धरान । श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट पेरिसस्थित ग्राण्ड प्यालेसमा भएको पारा ओलम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्धनले कास्य पदक जितेर ६० बर्ष पछि ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक प्राप्त गरेकोमा अत्यन्तै खुशी व्यक्त गर्दै बधाई एवम् शुभकामना दिनुभएको छ ।
भाद्र १६ गते राजा ज्ञानेन्द्रले शाहका संवाद सचिव डा. फणिराज पाठकद्वारा जारी विज्ञप्तीका अनुसार देशले विभिन्न चुनौतिहरुको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौ प्रतिकूलताका बाबजुद जुन सफलता हाँसिल गरेकी छन् यसले नेपाली खेलकुद इतिहासमै ठूलो सफलता प्राप्त गरेको छ भने नेपालको राष्ट्रिय गौरव बढाएको हामीले महसुस गरेका छौं ।विज्ञप्तीमा भनिएको छ
अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठूलो पदक जित्न सफल भएकोमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनसहित तेक्वान्दो ऐसोसियन र तेक्वान्दो टिमलाई यो सफलताको लागि हार्दिक बधाई तथा शुभकामना ।