धरान । पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनबीच झापाको दमकमा भेटघाट भएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाह केही दिनका लागि आफ्नै चिया बगान हिमालय टि–स्टेटमा आउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्गदेन समेत पार्टीको मोरङ्ग र झापामा आयोजना गरिएका आधा दर्जन कार्यक्रममा सहभागी हुन आउँदा गत हप्ता उहाँहरुबीच भेटघाट भएको हो ।
नविन राप्रपाको नारा दिएर राजसंस्था पुनस्र्थापना, हिन्दु राष्ट्र रसंघीयता खारेजीको माग राखी चरणबद्ध आन्दोलन गर्दै आएको राप्रपा अध्यक्ष लिङ्गदेन र राजाका बीच भएको भेटलाई राजनैतिक वृत्तमा महत्वपूर्ण रुपमा हेरिएको छ । भेटका अवसरमा के कस्ता कुरा भयो भन्ने सवालमा अध्यक्ष लिङ्गदेनसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो मुलुकको समसामयिक राजनैतिक अवस्था र राप्रपाप्रति आम सर्वसाधारणको बढ्दो विश्वास आदिका बारेमा छलफल भएको थियो ।