भारतबाट फूल आयात भएको फूल बरामत

धरान । तिहारमा अत्यावश्यक मानिने सयपत्री फूल यस पटक भारत बाट आयात नहुने भइपछि सुनसरीका किसान उत्साहित बनेका छन् । अवैध रूपमा भित्रिने सयपत्री फूल रोक्न सरकारले निकै कडाइ गरेको छ । सरकारले नेपाल(भारत सिमानासँगै जिल्लास्थित क्वारेन्टाइन चेकपोस्टहरूमा कडाइ गरेर अवैध रूपमा भित्रिने सयपत्री फूल नष्ट गर्न थालेको छ । सोहि क्रममा सुनसरीको भारतिय सिमाक्षेत्र देवानगन्ञवाट १० लाख रुपैया वरावरको एक ट्रक सयपत्रि फुल स्थानिय प्रशासनले जफत गरेको छ ।

भारतिय सयपत्रि फुलमा कडाइ गरेपछि सुनसरीको फुल उत्पादन गर्दै आएका किसानले गत वर्ष भन्दा राम्रो मुल्य पाउने इटहरी १० स्थित जिविका कृषि फर्मका सिव डागिंले आशा व्यत्त गर्नु भयो । सुनसरीमा हरेर वर्ष ८ लाख हाराहारीमा सयपत्रि फुलको मालाको माग हुदै आएको छ । जस मध्ये ५० प्रतिशत आपुर्ती भारतवाट हुदै आएको थियो । यो वर्ष सुनसरीको धरान,इटहरी,प्रकाशपुर र इनरुवालगयातका स्थानमा करिव १ सय हेक्टरमा व्यवसायीक फुल खेती गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थान केन्द्रको तथ्याङ्क अनुसार तीन दिन यता भारतबाट भित्रिँदै गरेका २२ ट्रक भारतीय फूल नष्ट गरिएको थियो ।

तपाईको प्रतिक्रिया