बम विस्फोटमा बालबालिकाको मृत्यु

पाँचथर । पाँचथर जिल्लाको फालेलुङ्ग गाउँपालिका वडा नं. ५ प्राङ्गबुङ्गमा गत विहीबार बम विस्फोट हुँदा २ जना बालबालिकाको मुत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर रहेको छ । पाँचथरका डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार विहीबार अपरान्ह प्राङ्गबुङ्ग स्थित आइतराज केरुङ्गको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० बर्षीय छोरा पवन राई, सोही स्थानका दिलिप साँवाका ११ बर्षीय छोरा दिप्सन रावा, सावाकी अढाइ बर्षीया छोरी प्रिन्सा सावा बम विस्फोटनमा परेका थिए ।
तत्काल उनीहरुलाई स्थानीयको सहयोगमा पाँचथर अस्पताल पु¥याए पनि घाइते दुई दिप्सन र प्रिन्सालाई थप उपचारका लागि झापा लैजान अस्पतालले रिफर गरेपछि उनीहरुलाई थप उपचारका लागि झापा लग्ने क्रममा इलाम आइपुग्दा प्रिन्साको मृत्यु भएको थियो । उता दिप्सनलाई विर्तामोडस्थित विएनसी अस्पताल पु¥याए पनि राति १ बजे उनको समेत मृत्यु भएको थियो पवनको हाल पाँचथर अस्पतालमा उपचार भइरहेको डिएसपी भण्डारीले बताउनुभयो । डिएसपी भण्डारीका अनुसार द्वन्द्वकालपछि माओवादीले लुकाएर राखेका ग्रिनेट विस्फोट भएर घट्ना भएको हुनसक्छ । अर्कोतर्फ आतंक मच्चाउन अन्य समूहबाट समेत विस्फोट गराइएको हुन सक्छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया