई औडाहा भएछन् । बालेन झालेमालेले जथाभावि सडकमा विस्ट्एको सफा गर्न बस्या हुन् र ? थोडी तो सरम करो । फोहोर गर्ने झालेमालेले कमसेकम आफैले झाडु बडारु गर्नु पर्दैैन ? महानगरले गाडी पठाएन रे । हैन हौ झालेमालेले कता कता विस्टउँदै हिँड्छ बालेन सफा गर्दिन पछि पछि लाग्नु पर्ने हो ? एक लाख जरिवानाको पत्र पठाएपछि पोख्रेलको कञ्चट तातिएछ । दुनियाँदारी दायाँबायाँ गरेको ढेउवा छँदैछ थपक्क तिर्नु नि । वित्थामा राँडे रुवाई गरेर किन कोकोहोलो मच्चाउनु ? वात करता है ।
मर्ने बेलामा कमिलाको…
मर्ने बेलामा कमिला माने छिचिमिराको प्वाँख पलाउँछ भन्थे हो रै’छ । देश सञ्चालन गर्ने कुर्सीमा बसेर शक्ति प्रदर्शनको हुटहुटीले झालेमालेलाई व्यापार घाटा भएको छ । बडो धक्कु लगाउथे एक लाख मान्छे उतार्छौ भनेर विचराहरुले भनसुन गरेर, बिन्तिभाउ गरेर, तानतुन गरेर ७–८ हजार सम्म बटुलेछन् । लाजको पसारो । अबचाहिँ झालेमाले रित्तिनै लागेछ कि क्या हो ? बरु राप्रपाले सुदुर पश्चिममा गरेको शक्ति प्रदर्शनमा एक लाख भन्दा बढी ग्वारगर्ती आएछन् । वक्त वक्तकी वात है । पहिला झालेमालको आमसभा, शक्ति प्रदर्शनमा तछाडमैछाड भएर दगुर्थे अबचाहिँ पिछवारा देखाउन थालेछन्, क्या वात ।
घण्टाकर्णहरुको धन्दा
यतिबेला नेपालमा घण्टाकर्णहरुको जगजगी छ । मुलुकभरिकै सहकारी ठगेर नाइ मलाई थाहा छैन भन्ने, बैंकहरु ठगेर नाई मलाई थाहा छैन भन्ने, संगठित अवराध गरेर नाई मलाई थाहा छैन भन्ने, दुई दुई वटा नागरिकता र पासपोर्ट बोकेर नाइ मलाई थाहा छैन भन्ने घण्टेका घण्टाकर्णहरुले यतिबेला सामाजिक सञ्जाललाई अस्लिल र असभ्य गालीको सञ्जाल बनाएका छन् । घण्टाकर्णहरु यतिविघ्न अन्धभक्त किन बनेका होलान् ? अझ एक पटक मन्तरी समेत भैसकेका गन्हाउने अनुहार परेका एक जना सांसदले त संसद भवनमै यो गणतन्त्र नभएर गेडा तन्त्र नै भनेर फलाके । अर्की कार्की थरकी अगाडि डा. लेख्ने हुइपाले त थुतुनो खुल्ला छोडेकी छन् । तिनका थुतुनोबाट ह्वार ह्वारर्ती गाली मात्र बहन्छ । जे होस् घण्टाकर्णहरुले घण्टेको मलद्वारलाई हरिद्वार नै देख्या रै’छन् ।
उपिन्दर माकुने बेपत्ता
जता मल्खु उतै ढल्कु प्रवृत्तिका नेपाली राजनीतिका दुई खलपात्र उपिन्दर जादव र माकुने बेपत्ता भा’छन । यी दुवैका गन्हाउने अनुहार कहीँ देख्नै छाडियो । हुन त यीनलाई के गाली गर्नु ? यी दुवैको धन्दामा यतिबेला मन्दी आएको छ । जादव विदेश भ्रमणमा छँदै यता पद खुस्किएपछि लापत्ता भा’थे भने माकुनेचाहिँ प्रचण्डाउलाई वाल्वाटार सिंहदरबारबाट घोक्रेठ्याक लगाएपछि बेपत्ता भा’ हुन् । एकताका यी दुवैका सानो चुरीफुरी थिएन । आफूहरु बिना नेपालमा सरकारै बन्दैन जस्तो गर्थे, रोजेर मन्त्रलाय लिन्थे, छानेर राजदुत नियुक्तिमा भागबण्डा पाउँथे । जनगजगी नै थियो । कहिले सासूको पालो कहिले बुहारीको पालो भन्थे हो रै’छ । अब यी दुवै कौन पुछेगा खेसरीके दाल भएका छन् ।
