लामिछाने सहकारी ठग प्रमाणित

धरान । काठमाण्डौ, पोखरा, चितवन, बुटवल लगायतका विभिन्न स्थानका सहकारीको रकम अपचलनमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अन्तत ः ठग प्रमाणित भएका छन् । सहकारी ठगी सम्बन्धी गठन भएको संसदीय छानविन विशेष समितिले तयार पारेको प्रतिवेदनमा लामिछाने ठग प्रमाणित भएका हुन् । तत्कालीन गोर्खा मिडिया नेवटर्कका प्रवन्ध निर्देशक लामिछानेसहित अध्यक्ष जीवी राई, सञ्चालक छविलाल जोशी र कुमार रम्तेलले सहकारीहरुबाट ९५ करोड भन्दा बढी रकम ठगी गरेको छानविन समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । सहकारी ठगीमा संलग्नमध्ये राई हाल सम्म फरार रहेका छन् भने रम्तेल सोही आरोपमा जेल चलान भइसकेका छन् ।

सहकारी ठगी प्रकरण आरोपमा प्रमाणित गर्नु चुनौति दिँदै आएका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले र छविलाल जोशीले केवाइसी फारम भनेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता खोलेको छानविन समितिका एक सदस्यले बताए । छानविन समितिले लामिछनेका ठगी प्रकरण सम्बन्धमा एक दर्जन भन्दा बढी प्रमाण जुटाएको र त्यसलाई सोमबारको बैठकले अन्तिम रुप दिएको थियो ।

तपाईको प्रतिक्रिया