धरान । समय समयमा हुने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर विभिन्न संघ संस्था र स्वास्थ्य संस्थाहरुले कोशी प्रदेशकै एक मात्र विद्यालय पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयका विद्यार्थीहरुलाइ निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । नेत्रहीनहरुमात्र अध्ययन गर्ने सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने अभिप्रायले कसैको जन्मदिनमा विद्यालयलाई सहयोग पु¥याउने, विभिन्न संघ संस्थाले आर्थिक सहयो गर्नेसँगै उनीहरुको स्वास्थ्यको समेत विभिन्न संघ संस्थाले चेकजाँच गर्ने गरेको छ ।कोशी प्रदेशकै एक मात्र नेत्रहीनहरुलाई लक्षितगरी सञ्चालनमा आएको ज्ञानचक्षु विद्यालयमा फरक क्षमता भएका विद्यार्थी अध्ययनरत गर्ने गरेको र आर्थिक विपन्नता भएका बालबालिकाहरु भएकाले पनि उनीहरुको स्वास्थ्य परीक्षणमा धरानका विभिन्न संघ संस्था, इटहरीका स्वास्थ्य संस्थाहरु तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्वारा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको हो । पछिल्लो समय विगतमा पनि केही न केही सहयोग पु¥याउँदै आएको लायन्स क्लब अफ ग्लोरीले विद्यालयमै पुगेर विद्यार्थीहरुमा देखिएको समस्याको विज्ञ चिकित्सकहरुद्वारा चेकजाँच गराएको हो । लायन्स क्लब ग्लोरीकी अध्यक्ष एवम कार्यक्रम संयोजक एकता श्रेष्ठले फरक क्षमता भएका यस्ता विद्यार्थीहरुको अभिभावकहरु नहुने, होस्टलमा बसेर अध्ययन गर्नुपर्ने बाध्यतासँगै समस्या हुदा हुदै पनि अस्पतालसम्म पुग्न नसक्ने भएकोले पनि प्राथमिकतामा राखेर विज्ञ चिकित्सकहरुद्वारा चेकजाँच गरिएको बताइन् ।
सो अवसरमा विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुको विभिन्न स्वास्थ्य समस्याको बारेमा चेकजाँच गरिएको उनले जानकारी दिइन् । विद्यालयकी सह प्रद्यानाध्यापक विद्या शाक्यले विद्यार्थीहरुमा भएको स्वास्थ्य समस्यामा विभिन्न संघ संस्था तथा स्वास्थ्य संस्थाहरुले समय समयमा निःशुल्क स्वास्थ्य चेकजाँच गरिदिएर सहयोग पु¥याएको बताइन् । उनले यहाँ अध्ययनरत विद्यार्थीहरुको बढीमात्रामा आँखाको समस्या हुने, टाउको दुख्ने, दातको समस्याका साथै दृष्टिविहीन भएकै कारण लडेर घाइते हुने समस्या बढी हुने गरेको बताइन् । यसका लागि बीपी प्रतिष्ठानका चिकित्सकसँग समन्वय गरेर चेकजाँच गर्ने र आँखाको लागि भने रानी विराटनगरको आँखा अस्पतालबाट सहयोग पु¥याउदै आएको बताइन् । यसरी विद्यालयमै आएर सम्बन्धित स्वास्थ्य संस्थाहरुले चेकजाँच गर्दा धैरै सहज भएको उनको भनाई छ । यो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अत्यन्तै क्षमतावान भए पनि सरकारी स्रोत न्यून रहेको र दाता र सहयोगी हातबाट विद्यालय सञ्चालन हुदै आएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । कक्षा १२ सम्म सञ्चालन भएको सो विद्यालयलाई सरकारी स्तरबाट न्यून सहयोग भएपनि फरक क्षमताका विद्यार्थीहरु अध्ययनरत यो विद्यालय वास्तवमै सहयोगकै भरमा सञ्चालनमा छ भन्दा फरक पर्दैन ।