मुटुरोगी असहाय बालकलाई सहयोग

धरान । गरिब हुनु अभिषाप नै हो । गरिब भएकै कारण अभिभावकले आफ्ना सन्तानाको लागि लालनपोषण, शिक्षा तथा स्वाथ्य समस्याका समयमा समस्या भोग्ने गरेका छन् । राज्यबाट सर्वसाधारणले पाउनै पर्ने अधिकारमा समेत बञ्चित हुनुपर्ने अवस्था आएको छ । यस्तै अवस्था मोरङका १० बर्षीय बालकले भोग्नु परेको छ । तर ती बालकका लागि अपांग तथा असहाय केन्द्र सहयोगीको रुपमा अगाडि सरेको छ । मोरङका १० बर्षीया बालक विवेक उराउ विगत केही समयदेखि मुटुको समस्याबाट ग्रसित छन् । उपचार खर्चमा छोरालाई बचाउन नै गाहूो भएको अवस्थामा धरान १९ स्थित अपांग तथा असहाय केन्द्रले सहयोग जुटाएर नगद ७ हजार ५ सय रुपैयाँ सहयोग गरिदिएकोमा आमा पवित्रा उराउ भावविह्ल बन्नुभयो । उहाँले सहयोगी संस्थालाई धन्यवाद दिनुभयो ।

संस्थाले धरानका व्यवासायी अशोक अग्रवालमार्फत ती मुटुरोगी बालकको उपचारमा सहयोग गरिदिनुभएको हो । सहयोगी भावनाले मात्र सार्थक जीवन हुने बुझेर समय समयमा सहयोग पु¥याउदै आएको अग्रवाल बताउनुहुन्छ । उहाँले राज्यले यस्ता बालबालिकालाई सहयो गर्ने भनिए पनि यस्ता पीडत बालबालिकाले अझै सहयोग गर्न नसकेकोप्रति विडम्बना भएको बताउनुभयो । स्वास्थ्यकर्मीहरुले अपांग तथा असहाय केन्द्र धरानले खाद्यान्न, शिक्षा, स्वास्थ्य जस्ता अति आवश्यकीय कुरामा निरन्तर सहयोग गरेकोप्रति प्रशंसा गरेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्सिङ प्रमुख कला थापा पुनस्र्थापना केन्द्रले गरेको सहयोगप्रति आफू अत्यन्तै भावुक बनेको बताउनुभयो । उहाँले उच्च रक्तचाप, मधुमेह तथा मुटुरोगबाट बच्ने उपायका विषयमा समेत उपस्थित सबैलाई जानकारीमूलक कुरा सिकाउनुभयो । सोही सहयोग कार्यक्रममा २० जना परिवारलाई खाद्यान्न, तीन जना गरिब तथा सहाय विद्यार्थीहलाई शैक्षिक सामग्री, नवल परासीका १३ बर्षीय बालक सार्दुल मियालाई ह्विल चियर समेत प्रदान गरिएको थियो ।
त्र

तपाईको प्रतिक्रिया