हात्तीको बथान जस्तो हो रे
पर्धानमन्तरीले आफ्ना नन्दीभृंगीहरुलई अस्तिका दिन गज्जबसँग पाठ पढाएछन् । झालेमाले भन्या हात्ती हो रे । हात्तीलाई तर्साउन केही मानिसहरु नाङ्लो ठटाएर तर्साउन खोज्दैछन् रे । जसले गल्ति ग¥या छ उसले नाङ्लो ठटाएर तर्साउन खोज्दा झालेमाले ज्यान गए नि तर्सन्दैन रे । अहिले कम्बोडियाको ध्वाँस पिट्दै हिँड्ने्हरुले ४ घाटमा पुगिने कम्बोडियाबाट प्रमाण ल्याउन चुनँौति समेत दिएछन् । उनले कम्बोडिया जाने बाटोसमेत दे्खाइदिएछन् । अब नाङलो ठटाउनेहरु के गर्दा हुन् ? कम्बोडियातिर को को जान्छन् होला ? जेहोस् यतिबेला मुलुकाँ रमाइलो चल्या छ । सत्तापक्षे र दशी प्रमाणको आधारमा अठ्याइएकाहरु वीचमा दन्तबझान चल्या छन् । दन्तबझानको खेति फस्टाउदै जाँदा अधिकांश ट्वाल्ल परेर हे¥याहे¥यै
छन् ।
कहिले अठ्याउछन् ?
लाउरेसका धनराज गुरुङलाई सहकारी ठगीमा अँठ्याउने साइत अझै नजुरेको देख्या घण्टाघर चकित भा’छ । साइत नजुरेको हो कि न अँठ्याएको हो बुझ्न भने् गाह«ो छैन । जिसके हातमे लाठी उसिका भैँस भन्ने भारु उखान त सबैलाई कहीरहनु पर्दैन क्यारे । वात स्पष्ट छ यतिखेर लाउरेस र झालेमालेको खिचडी सरकार छ । सरकार नै आफ्नो भा’बेलामा अँठ्याउन कौन माइका लालके ताकत । हिजो घण्टे पार्टीका अध्यक्षे मन्तरी हुँदा पनि त्यही भा’थ्यो । प्रहरीलाई नि साह«ै टेन्सिन छ । नअँठ्याउ अदालतको आदेश छ अँठ्याउ आफ्नै जागिर धरापमा पर्ला भन्ने त्रास । गुरुङमात्र नभएर झालेमालका नेता ऋषिकेश पोख्रेल नि निर्धक्कसँग हिडिरा’छन् । लौन खप्रओ बा’ यी दुईलाई डामेर छोड्या त हैन होला ? यी दुई मनुवा कानुनभन्दा माथिका पनि हैनन् होला ? आगे खप्रओ बा’कै मर्जी ।
अन्तेमा
जथाभावि विष्टा गरेका झालेमालेका नन्दीभृंगीहरुले बालेन साह विरुद्ध कहिलेदेखि आन्दोलन गर्लान् ? आन्दोलन गर्नुपर्ने हो । तर अहिलेसम्म आन्दोलनको मितिको घोषणै गरेका छैनन् । मासु भात खुवाउने दिनको टुंगो लागेसी पो आन्दोलनको घोषणा गर्छन् कि ? त्यसै चूप लागेर त बस्नु भएन । त्यत्रो एकलाख पो जरिवाना हान्देका छन् त । कि आन्दोलनको घोषणा नगरी थपक्क एक लाख रुपैया जरिवाना सहित व्याज बुझाउन जान्छन् कि ? बा’को आदेश नभइकन लाउकेहरु साह«ै अगाडि सर्लान् जस्तो छैन । कि बालेनसँग तर्सेर पो आन्दोलनको मिति घोषणा नग¥या हुन् कि ? बा’ सामेल भएको कार्जेक्रममा त एक लाख जरिवाना हान्ने बालेनले बा’का झण्डुमार सामेल आन्दोलनलाई २ लाख जरिवाना हान्दिछन् भन्ने डरले हो कि ?